साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश बन्ने भयो

शूर छन् वीर छन् बाघ छन् शेर छन् एकभन्दा अरू सक्षमै धेर छन् खण्डमा खण्ड छन् सण्ड उद्दण्ड छन् गर्न सक्नेहरू यी सबै चण्ड छन् ।।

Nepal Telecom ad

रमेश खकुरेल :

हेरियो हेरियो स्वादले हेरियो
वर्ष धेरै यसै हेर्नमै फेरियो
आज जे लेखियो भोलि सो केरियो
जोसुकै होस् मुला खै कहाँ टेरियो ।।

हुन्छ भन्थे नयाँ हुन्छ नेपाल नै
हो भनी लागियो ठेल्नमै पेल्नमै
हो नयाँ नै भयो आज नेपाल यो
जो पुरानो थियो त्यो कहाँ गो गयो ।।

ने! भने फूर्तिले डाँठमा पक्रिए
कर्कलाझैं सिपाही यसै लत्रिए
डाँठ हातै रह्यो पाल उड्दै गयो
के नयाँ भन्दथें क्या छटा देखियो ।।

च्यातिएको छ सारी धुजामा धुजा
चाउरी देख्छु गाला मुजामा मुजा
दाँत झारी सके आँत खारी सके
आज नेपाल आमा सिंगारी सके ।।

शूर छन् वीर छन् बाघ छन् शेर छन्
एकभन्दा अरू सक्षमै धेर छन्
खण्डमा खण्ड छन् सण्ड उद्दण्ड छन्
गर्न सक्नेहरू यी सबै चण्ड छन् ।।

चाल देख्तै बुझें देश बन्ने भयो
बार्दली अर्दली नाम हट्ने भयो
नाम चढ्ने भयो भाउ बढ्ने भयो
विश्वले देश यो उच्च भन्ने भयो ।।

०००
कमलपाेखरी, काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Komal Prasad Pokharel
Komal Prasad Pokharel
2 months ago

जयकृष्ण !

Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
1
0
Would love your thoughts, please comment.x
()
x