साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तारा सुवेदीको कविताकृति ‘अनभूतिका महक’ लोकार्पित

कार्यक्रममा शैलेन्द्र साकार, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा.डा.कृष्णप्रसाद दाहाल, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, पवन आलोक, कवि सुवेदी लगायतले उक्त कृति लोकार्पण गरे ।

Nepal Telecom ad

काठमाडौँ। कवि तारा सुवेदीको कवितासङ्ग्रह ‘अनुभूतिका महक’को लोकार्पण भएको छ ।

राजधानीमा आइतबार नेपाल स्रष्टा समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा शैलेन्द्र साकार, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा.डा.कृष्णप्रसाद दाहाल, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, पवन आलोक, कवि सुवेदी लगायतले उक्त कवितासङ्ग्रह लोकार्पण गरे ।

कार्यक्रममा प्रमुख अतिथि अग्रज कवि एवं साहित्यकार शैलेन्द्र साकारले नेपाल स्रष्टा समाजमा रहँदाका पुराना दिनहरु स्मरण गर्दै सुवेदीलाई मिलनसार,सक्रिय र लगनशील व्यक्तित्वको रुपमा आफुले पाएको बताए ।

लोकार्पित पुस्तकमाथि प्रा.डा.कृष्णप्रसाद दाहालले चर्चा गर्दै क्षमता राख्ने कविको रुपमा सुवेदीलाई पाएको बताए । उनले करिब डेढ दशकदेखि कवितामा सक्रिय सुवेदीको कृति पहिलो जस्तो नलाग्ने भन्दै कविताले पाठकको मन जित्ने धारणा राखे ।

कार्यक्रममा अग्रज कथाकार भागिरथी श्रेष्ठ,प्रा.डा. लक्ष्मणप्रसाद गौतम,पवन आलोक, विवश पोखरेल,साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली,विधान आचार्य,चन्द्रप्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य राखे ।

कवि सुवेदीले आफ्ना अनुभूतिहरु सार्वजनिक गरिन ।

उक्त कार्यक्रममा लोकार्पित कृतिका कविताहरु विधान आचार्य,राधेश्याम लेकाली,मणि लोहनी,प्रकाश घायल,रञ्जना निरौला र खुशी अधिकारीले बाचन गरे ।

श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण प्रदीप सापकोटाले गरे । डा.शान्तिमाया गिरीले स्वागत मन्तव्य राखिन् ।

०००
प्रदीप सापकोटाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x