बद्रीप्रसाद दाहाल ‘भस्मासुर’नाैलाे युग, अभिनव वहार ?
चस्मा छन् नव रङ्गका अति बडा, साक्षात् बने नायिका । टेढा नेत्र मिली सबै तरूनिए, श्रृङ्गारले छाेपिँदा ।। र् -यापै र्-याप र हिप्हपे गजलमा, जाेडी मिली नाच्दछन् । तन्नेरी जति इस् र डिस् गरिकनै, अङ्ग्रेज झैँ हाँस्दछन् ।।

बद्रीप्रसाद दाहाल :
मम्मी ड्याड मिलेर घाेक्रिन गए, आमा र बाबा हरे !
अन्टी अङ्कलमा रमेर रसना, काकी र काका मरे ।।
अन्टी अङ्कलभित्र जाक्किन गए, मामा तथा माइजू ।
सानीमा र भिनाजु ज्वाँइ भतिजा हट्दै गए भाउजू ।।
आयो फेसनमा नयाँपन अरे, भन्छन् सबै छर्छरी ।
ल्याङ्गा – वान्पिस पूर्ण टाइट लुगा, माग्दै गरे कर्करी ।।
नाङ्गै छन् उर ढाड वा उरु अहो, डढ्ने भएछन् तन ।
कस्ताे फेसनमा ढले नव युवा, आत्तिन्छ हाम्रा मन ।।
छाेरा बाट्छ कपाल क्या गजबले, मुन्द्रा फलामे भि-याे ।
फाटेका सुरूवाल पाइँट भिरी, गाँजा -सुराले पि-याे ।।
डिस्काे हिप्हप च्याँठ्ठिला लिरिकमा, नाच्ने युवाका दल।
हाम्रा गीत र नाच जीर्ण गनिए, आयाे कताकाे भल ।।
मात्रै छन् कुच कञ्चुकी उर खुलै, अङ्गाङ्ग झन्- झन् खुला ।
हेर्दै लाज लजाउने पहिरनै बित्ता कुरेतै ठुला ।।
झ्यालै झ्याल जताततै छ रमिता, नाैलाे अरे फेसन ।
ह्वार्ल्याङ्गै अति छ्याङ्ग वस्त्र पहिरी, हिँड्छन् युवा दिन्दिन ।।
बाट्ने केश खुला र जिङ्ग्रिङ हुँदा, लाखे भनी झुक्किने ।
आँखीभाैँ सब कत्रिएर धनुझैँ, तेर्साे र बाङ्गाे हुने ।।
आईब्राे लतपत्त छन् नयनमा, अङ्गाङ्गमा लाेसन ।
नाैला क्रीम दली मुखै धवल छन्, पर्फ्यूँ छरेका तन ।।
चस्मा छन् नव रङ्गका अति बडा, साक्षात् बने नायिका ।
टेढा नेत्र मिली सबै तरूनिए, श्रृङ्गारले छाेपिँदा ।।
र् -यापै र्-याप र हिप्हपे गजलमा, जाेडी मिली नाच्दछन् ।
तन्नेरी जति इस् र डिस् गरिकनै, अङ्ग्रेज झैँ हाँस्दछन् ।।
त्यस्तै ठाउँ चुनेर ट्याटु खतरा , खाेप्ने चल्याे फेसन ।
डिस्काे डान्स त *माेर- माेर* हुन गै, सर्केर नाच्छन् तन।।
बिर्से दूध ढिँडाे र गुन्द्रुक मकै, ह्वीस्की करी राेजिए ।
थुक्पा तास र ब्रान्डि बीफ परकै, खानापिना खाेजिए ।।
देखिन्छन् सब मानचित्र तनका, बन्ने अरे माेडल ?
रङ्गी ओठ नचाउँदै मुसुमुसू , हाँस्दै लिए गाेडल ।।
यै हाे आधुनिकी प्रथा अब पिट्याे, देशै भयाे जर्जर ।
झन् -झन् अस्त र व्यस्त च्याट जुमका उद्याेग छन् घर्घर !!
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































