सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ठेस लाग्ने ढुङ्गा पनि…

रगत चुहिएको ढुङ्गामा पनि हामी अरुले सिन्दुर र माला लाएर भगवानको रूप दिएपछि, भोलि, हामी आफै त्यहाँ, सिन्दूर अनि अर्चनाका थाली लिएर आफैलाई, आफ्नो भाग्यको थाली माग्न जान्छौँ !

Nepal Telecom ad

लोक सुब्बा :

कुम्भकर्ण,
आधा दिन, आधा वर्ष,
अरुलाई नभनी,
झसक्क झसक्क उत्तानो पर्ने बितिक्कै,
आधा वर्ष सुत्थ्यो रे !
अनि,
आधा निन्द्रामा उठेर
खाना खोज्दै,
सबको घर चाहथ्र्यो रे !
ऊ,
कैलाशको छेउको,
कुम्भकणर् भएछ,
सुतेर नै जिन्दगी बिताएथ्यो रे !

हामी यस्तालाई आज,
निद्रा नलाग्ने महारोगी भन्छौं,
फेरि, यस्तोलाई पनि त
कसैकसैले पूजा त गर्नु पर्याे नि आखिर,
हाम्रो, पूजा गर्ने बाँच्ने शैली न हो,
आखिर बानीको कुरा न हो !

जे जहाँ पनि,
मन पर्ने बितिकै,
पूजा भने गरिहाल्छौं नि आखिर !
ढंग मिलोस्, या न मिलोस्,
अरूले मन पुराइदिए,
आफ्नै खुट्टामा ठेस लागेर
रगत चुहिएको ढुङ्गामा पनि
हामी अरुले सिन्दुर र माला लाएर
भगवानको रूप दिएपछि,
भोलि, हामी आफै त्यहाँ,
सिन्दूर अनि अर्चनाका थाली लिएर
आफैलाई,
आफ्नो भाग्यको थाली माग्न जान्छौँ !

०००
वर्गेन, नर्वे

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जूनकिरी !

जूनकिरी !

लोक सुब्बा
दुई शब्द

दुई शब्द

लोक सुब्बा
अल्जाइमर्स

अल्जाइमर्स

लोक सुब्बा
पानीका थोपाहरू

पानीका थोपाहरू

लोक सुब्बा
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’