डा. दामाेदर पुडासैनी किशाेरकिनकि, म नर्स हुँ
जब पराजित हुन्छ रोग र उज्यालो देख्छु बिरामीको अनुहार त्यसैको प्रतिविम्वमा, आफू पनि हाँस्छु किनकि म नर्स हुँ ।
पार्वती पुडासैनी :
झमक्क साँझ पर्दा
अरु सबै, आ-आफ्ना घर प्रवेश गर्छन्
म भने
दिनमा मात्र होइन रातमा पनि
पहरेदार बन्छु अस्पतालको वार्डमा
किनकि म नर्स हुँ
अरु आमाहरु
खेलाइरहेका हुन्छन् बच्चाहरूलाई
र च्यापेर सुतिरहेका हुन्छन् मस्तसँग
म भने रातोदिन
दूधे बालक र घरका काम छोडेर ड्यूटीमा होमिन्छु
अरुहरु बासतिर फर्कन्छन् रम्छन्, रमाउँछन्
म रोगी र दुःखीहरुको पीडामा मलम लगाउँदै हुन्छु
किनकि म नर्स हुँ
भोक, तीर्खा र निद्राले छुदैन मलाई
भोक लाग्दा पटुकि कस्छु र भोक मार्छु
निन्द्रा लाग्दा ओथारो बसेझैं जागा बस्छु
किनकि म नर्स हुँ
कसैले भन्छन् मलाई
तिमीहरु रोबोट हौ, मन नभएका
तिमीहरूलाई दु:ख पीडाको अनुभूति हुदैन
तिमीहरू मेशिन हौ , केबल मेशिन
जसले जेसुकै भनुन्
म भने अहोरात्र सेवामा खटिन्छु
किनकि म नर्स हुँ
जब पराजित हुन्छ रोग
र उज्यालो देख्छु बिरामीको अनुहार
त्यसैको प्रतिविम्वमा, आफू पनि हाँस्छु
किनकि म नर्स हुँ ।
०००
गोँगबुँ , नयाँबसपार्क, काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest





































