रमेश खकुरेलडलरको बिरुवा
म नबुझीकन मात्र उचाल्दछु शठ बनीकन खाण्डव बाल्दछु जब बुझें अनि मौन म बस्तछु मुख थुनेर इँजार म कस्तछु ।।
रमेश खकुरेल :
डलरको बिरुवा जति रोप न
मन अघाउन मुश्किल भो किन
नगद भन्नु त हो डलरै भयो
किन हरे रुपियाँ त तलै गयो ।।
घर भरी कुहिरे कुहिरे पसून्
डलरका कण फुत्त गरी खसून्
जुन थियो सपना सपनै रह्यो
हुलुलु बागमती जलमा बग्यो ।।
किन हरे सपना जति बग्दछन्
जुन बगाउनु हो ढल बस्तछन्
मल बसी जल चाहिं गयो किन
सत भुल्यो जलले अहिले कि न ।।
सुन थियो जुन जून थियो उँभो
सुन चढ्यो तर जून गयो उँधो
अब कुरा गर चित्त खुशी गर
मन दिई गफले ढुकुटी भर ।।
बगरमा कति बाग लगाइयो
नगरमा श्रमविन्दु बगाइयो
यति गरेपछि आज धपाइयो
तर अझै किन बुद्धि चपाइयो ।।
म नबुझीकन मात्र उचाल्दछु
शठ बनीकन खाण्डव बाल्दछु
जब बुझें अनि मौन म बस्तछु
मुख थुनेर इँजार म कस्तछु ।।
प्रकृतिले सब थोक यहाँ दिने
तर दलाल भने सब जिल्लिने
अनि यहाँ किन गर्न लगाउने
जति सकिन्छ विदेश भगाउने ।।
०००
कमलपाेखरी, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































