फित्काैली डटकमभक्तपुर सुसेली मञ्चकाे भानुजयन्ती विशेष श्रृङ्खला
भक्तपुर सुसेली मञ्च र फुलब्राइट स्कुलको संयुक्त आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१३ औं जन्मजयन्ति विशेष कविगोष्ठी आयोजना गरियो ।

भक्तपुर । भक्तपुर सुसेली मञ्च र फुलब्राइट स्कुलको संयुक्त आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१३ औं जन्मजयन्ति विशेष कविगोष्ठी आयोजना गरियो ।
मञ्चका अध्यक्ष रामशरण न्यौपाने सभापति, साहित्यकार डा. कृष्णप्रसाद भंट्टाई प्रमुख अतिथि र साहित्यकार डम्बर घिमिरे विशेष अतिथि रहनुभएको थियाे ।
समारोहका अतिथिहरूमा फित्कौली सम्पादक नरनाथ लुइँटेल, शृङ्खला साहित्यिक मासिकका सम्पादक प्रवीण जोशी ,हास्य व्यङ्ग्यकार डा. नवराज खतिवडा ,राष्ट्रिय सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी भमर्कोटे , फुलब्राइटकी प्रीन्सिपल एलिना दाहाल , प्राध्यापक मुकुन्द दाहाल ,चागुनारायण उच्च माविका प्रधानाध्यापक दधिराम गेलाल हुनुहुन्थ्यो ।
अतिथि कविहरू, जन्मभूमि नेपालका संरक्षक ओमप्रसाद कोइराला, पदम दाहाल, श्याम खनाल, श्याम माकजु, बाबुकाजी माकजु, सालिकराम दाहाल, तेजकृष्ण श्रेष्ठ, ओमनरहरि श्रेष्ठ, छन्दविज्ञान निरौला, राममणि ढुङ्गेल, विश्वनाथ ढुङ्गेल, सावित्री गेलाल, सालिकराम दाहाल, अर्जुन सिलवाल, कृष्णप्रसाद भण्डारी, लक्ष्मी भुजेल लगायतले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा सङ्गीता रिसाल, टंक दाहाल, सुरेन्द्र खतिवडा, मिना भुजेल, कृष्णहरि गेलाल राजन पौडेल लगायतकाे समुपस्थिति थियाे ।
विद्यालयकी छात्रा इभाना दाहालले भानुभक्तको परिचय दिँदै अतिथिको स्वागत गरेकी थिइन् भने प्रमुख अतिथि, अतिथि र विद्यार्थी भाइबहिनीले आदिकवि भानुभक्त आचार्यको तस्बिरमा पुष्पार्पण पश्चात् कविता वाचनकाे क्रम शुरू गरिएको थियो ।
कविता वाचन गर्ने विद्यार्थीहरूमा चयन बस्नेत , पोसिका बाँनिया, सायरा खतिवडा,अनुष्का भँडेल, प्रशिक्षित न्यौपाने, आदित्य न्यौपाने, प्रसय न्यौपाने, प्राश्ना न्यौपाने, आश्रय पोखरेल, प्रसान्त पौडेल, सौरभ मडै, जोशीका बुढाथोकी, दिलिसा सिवाकोटी,अनुषा बराल र अशिम बुढाथोकीले आदिकविका र आदिकवि बारेमा आफूले रचना गरेका कविता वाचन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि भट्टराईले विद्यालय र साहित्यिक संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रमको प्रशंसा गर्दै यस्तो कार्यक्रम विद्यार्थीका लागि अति उपयोगी हुने विचार व्यक्त गर्नुभयो ।
साहित्यकार डम्बर घिमिरेले विद्यार्थीका कविता सुन्दा आनन्द लागेको उल्लेख गर्दै हास्य कथा सुनाउँदा समारोह हाँसोले गुन्जिएको थियो । अतिथि नरनाथ लुइँटेलले कवि भानुभक्तका हास्य कविताको प्रसङ्ग उल्लेख गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँले भक्तपुरमा साहित्यको माहोल ज्यादै राम्रो भएको विचार व्यक्त गर्नुभयो । स्थापित कवि र विद्यार्थीका कविता र वाचनशैली ज्यादै राम्रो लागेको बताउनुभयो ।
त्यसैगरी ष्ट्रिय सुसेली फाउन्डेसनका दुर्गा अधिकारीले सुसेलीको जन्म आजकै प्रमुख अतिथिसँगको भेट र उहाँले दिएको सुझावका आधारमा भएको प्रसङ्ग सुनाएर आफ्ना सुसेली वाचन गर्नुभएको थियो ।
डा. नवराज खतिवडाको फरक प्रस्तुतिले समारोह रोमान्चित भएको थियो । कार्यक्रममा चागुनारायण माविका प्रधानाध्यापक दधिराम गेलालले सिकाइको कार्यक्रम राख्न सुझाव दिँदै आफ्नो सिर्जना वाचन गर्नुभएको थियो ।
विद्यालयकी प्रीन्सिपल एलिना दाहालले भानुभक्तको कवितावाचनपछि आयोजकको तर्फबाट सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सभापतिले कार्यक्रम समापन गरेसँगै पाहुनालाई दही चिउरासहितको खाजा दिइएको थियो । कार्यक्रम सञ्चालन मञ्चका सचिव डिल्लीप्रसाद मूलतिहुनले गर्नुभएको थियो ।
०००
डिल्लीप्रसाद मूलतिहुनकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































