साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सान जाेगाउने हाेस् 

याे माटाे प्राण ठान्ने सबल मुटु बनून् उच्च कक्षा चलेर ।। वैदेशी नीति हाम्राे मुलुक हित उचा सान जाेगाउने हाेस् । नेपाली नाम बाँच्ने भुवनभर सदा मान जाेगाउने हाेस् ।।

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

आऊ नाच्दै र हँस्दै, अभिनव सृजना, मुस्कुराई धरामा ।
आऊ वैशाख नाैला, ललित रङ भरी, जुर्मुराई कलामा ।।
फेर्दै आफ्ना पुराना, नव तरु लहरा, झप्किऊन् पाउलाले ।
जाई–बेली र चम्पा झलमल, धरती वासना छर्न थाले ।।१।।

अग्ला–सग्ला सुनौला जनहित– सपना, खोल वैशाख सारा ।
बोक्रा नारा धपाऊन् , विमल मन लिई, कर्म नै हाेस् सहारा ।।
गाली निन्दा जुगुप्सा, अधम तम बनी, राजनीति नआओस् ।
हाम्रो नेपाल राम्रो , गतियति–लयमा, काव्यझैं मुस्कुराओस् ।।२।।

स्वप्ना बुन्दै धरामा, मन वचन मिली , कर्ममा चंचमाउन् ।
नाना–छाना र खाना, अभिनव सृजना, योजना छंछमाउन् ।।
पाऊन् बोल्ने र लेख्ने, हक इलम सबै, झाङ्गियून् राेजगारी ।
नेपाली सीप चम्की, मुलुक पर पुगून्, जन्मियून् खाेजकारी ।।३।।

आफ्ना आनी र बानी, परिमलित बनी, पूर्ण वैशाख पाेखून्।
मात्रै ढाँट्ने र छाँट्ने, परिचय नबनून्, मान्यता मूल्य राेपून् ।।
वासन्ती वाटिकाझैँ रङविरङ धरा, भव्य नेपाल हाम्राे ।
पाहाडी ओै तराई हिमथल जनता, एकता हुन्छ राम्राे ।।४।।

छाडावादी र धक्कू प्रतिनिधि नबनून् भृत्य साेचून् सबैले ।
गाढा गम्भीर न्यायी बन सब जनका मर्म बुझ्द्याै क्रमैले।।
लुट्ने भुट्ने र चुट्ने गति मति कहिल्यै दम्भ पाल्दै नपाल!
लुच्चा छुच्चा र झुट्टा गफ कफ नबनी देशलाई उचाल !!५!!

उन्मादी शक्तिका जाे अनुचर नबनी राष्ट्र रक्षा गरेर ।
याे माटाे प्राण ठान्ने सबल मुटु बनून् उच्च कक्षा चलेर ।।
वैदेशी नीति हाम्राे मुलुक हित उचा सान जाेगाउने हाेस् ।
नेपाली नाम बाँच्ने भुवनभर सदा मान जाेगाउने हाेस् ।। ६।।

नाच्लान् रापी फिरङ्गी सजक बन यहाँ स्वार्थ ताेडेर उठ्द्याै।
मास्लान् हाम्रा उपल्ला कृतिप्रकृति सफा हाेसमा शीघ्र जुट्द्याै।।
हाम्रा संस्कार चल्ती चलन अति उचा जीवमैत्री सुभाव-
मेट्ने रेट्ने र छेड्ने टुटफुट गरने राख्न सक्छन् कुभाव !!७!!

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x