साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खादा, माला र अबिर टोलाएको बेला

चुनाव जितेको भोलिपल्ट नै तपाईं भुईंमान्छेबाट आकाशको मान्छे बनिसक्नुभएको छ जसले हाम्रो फोन उठाउन छाडिसक्नु भयो । चुनाव अघि तपाईंले गर्ने नमस्कारको शैली र अहिलेको शैली नै परिसकेको छ ।

Nepal Telecom ad

विश्व विनोद :

तपाईंको निधार नै ठूलो टुँडिखेल जस्तो बनाएर सबैले रातो रङ्गको अविर धसिदिएका थिए । भिडको सबैभन्दा बलवान् मानिसले तपाईंलाई काँधमा राखेर उफ्रेको थियो । विजय र्‍यालीको जयजकारले त्यो पहाड, यो पहाड, वरिपरिका मैदान सबै गुन्जिएका थिए । सडकमा गाडी केही बेर टक्क अडिएका थिए । जित्नेहरू सडकमा आएका थिए भने पराजित हुनेहरू कुना बसेर कान थुन्दै थिए ।

जनताको अपेक्षा सगरमाथा भन्दा पनि माथि चुलिएको यो बेला तपाई चुनाव जित्नेहरूसँग जनताका आकाङ्क्षाहरू करौडौँ छन् । चुनावी घोषणा पत्रमा लेखिएका आदर्शका महान् वाणीहरूले तपाईंको विजयको प्रमाण पत्रलाई खिज्याउने त हैनन् होला ? कहिलेकाहीँ तपाईंको काँधमा ओढाइएको खादाले तपाईंलाई जिम्मेवारी बोध गराउन पर्ने हो तर त्यो खादा लगाएर जाँड पार्टीमा नै गएपछि तपाईंको जिम्मेवारी भट्टी पसलसम्म पुगेको हो र ? यिनै राम रमितामा रमाउन तपाईंलाई जनताले जिम्मेवारी सुम्पिएका होलान् र ?

बोटमा रमाउने फूलहरुलाई टिपेर माला बनाइएको छ अनि मजाले हजुरलाई सजाइएको छ । आहा ! भगवानलाई चढाइने ति फूलहरू वास्तविक जिउँदो भगवानलाई चढाउन पाए कस्तो हुने थियो होला है ? के तपाईं जिउँदो भगवान बन्ने ल्याकत राख्नुहुन्छ ? धर्तीको उत्कृष्ट मनुवा बनेर मानवजातीको सेवामा सतप्रतिशत लाग्नुहोला र ? मलाई त लाग्दैन किनकी थोरै भनेपनि यहाँले चुनाव जित्नको लागि ती दलित बस्तीमा भोज लगाउनु भएको छ, कतिलाई डिजेल, पेट्रोल दिनुभएको छ भने कतिलाई केही न केही आश्वासन दिनु भएको छ । तपाईं ईतरका मानिसको पनि मज्जाले तथ्याङ्क राख्नु नै भएको होला यसले तपाईंलाई विभेदको कुरा तपाईं कुर्सीमा पदासिन हुँदैमा सिकायो होला ।

तपाईंको निधारमा लगाईएको अविरले ट्राफिक लाइट जस्तै रोक भन्ने सङ्केत दिन पाए कस्तो होला जसले सांकेतिक हिसाबले पनि भ्रष्टाचार रोक भन्ने व्यवहार नै दिलाओस् । गलत चेष्टालाई रोक्न सक्ने सङ्केत दिलाओस् त्यो रातो अविरले । तर मलाई कत्ति विश्वास नै लाग्दैन किनकी तपाईंको अस्वभाविक रहनसहन नै हामीलाई अचम्म लाग्न थालेको छ । चुनाव जितेको भोलिपल्ट नै तपाईं भुईंमान्छेबाट आकाशको मान्छे बनिसक्नुभएको छ जसले हाम्रो फोन उठाउन छाडिसक्नु भयो । चुनाव अघि तपाईंले गर्ने नमस्कारको शैली र अहिलेको शैली नै परिसकेको छ ।

तपाईंले लगाएका माला, अविर र खादाको संयुक्त गठबन्धनको एक बैठक बसेको रहेछन् जहाँ तिनीहरू निकै टोलाएको देखिन्छन् । नेताज्यू, के माला, अविर र खादाको मूल्य कति होला ? जनताको अपेक्षाको मूल्य कति होला ? एक पटक हिसाब गर्नुस् न ल ! तारेमाम् !

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
दवाई सुन्दरी, जुत्ता र ज्योतिषी

दवाई सुन्दरी, जुत्ता र...

डा. नवराज खतिवडा
0
Would love your thoughts, please comment.x
()
x