साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तर्सिङहोम (४)

अरुलाई त्यस्तो गरोस् ता...। अहिले म केटाहरू बोलाएर यो नर्सिङ होम डाङडुङ पारिदिन्छु। यो नर्सिङ होम् हो कि तर्सिङहोम हो हँ ?

Nepal Telecom ad

कृष्ण प्रधान :

डोल्मा – (होमबहादुरले बोकी ल्याएको ढाकी खोतल्दै) ढाकीमा के ल्याउनुभयो
होमबहादुर – (ढाकी देखाउँदै) खै अरु ता ल्याउनु र ? त्यै ता हो किडनी, यो लिभर, यो मृटु-कलेजो हाकाहाकी बेच्ने हो। यो होमबहादुर लुकीछिपी काम गर्न मान्छे हुँदै होइन। यहाँ सरकारी अस्पतालतिर दलालहरूले सोझा सिधा रोगीका मान्छेहरूलाई किडनी, लिभर के के-को व्यवस्था गरिदिन्छु भनेर पैसा लुट्नेले लुटिरहेको छ । भर्खरै मात्र मेडिकल कलेजमा हाम्रै पहाड़का एकजना चेलीलाई किडनीको व्यवस्था गरिदिन्छु भनेर त्यहाँका दलालहरूले पचास कि साठी हजार रुपियाँ लिएर खै किडनी कहाँ दियो ?
डोल्मा – अन्त त्यहाँको पुलिसलाई कम्पलेन गरेनन् ?
होमबहादुर – यहाँ सबै मिलेको हुन्छ। किन यहाँ यी दलालहरूले हाम्रैहरूलाई किडनी, मुटु, लिभर आदिको व्यवस्था गरिदिन्छौं भनी लुट्छन्?, ठग्छन्? प्रशासन किन चूप, किन मौन ? यसैले मैले खुल्लम खुल्ला यो ढाकीमा गोर्खा किडनी, गोर्खा लिभर बिक्री गर्न थालेको हुँ। हेरुँ न कसले के गर्दोरहेछ? (अचानक राजु अत्तालिँदै डा बेनर्जीलाई लिएर प्रवेश।
राजु – डा बेनर्जीलाई हार्ट पेन भएछ। (रत्ना सिष्टरलाई खोज्दै….मञ्चै थर्काउने गरी चिच्याएर सिष्टर ! सिष्टर ! रत्ना सिष्टर…कहाँ जानुभो ? आउनोस् न हेर्नोस् डा. बेनर्जीलाई ?
रत्ना सिष्टर – (अत्तालिएर प्रवेश) ल्या के भयो (डा बेनर्जी छाती समातेर अलस तलस परिरहेको हुन्छ । सबै मञ्चमा उपस्थित हुन्छन्। डा. बेनर्जीलाई सबै स्याहार्नुपट्टि लाग्छन्)।
राजु – (अत्तालिँदै) सिष्टर डा बेनर्जीलाई याद गर्दै गर्नोस् है…म तल गएर डाइरेक्टरलाई लिएर आउँछु। (हुर्रिंदै प्रस्थान। अत्तालिँदै डाइरेक्टरको प्रवेश)
डाइरेक्टर – (अत्तालिँदै प्रवेश) ओहो…डा. बेनर्जी….कसरी भयो ?
डा. बेनर्जी – हार्ट पेन। सिष्टर प्लिज टेक मी इन आईसीयूमा ?
डाइरेक्टर – नो…नट नाऊ।
शनिग्रह – किन नो सर। मान्छेको यस्तो अवस्था छ। हिज् कण्डिसन इज नट गुढ। फेरि तपाई आईसीयूमा हाल्ने पर्मिशन दिनुहुन्न। ह्वाई रेस्पेक्टेडा डाइरेक्टर…ह्वाइ…. ?
डाइरेक्टर – अफकोर्स नट…। जबसम्म डा. बेनर्जीको सेभेण्टी फाइभ पर्सेण्ट एडभान्स पेमेण्ट हुँदैन टिल देन एउटा पेन किलर दिएर यहीँ लड़ाइ राख। (सबै हेराहेर गर्छन्)
रत्ना सिष्टर – (अत्तालिएर रुञ्चे स्वरमा) ओ स्याट ! अरे! डा बेनर्जी इज आवर सिनियर स्टाफ। हि इज ब्याक बोन अफ दिस तर्सिङ होम सर।
डा. बेनर्जी – (मृत्युश्य्या अवस्थामा जम्ले हात गर्दै) डाइरेक्टर साहेब ! म हात जोड़्छु। छोरोले पैसा पठाउऩे बित्तिकै सेभेण्टी फाइभ किन हण्ड्रेड पर्सेण्ट पेमेण्ट गर्छु। डाइरेक्टर प्लिज मेरो ट्रिटमेण्ट शुरु गर्न लाउनोस्। केही नगरे पनि कृपया मलाई अक्सिजन लाइदिने व्यवस्था गर्नोस्। मलाई अहिले नै मर्नु छैन।
बेला सिष्टर – डाइरेक्टर साहेब यति साह्रो निर्दयी ता नबिनुहोस् न हौ। तपाईकोमा मानवता भन्ने छैन। फेरि हि इज नट आउटसाइर प्यासेण्ट। हाम्रो स्टाफ हो। यस तर्सिङहोमको शान हो, गर्व हो।
डाइरेक्टर – नट अन्ली द्याट हि इज आवर पोलेसी मेकर। बट यो तर्सिङहोम पैसाको मामलामा कसैसित कम्प्रोमाइज गर्दैन। (एकक्षणमा रत्ना सिष्टर, जीटीए चिन्तादेवी, डोल्मा, सेवक, राजु र होमबहादुर यतिसम्मकि भीमबहादुर समेत डा. बेनर्जीलाई स्याहार्न थाल्छन्।)

डा बेनर्जी – (बोल्न नसके पनि( आय्या…आय्या…सिष्टर्स हेल्प पी। सेभियर पेन हियर (छात्ती छाम्दै) मलाई बचाऊ। म अझै बाँच्न चाहन्छु। मैले यो तर्सिङहोममा दिलोज्यान लाएर सेवा गरेँ। आज मै बिरामी हुँदा मलाई पेमेण्टबिना भर्ना नै नगर्ने ? हे भगवान ! मैले यो कुन पाप गरेँ…कुन पाप गरेँ…(रुन थाल्छ। अररर…पर्दै) सिष्टर्स लेट इट बी…मैले यो तर्सिङहोममा आफ्नो ज्यान प्राण लाएर खटिदिएँ…आज त्यसको फल पाउँदैछु..सरी डाइरेक्टर एक्सट्रिम्ली सरी। मैले यो तर्सिङहोमा सेवा पुऱ्याएको छु।

डाइरेक्टर – (अट्टहासमा) सेवा! वाट सेवा ? तपाईले यहाँबाट पैसा लिनुभयो। त्यसै सेवा ता गर्नुभएन। महिनैपिच्छे ह्याण्डसम एमाउण्ट दियो यो तर्सिङहोमले। तपाईलाई फ्रि अफ कष्टमा काम गराएन। सो…डा बेनेर्जी,,,सेभेण्टी फाइभ पर्सेण्ट एडभान्स्ड पेमेण्ट गर्नुहोस् । देन यू वील बी पर्मिटेड फर एडमिसन्। सो योर एडमिसन वील बी पेण्डिङ नाऊ।
डा. बेनर्जी – ओ..के…डाइरेक्टर इटस् ओ.के…तेरो यो केही होइन मेरो कर्मको फल हो। मैले पनि यहाँ आउने प्यासेण्ट र प्यासेण्ट पार्टीसित कहिल्यै राम्रो विहेभ गरिनँ। एडभान्स्ड बिना एडमिसन ता के प्यासेण्टलाई छुनेसम्म कोशिष गरिनँ। इटस् ओके…(डा बेनर्जी छाती समातेर ढल्न खोज्दा उनै डाइरेक्टले सम्हाल्छ) तर डाइरेक्टर साहेब रेमेम्बर इट मलाईँ खाने बाघले एकदिन तँलाई पनि एक दिन खान्छ नि। (राजुलाई ईङ्गित गर्दै) राजु…हेर ता मान्छे तल आएर बसिरहेको छ कि । (राजुकै तुरुन्तै प्रस्थान)
डाइरेक्टर – डा बेनर्जी….सिष्टर्स डा बेनर्जीको चेष्टमा पम्प गर्नोस्। हर्री अप् (मञ्चमा डाइरेक्टर लगायत उपस्थित सबैले भूईँमा लोटेको डा. बेनर्जीको चेष्टमा पम्प गर्न थाल्छन्। राजु मिलिकमै चिच्चाउँदै मञ्चमा आएर एक्कासी डाइरेक्टरलाई अँगालो हाली रुन थाल्छ)
राजु – (रुँदै) डाइरेक्टर सर…तपाईको छोरो सन्दिप डरलाग्दो एक्सिडेण्ट भएर तल ल्याएको छ।(यो कुरो सुनेर डाइरेक्टर मूर्तीवत् मौन उभिरहन्छ, कनै हलचल छैन। कुनै संवाद छैन। झक्झकाउँदै) सर…सर…इञ्जेक्सन चाहियो….टी एस ए (ट्रानेक्सेमिक एसिड इञ्जेक्सन चाहियो। (डाइरेक्टर अललेर मौन उभिरहन्छ। सर….सर…(हल्लाउँछ…) सर…टीएसए इञ्जेक्सन। तल स्टोररुममा कतै छैन। तपाईको ड्ररमा छ होइन ? त्यो इञ्जेक्सन निकालेर दिऊँ…कस्तो खतरनाका ब्लिडिङ भइरहेको छ सन्दिप भाइको।
डाइरेक्टर – (अट्टाहासमा) नो..नो…नेभर। मेरो ड्ररभरि इञ्जेक्सको बण्डल नै छ। त्यो इञ्जेक्सनले ब्लिडिङ स्टप हुन्छ…बट डोण्ट गिभ इट टु माई बिलोभेड सन…डोण्ट गिभ इट टु सन्दिप…
राजु – त्यै निकालेर दिन्छु….नत्र सन्दिप भाइ तपाईको छोरो ब्लिडिङ भएर मर्छ।
डाइरेक्टर – नो राजु…दिनुपर्दैन। किनभने त्यो सबै इञ्जेक्सन एक्स्पायर्ड भइसकेको छ….! त्यो दियो भने मेरो सन्दिप ब्लिडिङ भएर तीँ को तीँ मर्छ। मैले यै एक्सपायरी भएको इञ्जेक्सन यहाँका प्यासेण्टहरूलाई दिएँ। यसैले यहाँ किन रोगीहरू कोमामा जान्छन् ? यो नर्सिङ होमको नाम सुन्ने बित्तिक्कै उनीहरू किन तर्सिन्छन्? बिकज यहाँ प्यासेण्टहरूसित खेलवाड़ गरिन्छ। यस्तो एक्सपायरी भएको इञ्जेक्सन म मेरो छोरोलाई यूज गर्नु? यूज गर्नु? नो नेभर….नेभर (त्यहीँ कक्रक्कै पर्छ)
राजु – (नेपथ्यबाट) ओ…बल्ल चेत आयो। अरुलाई पर्दा वेदान्त आफूलाई पर्दा प्राणान्त!? सब चोरहरू । नो त्यै एक्सपायर्ड भएको इञ्जेक्सन निकालेर दिन्छु।
डाइरेक्टर – नो राजु….नो प्लिज। नदिनू। डोण्ट गिभ। नत्र मेरो सन्दिप मर्छ…मेरो एकमात्र छोरो…मेरो मुटुको टुक्रा। मेरो सन्दिप… (रुन्छ। यता डा. बेनर्जी छटपटिन्छ अथाह व्यथाले।
सबै एकमुख भएर देऊ…देऊ…यो डाइरेक्टर भनाउँदाले एक्सपायरी भएको मेडिसिन र इञ्जेक्सन, सलाइन वाटर प्यासेण्टलाई दिएर सबैलाई तर्साउनुसम्म तर्साएको छ। यस्तैहरूले ता यहाँ राम्रा राम्रा नर्सिङ होमहरू बदनाम छन्। र नै नर्सिङ होमको नाम तर्सिङहोममा परिणत भएको छ।
(नेपथ्यबाट प्रचण्डै आक्रोशमा आएर एनजीओ डाइरेक्टरको प्रवेश)
एनजीओ – (एक्कासी झोँक्किँदै बील च्यातचुत पारी डाइरेक्टरको मुखैमा फ्याँक्दै) यो के हो…यो के हो ?
ग्रहशनि – (छरपष्टिएको बील टिपेर हेर्दै) ल्या म्याम…यो के गर्नुभएकी? बील ता हजूरले च्यातचुत पार्नुभयो। किन के भयो भन्नुहोस् न।
एनजीओ – यो बील हो कि प्यासेण्ट पार्टीलाई तर्साउने कागत? तिमीहरूको खेलाँची हो हँ… (चिच्याएर) खेलाँची हो?
ग्रहशनि – तल अफिसले दिएको बील हामीलाई देखाएर के हुन्छ?
एनजीओ – (चिच्याउँदै) यस्तो कुरा सोध्नु लाज लाग्दैन तँहरूलाई?
ग्रहशनि – ओ म्याडम विस्तारी बोल्नुहोस्। यो नर्सिङ होम हो…भित्र प्यासेण्टहरू छन्। को हो तपाई ? एक्कासी वार्डभित्र पसेर हामीलाई पो कराउनुहुन्छ?
एनजीओ – (प्रचण्ड रिसाएर) सोंच्नै नसकिने बील बनाएर दिएपछि नकराएर चाट्नु तिमेरलाई? थाहा छ म को हुँ? थाहा छ म को हुँ….म यहाँको एनजीओको डिरेक्टर हुँ।
रत्ना सिष्टर – (नम्र भावमा) हुनु चैँ के भयो एनजीओ म्याडम… ?
एनजीओ – (बील देखाउँदै) यो बील हेर…मेडिसिनको मात्रै एक लाख रुपियाँ?
बेला सिष्टर – त्यति ता हुन्छे नै (एनजीओ म्याम चूप…..)
डाइरेक्टर तपाई चूपो लागि तल अफिसमा बुझ्नोस् एऩजीओ म्याडम…म आउँदैछु।
एनजीओ – तिमी को हो ? बिचैमा प्याच्चै बोल्ने? हू आर यू?
डाइरेक्टर – आई एम डाइरेक्टर अफ दिस नर्सिङ होम।
एनजीओ – (बील देखाउँदै) यो के हो मेडिसिनको एक लाख रुपियाँ?न यो बील हो कि घाँटीको पासो हो? प्यासेण्ट पार्टीलाई तर्साउने……
डाइरेक्टर – (कुरा काट्दै) यो नर्सिङ होम चार्ज, क्याबिन चार्ज, अक्सिजन चार्ज, यो भेण्टिलेटर, यो डक्टर्स चार्ज, क्लिनिङ चार्ज, मिसेलनियस् चार्ज।
एनजीओ – लु यो ता ठिकै छ…तर मेडिसिनको बील कसरी चाहिँ एक-एक लाख रुपियाँ भयो ?
बेला म्याम – त्यति नै मेडिसिन लाग्यो होला नि म्याम ।
रत्ना सिष्टर – तपाईको प्यासेण्टलाई यूज गर्ने मेडिसिन महङ्गो महङ्गो छ नि ।
एनजीओ चूप…तिमेरु…
डाइरेक्टर- एनजीओ म्याम…प्लिज डण्ट मेक साउण्ड हियर। प्लिज गेट लस।

एनजीओ गेट लस अरे ! त्यो पनि मलाई? (डाइरेक्टरको छाती समात्दै) शट अप…ननसेन्स। यहाँ आँखा च्यातेर हेर्….( ग्रहशनिको हातबाट बील खोसी देखाउँदै) हाम्रो प्यासेण्टलाई हिजो राति एघार बजी एडमिट गरेको आज बिहान फाइभ थर्टी फाइभमा डेड भन्दैछ। इटस् ओके। तर (हातको औँली भाँच्दै) हिजो राती एघार बजीदेखि एघार, बाह्र, एक, दुइ, तीन, चार, साँड़े पाँच।

साँड़े ६-६ घण्टामा प्यासेण्टले त्यत्रो एक-एक लाख रुपियाँको कस्तो मेडिसिन खायो ? हँ कत्रो कत्रो मेडिसिन खायो हँ ? मेडिसिन झ्याम्पल र हम्मरले फुटाउँदै खुवायो? यत्रो दामको इञ्जेक्सन कत्रो थियो? बीस किलोको थियो कि पच्चीस किलोको? यो पनि कुरा हो? आमामामा…प्यासेण्टले साँढ़े साँड़े ६-६ घण्टामा एक लाखको मेडिसिन खाँदा पनि खै तिमेरले केही ताछेनौ ता? प्यासेण्टलाई बचाउन सकेनौ ता? तिमीहरूले यसरी नै चिटिङ गरेर प्यासेण्टको पार्टीलाई तर्साउँछौं। यो तर्सिङहोम विरुद्धमा थाउजेण्ड कम्पलेन हामीसित छ। अब अति भयो…अति। अतिले खति गर्छ भन्ने थाहा छ होला नि। त्यसै ता नर्सिङ होमहरूतिर ढुङ्गा मूढ़ा गरेको होइन रहेछ। सब ठगारहरू। हाम्रै मान्छेहरूलाई मात्र किन यति साह्रो ठगेको। अरुलाई त्यस्तो गरोस् ता…। अहिले म केटाहरू बोलाएर यो नर्सिङ होम डाङडुङ पारिदिन्छु। यो नर्सिङ होम् हो कि तर्सिङहोम हो हँ ?? (झोंक्किएर प्रस्थान)

डाइरेक्टर : (सबै कुरा सुनेर) नो…नो…प्लिज (डाइरेक्टर र डा बेनर्जी अरट्ठै पर्छन्)।
समवेत स्वर हो यो तर्सिङहोम हो तर्सिङहोम। वाह तर्सिङहोम…वाह तर्सिङहोम…..(अट्टाहासमा हाँसेर सबै फ्रिज हुन्छन्)
पर्दा खस्छ।

[समाप्त]

०००
सिलगडी, भारत,

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
झण्डी

झण्डी

कृष्ण प्रधान
दवाई सुन्दरी, जुत्ता र ज्योतिषी

दवाई सुन्दरी, जुत्ता र...

डा. नवराज खतिवडा
टेढो बोलीको रोचक कृति ‘टोलटोलमा राजा’

टेढो बोलीको रोचक कृति...

प्रा. कपिल अज्ञात
आफ्नै मलामी जाँदा

आफ्नै मलामी जाँदा

शिवप्रसाद जैशी
को भैरव ?

को भैरव ?

देवीप्रसाद चापागाईं
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
0
Would love your thoughts, please comment.x
()
x