साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सञ्जाल सामाजिक

खाई आलु रवाफ छाँट्नु छ भने पेडा चपाएँ भनूँ । तारामा ध्रुव मैँ भनी गजबले आफ्नै प्रशंसा गरूँ ।। लाग्यो भोक अतीव उच्च भनिने के छाँट्नु खै मौखिक । थाले अङ्ग बिसाउने प्रविधिको सञ्जाल सामाजिक ।।

Nepal Telecom ad

हरि खनाल :

झोला बक्बक गर्दछन् दिनदिनै गाली र ताली भरी ।
नाङ्गा मालिक झन् बडा अभिनयी देखिन्छ नाना थरी ।
कोही बेच्दछ आर्तना दिनदिनै छाया लिई मार्मिक ।
यस्दै रङ्ग विरङ्ग दर्शन हुने सञ्जाल सामाजिक ।।

मै राम्रो भवमा अरू त विचरा खोक्नेहरू के कम ?
चौरासी पनि सोह्र बन्छ छविमा आँखा कठै दिग्भ्रम ।।
आफ्नै माल कमाल वर्णन हुने यज्ञ यहीँ लौकिक ।
पर्दाभित्र रहन्छ सत्य नखुली सञ्जाल सामाजिक ।।

लुक्ने भाग खुला प्रदर्शन हुने उस्तै खुला हर्कत ।
नाताबीच रहेन साँध अहिले उन्मादको पौरख ।।
त्यस्तै गीत अनेक जम्छ यसमा जात्रा बन्यो आर्थिक ।
सारा जन्तुसमान मानव हुने सञ्जाल सामाजिक ।।

कालो बन्छ सफेद भुक्न सकिए सेतो बिचल्ली हुने ।
जाली सन्त बनेर पस्छ दिलमा आदर्श छैनन् रुने ।।
चिन्ने रावण राम आज कसरी को मूढ को हार्दिक ?
मै हो राम भने रमाउँछ अरे सञ्जाल सामाजिक ।।

खाई आलु रवाफ छाँट्नु छ भने पेडा चपाएँ भनूँ ।
तारामा ध्रुव मैँ भनी गजबले आफ्नै प्रशंसा गरूँ ।।
लाग्यो भोक अतीव उच्च भनिने के छाँट्नु खै मौखिक ।
थाले अङ्ग बिसाउने प्रविधिको सञ्जाल सामाजिक ।।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x