साइबर अपराध सम्बन्धी सचेतना सामग्री

औंशीको मध्यरातमा पनि…

कोहि, औंशीको मध्यरातमा पनि खुला आकाश, चन्द्रमा र तारा देख्नेहरु रातमा दश पल्ट कोल्टेर राम्रोसित सुत्नेहरु, भोलि, हो भोलिको बिहान यसरी नै दोहरिन्छ आज जस्तै, भोलि पनि ।

Nepal Telecom ad

लाेक सुब्बा :

हामी औंशीको मध्यरातमा,
घनघोर अँध्यारोमा
मेरो,
आफ्नो अनुहारसम्म देखिन्न
आफूलाई सम्म देखिन्न
आफलाई सम्म चिनिन्न
आफैलाई खोज्दा पनि पाइन्न
औंशी छ,
रात घनघोर अँध्यारो छ,
फेरि पनि
आकाश छर्लंग छ
ताराहरु आकाश भरि छरिएका छन्
एक दम राम्रो पूर्णिमा छ
आधा रातमा पनि
छर्लंग देखिन्छ

यो आकाश
ताराहरु, गाउँका घर र साना साना भुँइहरु
ताराहरु, खेतहरु
अनि मेरो एउटा साथी आउँछ र भन्छ
किन मलाई सब औंशीको अँध्यारो लाग्छ
औंशीको मध्यरात
पूर्णिमाको दिन पनि
अँध्यारो, अँध्यारो, यहाँ पनि, त्यहाँ पनि, उहाँ पनि
साथी न भएँ,
के भनुँ
के कुरा गरूँ
कसरी कुरा गरूँ
धेरै भन्ने कुरा, तिम्रो कुरा हो,
उसको कुरा, उसको कुरा हो
एकदम अप्ठ्यारोसित भने
कोहि बेला,
जिन्दगीको मिठाश या भन रहश्य

हामी औंशी र पूर्णिमा
एक दुइ पटक हैन
जिन्दगी भर भोगिरहन्छौँ
तिम्रो, उसको अनि मेरो जिन्दगी
औंशी अनि पूर्णिमा आइरहन्छ
कोहि पूर्णिमामा पनि औंशीको मध्यरात देख्नेहरु,
कोहि, औंशीको मध्यरातमा पनि खुला आकाश,
चन्द्रमा र तारा देख्नेहरु
रातमा दश पल्ट कोल्टेर
राम्रोसित सुत्नेहरु,
भोलि, हो भोलिको बिहान

यसरी नै दोहरिन्छ
आज जस्तै, भोलि पनि, अनि यस्तै गरि
यस्तै गरि !

०००
वर्गेन, नर्वे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x