फित्काैली डटकमकवि रीता खत्रीको नयाँ कविता सङ्ग्रह “बाँच्नेहरूका नाममा” लोकार्पण
नेपाली राजदूतावास, ब्याङ्ककको आयोजना तथा थाइल्याण्डस्थित विभिन्न नेपाली सामाजिक, साहित्यिक तथा सांस्कृतिक संघ-संस्थाहरूको सहकार्यमा लोकार्पण गरिएकाे हाे ।

ब्याङ्कक । थाईल्याण्डको ब्याङ्कक शहरमा कवि रीता खत्रीको नयाँ कविता सङ्ग्रह “बाँच्नेहरूका नाममा” लोकार्पण गरिएको छ।
सो कविता सङ्ग्रहका साथै कवि तिलक पोखरेलद्वारा लिखित कविता सङ्ग्रह “आनन्द उपहार” तथा जरा फाउन्डेसन नेपालका अध्यक्ष कृष्ण प्रसाईंद्वारा लिखित कविता सङ्ग्रह “घामको वर्षा” को थाई भाषामा अनूदित संस्करण पनि लोकार्पण भएका थिए।
कार्यक्रमका लागि नेपालका चर्चित साहित्यकार तथा समीक्षकहरू शेखर गिरी (अध्यक्ष, साझा प्रकाशन), रीता खत्री (अध्यक्ष, विश्व नेपाली वाङ्मय प्रतिष्ठान), कृष्ण प्रसाईं (अध्यक्ष, जरा फाउन्डेसन नेपाल), मोमिला जोशी (अध्यक्ष, नेपाली कलासाहित्य डटकम प्रतिष्ठान), डा. बिन्दु शर्मा (सदस्य, विश्व नेपाली वाङ्मय प्रतिष्ठान) थाईल्याण्ड पुग्नु भएको थियो।
नेपाली राजदूतावास, ब्याङ्ककको आयोजना तथा थाइल्याण्डस्थित विभिन्न नेपाली सामाजिक, साहित्यिक तथा सांस्कृतिक संघ-संस्थाहरूको सहकार्यमा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती कार्यक्रम मनाईंदा उक्त पुस्तकहरू लोकार्पण गरिएका थिए।
लोकार्पणका साथै विभिन्न उमेर समुह तथा खुल्ला कविता प्रतियोगिता तथा कविता वाचन प्रतियोगिताहरू, विशिष्ट साहित्यकारहरूद्वारा कविता वाचन, वर्ष व्यक्तित्व २०८३ सम्मान आदि गरी भानुजयन्ती मनाइएको थियो।
०००
शब्दपथकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































