साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठेस लाग्ने ढुङ्गा पनि…

रगत चुहिएको ढुङ्गामा पनि हामी अरुले सिन्दुर र माला लाएर भगवानको रूप दिएपछि, भोलि, हामी आफै त्यहाँ, सिन्दूर अनि अर्चनाका थाली लिएर आफैलाई, आफ्नो भाग्यको थाली माग्न जान्छौँ !

Nepal Telecom ad

लोक सुब्बा :

कुम्भकर्ण,
आधा दिन, आधा वर्ष,
अरुलाई नभनी,
झसक्क झसक्क उत्तानो पर्ने बितिक्कै,
आधा वर्ष सुत्थ्यो रे !
अनि,
आधा निन्द्रामा उठेर
खाना खोज्दै,
सबको घर चाहथ्र्यो रे !
ऊ,
कैलाशको छेउको,
कुम्भकणर् भएछ,
सुतेर नै जिन्दगी बिताएथ्यो रे !

हामी यस्तालाई आज,
निद्रा नलाग्ने महारोगी भन्छौं,
फेरि, यस्तोलाई पनि त
कसैकसैले पूजा त गर्नु पर्याे नि आखिर,
हाम्रो, पूजा गर्ने बाँच्ने शैली न हो,
आखिर बानीको कुरा न हो !

जे जहाँ पनि,
मन पर्ने बितिकै,
पूजा भने गरिहाल्छौं नि आखिर !
ढंग मिलोस्, या न मिलोस्,
अरूले मन पुराइदिए,
आफ्नै खुट्टामा ठेस लागेर
रगत चुहिएको ढुङ्गामा पनि
हामी अरुले सिन्दुर र माला लाएर
भगवानको रूप दिएपछि,
भोलि, हामी आफै त्यहाँ,
सिन्दूर अनि अर्चनाका थाली लिएर
आफैलाई,
आफ्नो भाग्यको थाली माग्न जान्छौँ !

०००
वर्गेन, नर्वे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x