कृष्ण प्रधानतर्सिङहोम (१)
डा बेनर्जी - (जिब्रो जाँच गरेपछि पेट छामछाम छुमछुम गर्छ। एकक्षण पछि हातको ईशारामा) तपाई पिउनुहुन्छ ? भीमबहादुर - मगाउनुहोस् न सर। एकक्षण भए पनि दुःखाइ ता रिलिफ होला ।

कृष्ण प्रधान :
(सिलिगुड़ी भारतको दीनबन्धु मञ्चमा हाउसफुलका साथ प्रदर्शित)
पुरुष पात्र-
मणिकुमार शर्मा – डाइरेक्टर.
गोपाल विश्वकर्मा – डा. बेनर्जी,
राकेश बराइली – डा. बराइली,
प्रदिप खतिवड़ा – राजु (वार्ड ब्वाई)
प्रयास योञ्जन – भीमबहादुर,
अञ्जू प्रधान – सेविका (ब्लड विक्रेता),
होमबहादुर- सुरेन लामा (किडनी, लिभर विक्रेता)।
नारी पात्रा-
गिता देवान – रत्ना सिष्टर,
अमित लेप्चा – ग्रहशनि (सफाइ कर्मी)
इन्द्र प्रधान – वेला सिष्टर,
पेमालमु शेर्पा लामा – डोल्मा (जीडीए),
अनुशा राई – चिन्तादेवी (जीडीए)
प्रणिता गजमेर- एऩजोओ डाइरेक्टर 000000
तर्सिङहोम (हास्यव्यङ्ग्य नाटक)
नाटककार / निर्देशक : कृष्ण प्रधान,
सह-निर्देशक : राकेश बराइली
दृश्यविवरण-
(अँध्यारो मञ्च । मञ्च सामान्य उज्यालो हुने बित्तिक्कै एक कुनाबाट सेवक (रगत बिक्री गर्ने दलाल) र अर्को कुनाबाट होमबहादुर (किडनी, लिभर आदि बिक्री गर्ने दलाल) को प्रवेश गर्छन्। सेवक मस्त भएर फोनमा बात मार्दै प्रवेशिएको बेला होमबहादुरसित सामना हुँदा सेवकले होमबहादुरसित हात मिलाएको भनी हात मिलाउन आफनो हात अघि बढ़ाउँदा सेवक सिरियस भएर हात मिलाउँदै अघि बढ़्छ। होमबहादुर नराम्रो घतले झुक्किन्छ। सेवक अघि बढ़्छ, होमबहादुरलाई झुक्याएको भनेर टेँढ़ो आँखाले हेर्छ।
(सेवक टोपल्दै) कराउन थाल्छ- ब्लड चाहिन्छ…विशुद्ध ब्ल़ड।
(कुटुँला झैं हेरेपछि होमबहादुर पनि कराउन थाल्छ) (टाउकाको ढाकीमा राखिएको सामानतर्फ सङ्केत गर्दै) किडनी, लिभर, मुटु कलेजो आइपुग्यो। यो पोल्ट्रीको कुखुराको खसीको किडनी लिभर होइन…मान्छेको किडनी…..लिभर। आउनोस्….(मोटरस्ट्याण्डतिर आँप, लिची बेच्ने हकरको आवाज निकालिनुपर्छ।
सेवक – (होमबहादुरको स्वरलाई उछिन्ने गरी)- यसमा रेलको डब्बाभित्र हकरले सामान बेच्दा निकालेको स्वरमा रगत चाहियो….ताजा रगत…भनी कराउनुपर्छ।
कुनै एउटा नर्सिङ होम। बाहिर रोगी र तिनका आफन्तहरूको खैलाबैला। दुवै प्रस्थानपछि मञ्च उज्यालो हुन्छ। मञ्च धिमा गतिमा उज्यालो भएपछि नर्सिङहोमको वार्ड देखिन्छ। छेउको बेञ्चीमा रोगी भीमबहादुर छटपटिरहेको देखिन्छ। नर्स डाक्टर बस्ने कुर्सी र टेबल। छेवैमा एउटा लामो बेञ्ची।
सफाइ कर्मी ग्रहशनि पसिनैसरि भएर वार्ड सफा गर्दै गरेकी देखिन्छ। दुइ जीडीएह डोल्मा मोबाइल कोट्याउँदै हात हल्लाई हल्लाई फोनमा बातगरेको देखिन्छ भने अर्की जीडीए चिन्तादेवी मोबाइलमा मस्त भएर टेक्सट् गरेकी देखिन्छ। रोगी भीमबहादुरको छटपटाइ यथावत् देखिन्छ।)
***
ग्रहशनि- (मुखभरि गुटखा हालेर गाला पनि पुक्क पारेको अवस्थामै गीत गुनगुनाउँदै वार्ड सफा गर्दै) खै यो तर्सिङहोममा डस्टबीन हुँदाहुँदै पनि हेरन गुटखा खाएर जहाँ पायो त्यही थुकेको उफ! देखेँ ता मुखै मुखमा झ्याम् कि झ्याम् दिने थिएँ….(फेरि सफा गर्नपट्टि लाग्छे)
चिन्तादेवी- प्यासेण्ट पार्टी ता भयो भयो यहाँको जम्मै स्टाफ पनि त्यस्तै छन् अन्त कस्तो एटिकेट नभएको हई! जताजतै प्याच्चै प्याच्चै थुकेको हुन्छ अन्त।
ग्रहशनि – (सफा गर्दै) म ता यसबारेमा केही भन्दिनँ मै आफू ता उत्तानु महादेव। तर गुटखा खाए पनि थुक आयो भने (पोल्टोमा चेपेको पलाष्टिकको थैलो देखाउँदै) यसमा डङ् कि डङ्…माई थुक माई प्लाष्टिक माई विस्….हा…हा..हा..
डोल्मा – सानोमा बस निस्किन लाग्दा प्लाष्टिकको कालो ब्याग मुख हालेर बसको खिड़्कीबाट देको जस्तो। साँच्चै….(बोल्दा बोल्दै वार्ड ब्वाई राजु गीत गुन्गुगाउँदै प्रवेश)
राजु – (मञ्चमा प्रवेश हुने बित्तिक्कै) भेरी गुटुमुटु मर्निङ्ग म्यामहरू।
ग्रहशनि – ए भएछ…राजु भाइ हामीलाई चैं म्याम नभन है। हामी म्याम होइनौं है।
डोल्मा – (हरेश खाने भाषामा) हाम्रो भाग्यमा म्याम हुने सौभाग्य कहाँ छ र हौ भाइ कहाँ छ?
राजु – अब दिदीहरूको भाग्यमा श्रीखण्ड लेखिएको भए पो ? सखरण्ड लेखिएपछि म्याम ता कसरी बनिने हई।
ग्रहशनि – हाम्रो भाग्यमा साँच्चै सखरखण्ड नै लेखिएको छ होला हई एई चिन्तादेवी…
चिन्तादेवी – तैंले ठिकै भनिस् ग्रहशनि। (गुटखा मरक मरक चपाइरहेको राजु कुनामा थुक्न गएको मात्र के हुन्छ ग्रहशनि बिच्किन्छे)
ग्रहशनि – (चिच्याउँदै) ओ भाइ…वार्डभित्रै प्याच्चै ? कस्तो सेन्स नभएको मान्छे। देखेनौ यही मरीमरी सफा गरेकी?
चिन्तादेवी – घरमा पनि यसरी नै जहीँतहीँ थुक्छौ कि क्या हो तिमीले?
राजु – ठैट कहाँ हौ। ओके…बाई…बाई
चिन्तादेवी – यूँ आया यूँ ही गया…वाह..कति मज्जा छ हई यो मोरोलाई।
ग्रहशनि – आउने बित्तिक्कै कता फेरि? चूपो लागि बस न यहाँ।
राजु- दिदीहरूको मुहार दर्शन गर्नु मात्रै आएको। त्यो कौड़े डाइरेक्टरको माछा लिनु मार्केट जानुपर्छ। (प्रस्थान) । (रत्ना सिष्टरको प्रवेश)
तीनैजना – (समवेत् स्वर) गुड मर्निङ सिष्टर।
रत्ना – सिष्टर मर्निङ…मर्निङ (आफ्नो सामान बिसाउँदै ब्यागबाट पानीको बोतल निकालेर पानी पिउन थाल्छ। (आफ्नो जिउ टक्टकाउँछे…मोबाइल निकालेर आफ्नो मुहार हेर्छे। केशराशि मिलाउँछे। सम्भवतः लिपस्टिक पनि सामान्य दल्छे)
रत्ना – सिष्टर कस्तो पानी परेको हई…आमामामा…
चिन्तादेवी – त्यै ता यसपाली कस्तो अफ सिजनमा पानी परेको…
डोल्मा – पानी ता खासमा जून महिनादेखि पर्ने होइन र?
रत्ना – सिष्टर हो नि…असार महिनादेखि हो नि खासा।
डोल्मा – खै अचेल यहाँ न पानी पर्ने ठेगान छ न ता नेताहरूको नै ठेगान छ। यो आकाशको के विश्वास गर्नु, यी नेताहरूको के विश्वास गर्नु?
चिन्तादेवी – तर अहिले जुन प्रकारले पानी पर्दैछ नि यसपाली चाहिँ उखरमाउऩलो गरम हुन्छ है। सिष्टर एकक्षण अर्को वार्डतिर यसो हेरेर आउँछु ल। (प्रस्थान)
ग्रहशनि – बल्ल सकेँ। अब अर्को वार्डमा । (ग्रहशनि अर्को वार्डमा प्रस्थान)
रत्ना – सिष्टर (बेञ्चीमा लड़ेको प्यासेण्टलाई देखाउँदै) खै यो भीमबहादुरको मान्छे आएन हई ? कस्तो केयरलेस परिवारहरू। (भीमबहादुर सामान्य चल्मलाउऩ थाल्छ। राजुको प्रवेश)
राजु – (बेडतिर देखाउँदै) ऊ…ऊ…चल्न थाल्यो मोरा…
भीमबहादुर – (दुखेर छटपटिएकै स्वरमा कुरा काट्दै) यो रोगीको पीड़ा, छटपटाइलाई बुझ्ने कोशिष गर्….डाक्टर बोला..छिट्टो गर् । अब म सक्दिनँ..
रत्ना – सिष्टर तिम्रो अवस्था देखेर मलाई पो ज्यानको माया लाग्न थाल्यो।
भीमबहादुर – यहाँ खपिनसक्नु दुःखेर मर्न आँटिसक्यो । के साह्रो गनगन हौ ?
राजु – के गर्नु सर ! यहाँको नियमै यस्तो छ। नो एडभान्सड् पेमेण्ट नो एडमिट।
भीमबहादुर – तँहरू नियमै खोजिराख्।
राजु – (के गरुँ कसो गरुँ भएर अत्तालिँदै हत्त न पत्त जुत्ता खोलेर फुत्त फुत्त फ्याँकी मोजा खोलेर रोगी भीमबहादुरको नाकतर्फ लगी मोजा सुङ्न वाध्य गराउँछ। रोगी भीमबहादुरले विरोध गर्दा गर्दै पनि मोजाको गन्धले बेहोश हुन्छ) लु…अब बूढ़ो ख्वार-ख्वार।
रत्ना – सिष्टर (नाक थुन्दै) छ्या…यो राजुको मोजा कस्तो दङ्दङ्ती गन्हाएको । (वाक्क वाक्क गर्दै) जाऊ तिम्रो मोजा बाहिर डस्टबीनमा हालेर आऊ।
डोल्मा – (वाकवाक गर्दै) ओ माई गड… डम्पिङ ग्राउण्डलाई पनि जिताउने गन्हाउँदोरहेछ। छ्या…..
रत्ना – सिष्टर (उल्टी गरुँला गरुँला जस्तो गरेर रुञ्चे स्वरमा) राजु भाइ प्लिज बाहिर जाऊ न तिमी। मलाई गन्ध एलार्जी छ। बाहिर लिएर जाऊ न यो ह्वास्सै गन्हाउने तिम्रो मोजालाई। के हो यस्तो?
राजु अप्रेशन गर्दा सुँघाउँछ नि क्या के भन्छ हौ त्यसलाई…एस्…एस….एसथेर कि थेत्तर के भन्ठ नि..छ्या मलाई ता यो ड्क्टरी भाषा नै आउँदैन…के पो अरे…
रत्ना – सिष्टर एनेसथेसिया…भनेको ?
राजु – (औँलो ठड़्याउँदै) येस हो त्यै। मेरो (मोजा देखाउँदै)
रत्ना – सिष्टर (पर…पर…भाग्दै) जाऊ उता…(वाकवाकी)
राजु – यो दङदङ्ती गन्हाउने मोजाले त्यै एनेसथेनेसको काम गर्छ।
रत्ना – सिष्टर (नाक खुम्च्याउँदै) छ्या…फाल्टो कुरा नगर राजु। चूपोलागि स्टोरबाट एनेसथेसिया लिएर आउँ। (सिष्टरलाई गोहार माग्दै) सिष्टर एनेसथेसिया मगाउनोस् न तलबाट।
राजु – यो तर्सिङहोममा एनेसथेनेस सेनेथेनेस केही छैन। साह्रै टुमौटे लागेको छ। यहाँ सलाइन वाटर अड़्याउने स्ट्याण्ड ता छैन(डाक्टर बेनर्जीको प्रवेश)
समवेत स्वर मोर्निङ सर।
डा. बेनर्जी – मोर्निङ..मोर्निङ। (बेडमा लड़ेको भीमबहादुरलाई हेर्दै) यो नयाँ प्यासेण्ट छो?
राजु – हजूर सर…दुइ दिन भयो सर। यहाँ लड़ाएर राखेको।
डा.बेनर्जी – किनो ?
रत्ना – सिष्टर त्यै ता हो नो एडभान्स्ड पेमेण्ट।
डा. बेनर्जी – यहाँ तो एडभान्स्ड मष्ट। एडभान्स्ड नभएसोम्मो प्यासेण्टलाई कुनै टाच कोरदैन हामी।
डोल्मा – (हात जोड़्दै( तरै पनि एकपल्ट चेक गरिदिनोस् न सर। मलाई कस्तो मेरा बाबाको याद आयो हौ (आँखाबाट आँशु झार्छे)
डा बेनर्जी – आर यू क्राइङ्ग ? धूर पागली। योसोरी काँदनुहुन्छो? ओके…तिम्रै विन्तिले म चेक गरिदिन्छो…
(नाड़ी समात्दै) कोई टाङ्ग देखी।
भीमबहादुर – डाक्टरबाबु मेरो खुट्टा दुःखेको होइन हौ भुँड़ी पो दुःखेको ता।
रत्ना – सिष्टर Tongue भन्नुभएको हौ सरले जिब्रो…जिब्रो…(भीमबहादुर लामो न लामो जिब्रो देखाउँछ)
डा बेनर्जी – (जिब्रो जाँच गरेपछि पेट छामछाम छुमछुम गर्छ। एकक्षण पछि हातको ईशारामा) तपाई पिउनुहुन्छ ?
भीमबहादुर – मगाउनुहोस् न सर। एकक्षण भए पनि दुःखाइ ता रिलिफ होला।
डा. बेनर्जी – तोपाईले ड्रिङ्क गर्नुभचो भने तपाई बाँच्न सक्नुहुन्न। तपाईको लिभर ड्यामेज भइसक्यो जस्तो लाग्दैछ।
भीमबहादुर – डण्ट वरी डाक्टरबाबु…डण्ट वरी। भगवानलाई अब अर्को जन्ममा मलाई दाँत बरू दुइवटा कम्ति दिनू तर प्रभो लिभर चाहिँ पूरै बत्तिसवटा दिनू । मलाई बत्तीस दन्त चाहिएन प्रभो। बत्तीस लिभर।
डा. बेनर्जी तोपाईको लिभार ता सब गइसक्यो। ओके..सिष्टर ! यिनको एडभान्स्ड पेमेण्ट भयो भने डाइरेक्ट आईसीयूमा हालेर मलाई खबर गर्नू।
भीमबहादुर – (अत्तालेर) आईसीयूमा! एका बिहानै आईसीयूमा सर ?
सिष्टर रत्ना – यो तार्सिङहोममा पस्यो कि सोझै आईसीयूमा।
भीमबहादुर – एडभान्स्ड चैँ पहिले कतिजस्तो दिनुपर्छ सर?
डा. बेनर्जी – इनिसियली एक लाख जति दिएको राम्रो। पछि सजिलो पर्छ। अनि सिष्टर…ब्लड चाहिन्छ। ब्लडको पनि म्यानेज होस् ।
रत्ना – सिष्टर ओके सर…प्यासेण्ट पार्टीलाई भनिदिन्छु।
डा. बेनर्जी – अरु सबै ठिक छो होला नि सिष्टर। ओके…म अर्का वार्डमा जानछो। डोल्मा तिमी पनि मसित हिंड़ अर्को वार्डमा (डोल्माको स्वीकृति। डा. बेनर्जी सँगै डोल्मा पनि प्रस्थान)
रत्ना – सिष्टर हस् सर….(टेबलमा के के लेख्न थाल्छे। (बेला सिष्टरको प्रवेश। दुवैको अभिनन्दन ग्रहण)
बेला सिष्टर डा च्याटर्जी आउनुभयो कि भएन होला हई। यी मोराहरूलाई ता यो तर्सिङहोम पार्ट टाइम जब जस्तो भएको छ।
रत्ना – सिष्टर साह्रै खेलाँची भयो मोनोपोली नि…। (राजुको प्रवेश। बेला सिष्टरलाई अभिवादन )
बेला सिष्टर भाइ डा च्याटर्जीलाई देख्यौ तल।
राजु – देखिनँ त सिष्टर। खस्पतालमै व्यस्त होलान् बूढ़ा।
रत्ना – सिष्टर (भुतुक्कै हाँसेर) के भन्छ हौ…खस्पतालअरे?
राजु – सरकारी अस्पतालमा भर्ना हुने कुन प्यासेण्ट निको भएर घर फर्केको छ र। यसैकारण सरकारी अस्पताललाई मैले खस्पताल नै भन्छु। अस्पतालमा जाँच गराउनु गयो । डाक्टरले थरो चेक गर्छन् अऩि सुटुक्कै उनको च्याम्बरमा आउनु भन्छन् अनि त्यसपछि उनको एटेचको नर्सिङ होममा। हई रत्ना सिष्टर?
बेला सिष्टर (अनभिज्ञ भएर) खै मलाई ता त्यस्तो केही थाहा छैन है। मलाई ता लाग्छ अचेल नर्सिङ होम तर्सिङ होममा परिणत भएको छ।
राजु – त्यति मात्रै कहाँ र…नर्सिङ होम पुऱ्यायो…रोगीले खुट्टा टेकेकै छैन आईसीयूमा रेफर।
रत्ना – सिष्टर हो पक्का। मलाई ता यहाँको तर्सिङहोमतिरका आईसीयू चाहिँ हाम्रै गोर्खाहरूको निम्ति बनिएको जस्तो लाग्छ।
क्रमश:
०००
सिलीगुडी, भारत
Subscribe
Login
0 Comments
Oldest







































