साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले देखेको स्कुल

फेरि एकछिन पछि १ जोडी मोटरसाईकल पनि शिक्षकको पोषाककै बाईकमा हुत्तिए । मैले घडि हेरेँ, झण्डै ३ बज्न लागेको रहेछ । मलाई ३ फन्का चक्कर लाग्यो बिद्यालयको अवस्था देखेर ।

Nepal Telecom ad

विश्व विनोद :

आज आफै पढेको स्कुलमा जानै पर्ने काम भयो । हुन त म पनि उस्तो नै हो , घर नजिकैको स्कुलमा कहिल्यै खुट्टा नटेक्ने म नै हुँ । तर पनि कामै परिहालेपछि जान त गै हाल्न प¥यो । गेटैमा एक जना पालेदाई देखिए । ओहो बाबु, स्कुल आउनु भएको, एकै छिन अघि आएको भए त हाफ टाईमको खाजा खान हुन्थ्यो, अहिले त सकिई हाल्यो ….—यति भनेर उहाँ स्कुल बाहिरको आफ्नै पसलमा सामान बेच्न जानु भयो । मैले हातको घडि र स्कुलको घडि जुधाएर हेरेँ — दुबैमा दिउँसोको २ बजेको थियो ।

हेडसर भएको ठाउँ नै त पुग्नु पर्ने मेरो काम थियो । उपल्लो तलामा रहेको हेडसरको कोठा पुग्न नपाउँदै डिजिटल हाजिरीको लागि तुर्लुङ्ग झुण्डिएको बिद्युतिय हाजिरी मेसिनको तार चुँडिएर असरल्ल परेको थियो । तै पनि यहाँको हाजिर चल्छ कि भनेर व्यबस्थापन बिषय पढाउने सरलाई सोधेपछि थाहा लाग्यो त्यो हाजिर गर्ने मेसिन ३ बर्ष अघि नै बिग्रिई सकेको रहेछ । मेसिनमा हेरेँ अनि बिस्तारै पढेँ — सौजन्य ः …. नगरपालिका, शिक्षा शाखा …. । गज्जब, थियो, नगर शिक्षा समितिका अध्यक्ष तिनै वार्डका वार्ड अध्यक्ष थिए भने ।

भित्र असरल्ल किताबहरुले शिक्षकले निकै पढेको कुरा जनाउ दिन्थ्यो । एक जना शिक्षक शिक्षक सेवा आयोग र अर्का जना शिक्षक लोकसेवा आयोगको किताब पढेर खालि समयलाई व्यबस्थापन गर्दै हुनुहुँदोरहेछ । मलाई पत्तै भएन यो गर्न पाईन्छ या पाईदैन भनेर । आडैको कोठामा हेडसर बिराजमान हुनुहुँदो रहेछ । पहुँचले होला श्रेणी तल्लो भए पनि उहाँ हेडसर हुनु भएको रहेछ , अर्को कोठामा बसेका एकजना उपल्लो श्रेणीको हेडसरले खुसुक्क मलाई कानमा सुनाए ।

हेडसरको कोठामा म जानै पर्ने थियो । ह्वात्तै जाँदा हेडसर अर्धनिद्रामा हुनुहुँदो रहेछ । उहाँको टेबलमा शिक्षकले पढाउने तालिकामा मेरो सर्सती आँखा पुग्यो, उहाँ त हेडसर मात्र हुनुहँुदो रहेछ । उहाँलाई कुनै पिरियड नै छुट्याईएको रहेनछ । आखिर व्यबस्थापन गर्नको लागि हेडसर हुनु पनि सरकारी बिद्यालयको लागि राम्रो नै हो । हाई काड्दै उहाँले मेरो नमस्कारको प्रत्युत्तर फर्काउनुभयो । अनि मेरो गोडामा हेरेर भन्नुभयो — सुन्नुस् न तपाईको जुत्ता बाहिर फुकाल्नुस् न, यहाँ भित्र जुत्ता लगाउन पाईन्न नि । म झसंग भएँ, आडैको शिक्षकको कोठाबाट हेडसरको कोठामा जाँदा बिभेद पो पत्ता लाग्यो । हेडसरको कोठामा अलिक महंगो कार्पेट रहेछ भने शिक्षकको कोठामा साधारण कार्पेट रहेछ । आखिर हेडसर हुनुको काईदा यहि रहेछ । गज्जब लाग्यो ।

हेडसरले गुनासो गर्नु भयो बिद्यार्थी घटेको भनेर । शिक्षकले पढाउन नमानेको भनेर पनि गुनासो उत्तिकै थियो । केही बेरको काम पश्चात हेडसर सँग म बिदाबारी भएर फटाफट बाहिर निस्केँ । गेटमा पालेदाइ हतार हतार गर्दै छिर्नु भयो अनि अर्को पिरियड लागेको घन्टि बजाउनु भयो । अनि फेरी पसल तिर नै फर्कनु भयो । म फटाफट बाटोमा हिँडिरहेँ । एकै छिनमा आडैमा एक मोटरबाईक हुँईकियो , हेडसर घर तर्फ जाँदै हुनुहुँदो रहेछ । फेरि एकछिन पछि १ जोडी मोटरसाईकल पनि शिक्षकको पोषाककै बाईकमा हुत्तिए । मैले घडि हेरेँ, झण्डै ३ बज्न लागेको रहेछ । मलाई ३ फन्का चक्कर लाग्यो बिद्यालयको अवस्था देखेर ।

यस्ता विद्यालयहरु हाम्रो वरपर वग्रेल्ती रहेको छन् भन्ने सुन्नमा आएको छ । के यो कुरा साँचो हो त ? लौ न बताईदिनुस् । तारेमाम् !

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
न–याँ

न–याँ

ईरानराई
0
Would love your thoughts, please comment.x
()
x