साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देउराली देवीकाे उग्रकथा

चिच्याइरहेका छन् हुस्सुहरू एकताको यो सानो भूगोल बिगार्न तल्लीन छन् बेइमान हातहरू हराउँदै छन् सुकोमल फूलहरू ।

Nepal Telecom ad

भीम गौतम :

जब
श्रमिकमाथि
अन्यायले बलात्कार गर्छ
तब
देउरालीकी देवी रिसाउन थाल्छिन्,
अनि बादशाहका दमित कुरुप विचारहरू
विखण्डित हुँदै जान्छन्,
जब दिमागभरि
झुटका ऐंजेरु पलाउँछ
तब मुखबाट त्यसको हस्को
भूमरी खेल्दै भरिन थाल्छन्,
मैमत्त असभ्य नागरिक बनी
ऊ ताल बिगारेर बाँसुरी बजाउँछ
न्यायलाई बलात्कार गर्दै
अनि, कसरी बन्न सकोस्
अजम्वरी पहाड र शिला लेख ?

दुस्साहस बोक्ने दुष्टहरू
भत्काई रहेछन् चुरे र
लालीगुराँसका पहाडहरू,
तीर हानिरहेका छन् आमामाथि,
कोइली, मयूर, डाँफे र परेवाका गुँडमा
सीमापारिकै वैरी रिझाउन
चिच्याइरहेका छन् हुस्सुहरू
एकताको यो सानो
भूगोल बिगार्न
तल्लीन छन् बेइमान हातहरू
हराउँदै छन् सुकोमल फूलहरू ।

पारखी तीखा नयनहरू
हिँड्दै गरेका
बलिया पिँडौला पाउहरू
कालान्तरमा लुतुक्क हल्का
भुवा बनाउँदा रहेछन्,
हिमालको चिसोले
ढुकढुकी भरेको मुटु
यतिबेला आधुनिक
रसाद पानीले छुन छाडिसक्यो,
सयलको आँखा छोपिएको छ
हुस्सु र बाक्लिएको कालो बादलले
कतै क्षितिजको कुनै डिलबाट
देखिन्छ कि कतै यहाँ
श्रमिक जनता माथिको दुःख, दुर्दशा र
निस्सासिएकी देउराली देवीकि उग्रकथा ।

०००
भरतपुर चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल्वाँठहरूले

ल्वाँठहरूले

भीम गाैतम
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x