साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनको पाप

​गाडीको ठक्करले दिएको शारीरिक चोटभन्दा कैयौं गुणा बढी पीडा उसलाई आफ्नै मनको पापले दिइरहेको थियो। पश्चातापको आगोमा ऊ दिनरात जलिरहेको थियो, सायद जीवनभर जलिरहनेछ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

​डाक्टरको कोठाबाट बाहिरिँदा रामबहादुरको मनमा आँधी चलिरहेको थियो, तर चिन्ताको होइन, हिसाबकिताबको। डाक्टरले भर्खरै भनेका थिए, “तपाईंकी श्रीमतीको अवस्था गम्भीर छ। कम्तिमा दुई लाख खर्च हुन्छ, नत्र बचाउन गाह्रो छ।”

​रामबहादुरसँग दुई लाख रुपैयाँ नभएको होइन। उसले चाहेको भए सजिलै व्यवस्था गर्न सक्थ्यो। तर उसको मनको क्याल्कुलेटरले अर्कै हिसाब गर्न थाल्यो। ‘दुई लाख! एउटी स्वास्नीको लागि?’ उसले मनमनै सोच्यो, ‘यो डाक्टरको महँगो उपचारमा फस्नुभन्दा त गाउँको झाँक्रीलाई देखाउँछु। हजार-पन्ध्र सयमै काम बन्छ। बाँचिहाली भने त राम्रै भयो, नत्र…’उसको पापी मनले अर्को कुरा खेलायो, ‘मेरो उमेर नै के भएको छ र? दुई लाख बचाए त अलिअलि थपेर अर्की भित्र्याउन सकिहाल्छु नि !’

यो दुष्ट विचारको भारी बोकेर घर फर्कन बस स्टपमा उभिएको मात्र के थियो, एउटा अनियन्त्रित गाडीले उसलाई हावामा उडाएर भुइँमा पछारिदियो। जब उसको होस खुल्यो, ऊ त्यही अस्पतालको बेडमा थियो जहाँ उसकी श्रीमती छटपटाइरहेकी थिइन्।

उसको टाउकोमा बाक्लो ब्यान्डेज थियो र खुट्टा प्लास्टरले बाँधिएको थियो। छेउमा बसेकी उसकी पत्नीको अनुहारमा पीडा होइन, सन्तोषको भाव थियो। उनको गला, कान र हात रित्तो थियो। त्यही सिकिस्त बिरामी सीताले आफ्नो सिउँदोको सिन्दूरबाहेक सबै गहना बेचिछन्। डाक्टरको बिल चार लाख पुगेछ, तर उनले एक शब्द नबोली आफ्नो ‘हिसाबी’ श्रीमानलाई बचाइन्।

​रामबहादुरले पत्नीको रित्तो शरीर र मायालु अनुहार हेर्यो। उसले मनमनै दुई लाखको हिसाब गरेको थियो, तर उसको जीवनको मूल्य त ती गहनाभन्दा पनि अमूल्य रहेछ भन्ने कुरा सीताले प्रमाणित गरिदिएकी थिइन्।

​गाडीको ठक्करले दिएको शारीरिक चोटभन्दा कैयौं गुणा बढी पीडा उसलाई आफ्नै मनको पापले दिइरहेको थियो। पश्चातापको आगोमा ऊ दिनरात जलिरहेको थियो, सायद जीवनभर जलिरहनेछ। उसको मौन आँसुले सायद भन्दै थियो, “प्रिय, मलाई माफ गर।”

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x