साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थाप्लो

खुइलिरहेका र खुइल्याइरहेकाहरू एक अर्कोलाई थाप्लोमा हात राख्न खोजिरहेका थिए । उनीहरूलाई जीवन पर्यन्तमा शिवजी बन्ने धुन थियो । एकजना भद्रले कराए !

Nepal Telecom ad

डा. विदुर चालिसे :

“तँलाई हेर ! मलाई हेर !! सबैतिर हेर !!!”
आक्रान्त परायणद्वारा मन्तव्य पोखिरहेका थिए । पोखिएका मन्तव्यका तरल पदार्थले न हिउँ भेट्टाउँथ्यो न त ज्वालामुखी उकासको लाभा नै उछिट्याउँथ्यो । चर्को प्रभाव र मन्तव्यको बहावमा भूईंतिर टेकिरहेका संसर्गीहरू निदाएथे । उत्सर्गीहरू गफमा मस्तनामा गफ हानिरहेका थिए । एकजनाले हाँसोका बीचमा साथीलाई भन्यो ।

“ओई ! तेरो थाप्लो छाम त !”
साथी झस्कियो । एक उत्सर्गीले खुट्टा छाम्यो॥ अर्कोले भूईमा कोतर्यो । अर्कोले नाक नेपायो । अर्कोले दाह्री सेपायो। बेजोड हाँसोका बीचमा आक्रान्त परायणले चिच्याउन थाले ।

“बुझ्नु ! अब कसैलाई छुट हुने छैन ।”
हल्लाखोर र कामचोर मान्छेहरू लुसुलुसु बाहिर निस्के अनि अर्को मितव्ययी भूँडेलाई भेटेर सोधे ।
“भर्खर ?”
“अँ, हस्पिटल जानू परेकोले !”
“ओहो सम्मानका लागि तपाईको नाम लगातार आएको थियो त !”
“त्यही त, सम्मान लिन पनि भ्याउँदिनँ, अन्तै काम पर्छ धेरै !”

हल्लाखोर र कामचोरहरू बाहिर बखान गर्न लागे ।
“वास्तवमा यो भूँडेले थाप्लोमा हात राखिदियो भने त हाती जस्ता भन्ट्याङ भुन्टुङ त किचिक्कै हुन्छौ ।“
खुइलिरहेका र खुइल्याइरहेकाहरू एक अर्कोलाई थाप्लोमा हात राख्न खोजिरहेका थिए । उनीहरूलाई जीवन पर्यन्तमा शिवजी बन्ने धुन थियो । एकजना भद्रले कराए !
“अब हातमा थाप्लो राखे मात्रै परिवर्तन हुन्छ !”
हाँसिहाँसी मेरो मन पनि रूनथाल्यो । हात थाप्लोमा राखौँकी थाप्लोमा हात राखौँ !

०००

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
पैँतीस वर्ष

पैँतीस वर्ष

हरि खनाल
पानीबढुवा हाकिम र गोल्डेन एज

पानीबढुवा हाकिम र गोल्डेन...

ठाकुरप्रसाद अधिकारी
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
जँड्याहा पत्रिका

जँड्याहा पत्रिका

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x