साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दादागिरी

नेपालको पवित्र भूमिमा मेरा भारत महान हे भन्ने लेखिएको गाडी निर्बाध चलिरहँदा के यो उनीहरुको दादागिरी हैन र ? जबकि नेपाली गाडीलाई भारतमा छिर्न समेत दिइन्न ।

Nepal Telecom ad

विश्व विनोद :

भारतमा जन्मेर नेपालमा दादागिरी गर्ने मानिसको जमात निकै ठूलो पाइन्छ । हुन त यहाँ बिचार र चिन्तन नै उतै भारतको भएपछि बडे भाइ र छोटे भाइको नाता लगाएर भारतियहरु यहाँ आइपुग्छन् । तपाईंको टोलमा तरकारी बेच्नको लागि भारतिय पप्पुले समेत दादागिरी गर्छ भने उनीहरुको दादागिरी कहाँसम्म छ आंकलन अझै गर्नु नभएको हो र ?

तपाईंको शिरमा यिनीहरुले दादागिरी गरेको ख्याल गर्नु भएको छैन र ? हरेक महिना तपाईं कपाल काट्न जाँदा तपाईंलाई केश मुण्डन गरेर तपाईंकाे शिरमाथि विदेशी हातले दादागिरी गरेका छैनन् र ? कुन चाहिँ नेपाली मानिसको सैलुनमा तपाईंले नियमित कपाल काट्नु भएको छ ? अझ हरेक हप्ता तपाईंको दारी काट्न यिनैले पत्ति लगाएर गालाको छालामा समेत दादागिरी गर्न सफल भएका छन् ।

यसो लुगा लगाउन खोज्यो, भित्रको अमुल ब्राण्डको भेष्टले उनीहरुको दादागिरीको प्रतिनिधित्व गर्दछ, हनुमाने कट्टु पनि उतैको हो । यहाँ बारी बाँझो छ तर उताको तरकारीले तपाईंको भान्छामा दादागिरी मच्चाएको छ । दिनभर राष्ट्रियताको कुरा गरेर नथाक्ने तपाईं जब घरमा गएर सुस्ताउनुहुन्छ नि त्यति बेला तपाईंकी श्रीमतीलाई उसका देशकाले भारतिय सिरियल देखाएर सांस्कृतिक दादागिरी गरेको देख्न पाउनुहुनेछ भने, तपाईंका भन्ट्याङभुन्टुङले पनि रेसलिङ, कार्टुन पनि उनैको भाषामा हेरिरहेको पाइन्छ भने तपाईंले क्लिन फिडको अवधारणाको हौवा सुने पनि लिप्सिङ गरिएका भारतिय विज्ञापन समेत नेपाल टेलिभिजनमा हेर्न पाउनुहुनेछ । के यो दादागिरी हैन र ?

गोस्वामीको दादागिरीको पराकाष्ठा तपाईंले भारतीय टेलिभिजनमा देखिनै सक्नु भयो नि हैन ? हामी नेपालीलाई भाइको दर्जा पाे दिँदो पो रहेछ बबुरोले । बिचरालाई यो थाहा छ कि नाईं भारतको जन्म हुनु अगाडि नै नेपालको अस्तित्व थियो भनेर ? नेपालको बुद्धको जन्मस्थललाई भारतमा नक्कली जन्मस्थल बनाउनमा यिनैको दादागिरी चलेको पाइन्छ ।

नेपालको पवित्र भूमिमा मेरा भारत महान हे भन्ने लेखिएको गाडी निर्बाध चलिरहँदा के यो उनीहरुको दादागिरी हैन र ? जबकि नेपाली गाडीलाई भारतमा छिर्न समेत दिइन्न । अझ सिमानामा आएर नेपाली मानिसलाई कुट्ने पिट्ने दादागिरी चलेको चल्यै छ अटुट  ।

लिपुलेक जाने बाटो उसैले बनायो, नेपालीलाई हिँड्न दिएन । कालापानीको बिरोध गर्ने दार्चुलाका प्रेम सिंह धामीलाई उसैले नुवाकोटमा दुर्घटना गराएर मार्यो, अहिले नेपालले पटक पटक द्विपक्षिय वार्ता गरौं भन्दा नमान्दा नेपालले नक्सा निकाल्यो भनेर ठूलै दादागिरी गरेकाे हिजाे अस्ति नै हाे ।  केही वर्ष अगाडिको नाकाबन्दीको याद नेपाली जनतालाई ताजै छ । जवाहरलाल नेहरु विश्व विद्यालयमा शिक्षित गराएर नेपाल पठाइएका गोर्खालीलाई एक पटक संविधान सभा नै भंग गर्न लगाएर उसले भारतिय दादागिरी प्रस्तुत गरेको थियो भने, उनैलाई मुलधारको राजनीतिबाट अलग्याएर संविधान जारि भयो भनेर नाकाबन्दीको बेला भारतको भूमिमा गएर नेपालको भूमिमा ढुंगामुडा गर्ने अनि नेपालमा नाकाबन्दी गर्न उद्धत गराउने महतो, ठाकुरहरुले उनै गोर्खाली इन्जिनियरसँग मुन्टो जोडेको पाइन्छ ।

नत्र भारतिय चेली सरिता गिरिको डाँको संसद भवनमा किन सुनिइन्थ्यो र ? कारबाही गरे पनि उनलाई गरिएको कारबाही क्षणिक हुनेछ, लेखेर नै राख्नुस् । यस्ता दादागिरी त कति छन् कति लेखिसाध्य भए पाे त  । अहिलेलाई यत्ति नै । तारेमाम् ।

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x