डा. विदुर चालिसेथाप्लो
खुइलिरहेका र खुइल्याइरहेकाहरू एक अर्कोलाई थाप्लोमा हात राख्न खोजिरहेका थिए । उनीहरूलाई जीवन पर्यन्तमा शिवजी बन्ने धुन थियो । एकजना भद्रले कराए !

डा. विदुर चालिसे :
“तँलाई हेर ! मलाई हेर !! सबैतिर हेर !!!”
आक्रान्त परायणद्वारा मन्तव्य पोखिरहेका थिए । पोखिएका मन्तव्यका तरल पदार्थले न हिउँ भेट्टाउँथ्यो न त ज्वालामुखी उकासको लाभा नै उछिट्याउँथ्यो । चर्को प्रभाव र मन्तव्यको बहावमा भूईंतिर टेकिरहेका संसर्गीहरू निदाएथे । उत्सर्गीहरू गफमा मस्तनामा गफ हानिरहेका थिए । एकजनाले हाँसोका बीचमा साथीलाई भन्यो ।
“ओई ! तेरो थाप्लो छाम त !”
साथी झस्कियो । एक उत्सर्गीले खुट्टा छाम्यो॥ अर्कोले भूईमा कोतर्यो । अर्कोले नाक नेपायो । अर्कोले दाह्री सेपायो। बेजोड हाँसोका बीचमा आक्रान्त परायणले चिच्याउन थाले ।
“बुझ्नु ! अब कसैलाई छुट हुने छैन ।”
हल्लाखोर र कामचोर मान्छेहरू लुसुलुसु बाहिर निस्के अनि अर्को मितव्ययी भूँडेलाई भेटेर सोधे ।
“भर्खर ?”
“अँ, हस्पिटल जानू परेकोले !”
“ओहो सम्मानका लागि तपाईको नाम लगातार आएको थियो त !”
“त्यही त, सम्मान लिन पनि भ्याउँदिनँ, अन्तै काम पर्छ धेरै !”
हल्लाखोर र कामचोरहरू बाहिर बखान गर्न लागे ।
“वास्तवमा यो भूँडेले थाप्लोमा हात राखिदियो भने त हाती जस्ता भन्ट्याङ भुन्टुङ त किचिक्कै हुन्छौ ।“
खुइलिरहेका र खुइल्याइरहेकाहरू एक अर्कोलाई थाप्लोमा हात राख्न खोजिरहेका थिए । उनीहरूलाई जीवन पर्यन्तमा शिवजी बन्ने धुन थियो । एकजना भद्रले कराए !
“अब हातमा थाप्लो राखे मात्रै परिवर्तन हुन्छ !”
हाँसिहाँसी मेरो मन पनि रूनथाल्यो । हात थाप्लोमा राखौँकी थाप्लोमा हात राखौँ !
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































