सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खादा, माला र अबिर टोलाएको बेला

चुनाव जितेको भोलिपल्ट नै तपाईं भुईंमान्छेबाट आकाशको मान्छे बनिसक्नुभएको छ जसले हाम्रो फोन उठाउन छाडिसक्नु भयो । चुनाव अघि तपाईंले गर्ने नमस्कारको शैली र अहिलेको शैली नै परिसकेको छ ।

Nepal Telecom ad

विश्व विनोद :

तपाईंको निधार नै ठूलो टुँडिखेल जस्तो बनाएर सबैले रातो रङ्गको अविर धसिदिएका थिए । भिडको सबैभन्दा बलवान् मानिसले तपाईंलाई काँधमा राखेर उफ्रेको थियो । विजय र्‍यालीको जयजकारले त्यो पहाड, यो पहाड, वरिपरिका मैदान सबै गुन्जिएका थिए । सडकमा गाडी केही बेर टक्क अडिएका थिए । जित्नेहरू सडकमा आएका थिए भने पराजित हुनेहरू कुना बसेर कान थुन्दै थिए ।

जनताको अपेक्षा सगरमाथा भन्दा पनि माथि चुलिएको यो बेला तपाई चुनाव जित्नेहरूसँग जनताका आकाङ्क्षाहरू करौडौँ छन् । चुनावी घोषणा पत्रमा लेखिएका आदर्शका महान् वाणीहरूले तपाईंको विजयको प्रमाण पत्रलाई खिज्याउने त हैनन् होला ? कहिलेकाहीँ तपाईंको काँधमा ओढाइएको खादाले तपाईंलाई जिम्मेवारी बोध गराउन पर्ने हो तर त्यो खादा लगाएर जाँड पार्टीमा नै गएपछि तपाईंको जिम्मेवारी भट्टी पसलसम्म पुगेको हो र ? यिनै राम रमितामा रमाउन तपाईंलाई जनताले जिम्मेवारी सुम्पिएका होलान् र ?

बोटमा रमाउने फूलहरुलाई टिपेर माला बनाइएको छ अनि मजाले हजुरलाई सजाइएको छ । आहा ! भगवानलाई चढाइने ति फूलहरू वास्तविक जिउँदो भगवानलाई चढाउन पाए कस्तो हुने थियो होला है ? के तपाईं जिउँदो भगवान बन्ने ल्याकत राख्नुहुन्छ ? धर्तीको उत्कृष्ट मनुवा बनेर मानवजातीको सेवामा सतप्रतिशत लाग्नुहोला र ? मलाई त लाग्दैन किनकी थोरै भनेपनि यहाँले चुनाव जित्नको लागि ती दलित बस्तीमा भोज लगाउनु भएको छ, कतिलाई डिजेल, पेट्रोल दिनुभएको छ भने कतिलाई केही न केही आश्वासन दिनु भएको छ । तपाईं ईतरका मानिसको पनि मज्जाले तथ्याङ्क राख्नु नै भएको होला यसले तपाईंलाई विभेदको कुरा तपाईं कुर्सीमा पदासिन हुँदैमा सिकायो होला ।

तपाईंको निधारमा लगाईएको अविरले ट्राफिक लाइट जस्तै रोक भन्ने सङ्केत दिन पाए कस्तो होला जसले सांकेतिक हिसाबले पनि भ्रष्टाचार रोक भन्ने व्यवहार नै दिलाओस् । गलत चेष्टालाई रोक्न सक्ने सङ्केत दिलाओस् त्यो रातो अविरले । तर मलाई कत्ति विश्वास नै लाग्दैन किनकी तपाईंको अस्वभाविक रहनसहन नै हामीलाई अचम्म लाग्न थालेको छ । चुनाव जितेको भोलिपल्ट नै तपाईं भुईंमान्छेबाट आकाशको मान्छे बनिसक्नुभएको छ जसले हाम्रो फोन उठाउन छाडिसक्नु भयो । चुनाव अघि तपाईंले गर्ने नमस्कारको शैली र अहिलेको शैली नै परिसकेको छ ।

तपाईंले लगाएका माला, अविर र खादाको संयुक्त गठबन्धनको एक बैठक बसेको रहेछन् जहाँ तिनीहरू निकै टोलाएको देखिन्छन् । नेताज्यू, के माला, अविर र खादाको मूल्य कति होला ? जनताको अपेक्षाको मूल्य कति होला ? एक पटक हिसाब गर्नुस् न ल ! तारेमाम् !

०००
लमजुङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी