साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैँतीस वर्ष

'हिजो देश बन्छ जनताले सुखै सुख पाउँछन् भनेको हैन ? ओइ हाम्रो भोट फिर्ता गर ।' एक हुलले मलाई हेरेर नारा लगायो । म पनि चिच्याउँदै भागेँ 'पैँतीस वर्ष, पैँतीस वर्ष, पैँतीस वर्ष ।'

Nepal Telecom ad

हरि खनाल :

धेरै समयपछि टोलमा खैलाबैला सुनियो । सुरुमा त त्यो खैलाबैलाले कुनै ध्यान तानेन । सोचेँ कुनै मनुवाले कपडा जुत्ता र युरिया र मर्चा राखेको झोल पियो होला । खैलाबैला बढ्दै गएपछि नगई मनले मानेन । पहिलो पटक समाजका मानिस बजारमा भाउ चर्को भएको कुरा गर्दै रहेछन् । एक दुई क्लिप्सको झझल्को सुनाऊँ है ।

पहिलो मनुवाः बजारमा मूल्य यत्ति बढेको छ कसैलाई मतलब छैन । हैन सबैजना स्वर्णपुरीमा त बस्दैनन् नि ?

दोस्रो मनुवाः बजार भाउ बढेको विकास गर्नलाई हो के । बजार भाउ बढेपछि बजारमा धेरै पैसा निस्किन्छ । पैसा धेरै निस्किएपछि बजार चलायमान हुन्छ ।

पहिलो मनुवाः कहाँ पढेको यो अर्थशास्त्र ? बजार भाउ बढ्दा कसरी धेरै पैसा निस्किन्छ ? जनतासँग क्रयशक्ति घट्छ कहाँबाट आउँछ पैसा ?

तेस्रो मनुवाः ए उहाँ हजुरले पनि विश्व बैङ्क अर्थशास्त्र पढ्नुभा रैछ क्यारे ।
एकछिन हाँसो गुञ्जियो । हाँसोकै बीचमा दोस्रो महानुभावको समर्थनमा अर्को महानुभाव निस्किनुभयो ।

चौथो महानुभावः तपाईँहरू किचकिच नगर्नुस् । हाम्रो ह्वाँ हजुरले जे गरिरहनुभएको छ राम्रो गरिरहनु भाछ । यो बजार भाउ बढ्नुको कारण पैँतीस वर्ष हो । बितेको पैँतीस वर्षले बढाको ।

चौथो महानुभावको कुरा सुनेपछि सबैजना हाँसे । म मनुवा नहाँसी कसरी बस्न सक्थेँ ? एउटा रमाइलो कुरा नि त्यहाँ मान्छे मात्र हैन केहीबेर अघि झुत्ति खेलिरहेका भुस्याहा कुकुर पनि पछिल्तिरको खुट्टाले मात्र टेकेर वुइँवुइँ गर्न थाले । सबैले भने ‘यिनीहरू पनि हाँसे ।’

त्यो रमाइलोमा बसिरहने फुर्सत कहाँ थियो र ? हिजो बिहान ग्याँस सिलिण्डर लाइनमा राखेको थिएँ । साँझसम्म पनि राखेको ठाउँबाट एक इञ्च नसरेपछि फर्किएर घरमा आएको । रित्तै आएको देखेर बुढीले झन्डै लोरोले हानिन् । रिस मरेपछि भनिन् ‘लोरोले औँला कुच्याउने हो कि ?’

‘हेर बुढी औँलालाई दोष दिने हैन । गल्ती गर्ने वानी लगाको पैँतीस वर्षले हो ।’

त्यति के भन्न भ्याएको थिएँ बुढी चिच्याइन् ‘आज भात पाक्दैन । अब पैँतीस वर्षे चुलोमा पकाऊ खाऊ ।’
बुढीलाई पनि के भन्नु ? उसले के गरोस् ? अब त अति भो । लास कर सास कर गाँस कर बास करले नपुगेर उठिबासमा पनि कर लाग्ने ? त्यत्रो कर तिरेर पनि हातमुख जोड्न नसकिने भनेपछि यो एक्सप्रेस जाँदैछ कता ? मैले फटाफट नेता गफाडीबहादुरलाई फोन लगाएँ । उनले मरिगए फोन उठाएनन् । केही नलागेपछि उनको पिएलाई फोन गरेँ । उसले पनि हतपत फोन उठाएन । त्यसपछि पिएको पनि पिएलाई फोन गरेँ । उसले चाहिँ पाँचौँ घण्टीमा फोन उठायो ।

‘हैन हो उपपिएज्यू तपाईँको पिएको फोन किन उठ्दैन ?’
‘हत्तपत्त फोन उठ्न ऊ बुढो पुरानो हो र ?’
‘ए युवाकोचाहिँ हतपत फोन उठ्न मिल्दैन ?’
‘उठ्न त मिल्दो हो नि तर विचरालाई फुर्सत नै छैन । दिनरात काममा छ ।’
‘हैन के काम गर्छ त्यस्तो दिनरात ?’
‘देश बनाउने काम ।’

‘कहिले बन्छ देश ? बजारमा हाहाकार छ । जताततै बेथिति छ । के हो देश बनाउने भनेको ?’ म पनि मजैले चिच्याएँ ।
‘यो सबै कुरा पैँतीस वर्षको हो । हाहाकार लाग्ने बानी हत्या हिँसाको वानी पैँतीस वर्षको हो । अहिलेलाई दोष दिने आफ्नै मान्छे भएर पनि । म देश बनाउने काममा छु । डिस्टर्ब नगर ।’ उनले फोन राखे । म महाआश्चर्यमा परेँ । फरक्क फर्केर घरतिर लागेँ । बाटोमा थामिनसक्ने गरी जाम रहेछ । हिजो चुनाव प्रचार गर्ने बेलामा, बाटोको जाम त हामी ठाउँमा त पुगौँ यूँ गरेको भरमा कम गर्छौँ भनेर आफैँले कान्छी औँलो घुमाएको थिएँ । थोत्रो स्कुटी रोकेर आफ्नो त्यो कान्छी औँलालाई हेरेँ । कठै ! यसको के दोष ? टाउकोले घुम भनेर न घुमेको हो । आफैँ चित्त बुझाएँ । जाम हुनुको कारण थाहा भयो पासपोर्ट लिने मानिसहरूको भिँड पो रहेछ । फेरि आफैँलाई लाज लाग्यो । केहीदिन पहिले आदेशअनुसार पैँतीस वर्षमा नभएको काम पैँतीस दिन पनि नलाग्दै भयो भनेर धेरै कुरा सामाजिक सञ्जालमा लेखियो । ‘फसिस् भैरे फसिस्’ मनले भन्यो । बल्लबल्ल घरको छेउमा पुगेको थिएँ । केही मानिसको आवाजले एकसाथ ठुँग्यो ।

‘हिजो देश बन्छ जनताले सुखै सुख पाउँछन् भनेको हैन ? ओइ हाम्रो भोट फिर्ता गर ।’ एक हुलले मलाई हेरेर नारा लगायो । म पनि चिच्याउँदै भागेँ ‘पैँतीस वर्ष, पैँतीस वर्ष, पैँतीस वर्ष ।’
अस्तु

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पानीबढुवा हाकिम र गोल्डेन एज

पानीबढुवा हाकिम र गोल्डेन...

ठाकुरप्रसाद अधिकारी
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
जँड्याहा पत्रिका

जँड्याहा पत्रिका

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x