साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वर्क फ्रम होम

​मेरो त उड्यो सिटीपिटी भान्सामा नालायक "कुकर"ले जब लगायो दुईको साटो दस सिटी।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

जबदेखि मेरो अफिसले
“वर्क फ्रम होम” भन्ने निर्णय सुनायो,
मेरी श्रीमती “मेरिना”ले घरका सबै काम
खोजी–खोजी मेरै जिम्मा लगायो।

​मेरी मेरिनाले बुझिनन्
“वर्क फ्रम होम”को अर्थ,
मेरो जीवन भयो व्यर्थ।

हरे! मरीमरी काम गर्दा
थाकेर भएँ चुर,
कति छिन् मेरी मेरिना क्रूर!!

​झाडु, पोछा, भाँडा माझ्ने,
कपडा धुने, साग पनि काट्ने।
कहिले छोराछोरीलाई समात्ने।
कहिले कुकुरलाई बगैंचामा
लगेर घुमाउने-
पायक पर्दै मुताउने।

बोसले भन्थे “वासलात बनाऊ”,
हरे! यहाँ श्रीमती भन्छिन्
खाली किन बस्ने
“कुचो लगाऊ”।

दिनभरि माउस समाउने हात,
अहिले मेरी मेरिनाको आदेशमा
चलेका छन् दिनरात।

​मेरो त उड्यो सिटीपिटी
भान्सामा नालायक “कुकर”ले
जब लगायो
दुईको साटो दस सिटी।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x