साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभि साहित्य प्रतिष्ठानकाे साधारण सभा सम्पन्न

सुरभि साहित्य प्रतिष्ठान,जाेरपाटी, काठमाडौँले १८औँ साधारण सभा, पुरस्कार अर्पण र आख्यानवाचन कार्यक्रम सम्पन्न गर्याे ।

Nepal Telecom ad

काठमाडाैं । सुरभि साहित्य प्रतिष्ठान,जाेरपाटी, काठमाडौँले १८औँ साधारण सभा, पुरस्कार अर्पण र आख्यानवाचन कार्यक्रम सम्पन्न गर्याे ।

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक कुमार रिसाल प्रमुख अतिथि, वडा नम्बर ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ, साहित्यकारद्वय नरेन्द्रराज पौडेल र अमर शाह विशेष अतिथि, साहित्यकार रामप्रसाद पन्त ,ठाकुर शर्मा भण्डारी अतिथि हुनुहुन्थ्यो ।

पहिलो चरणको कार्यक्रम अन्तर्गत साधारण सभाबाट अध्यक्ष बाजुराम प्रसाद पौडेल, उपाध्यक्ष मेनका आचार्य पोखरेल, सचिव अच्युत घिमिरे, सहसचिव नगेन्द्र प्रसाद भट्टराई, कोषाध्यक्ष प्रमोद प्याकुरेल, सदस्यहरू आलोक चालिसे र रविन्द्र चापागाईलाई नयाँ कार्यसमितिमा निर्वाचित गरियो ।

दोस्रो चरणको कार्यक्रममा पुरस्कार अर्पण गरियो। सुरभि अच्युतराम चालिसे लघुकथा पुरस्कार -२०८३ बाट लघुकथाकार खेमराज पोखरेल, सुरभि वेदमणि आख्यान वाचन पुरस्कार -२०८३ बाट निर्मलरमण पराजुली, सुरभि प्रह्लाद चालिसे नारी आख्यान पुरस्कार- २०८३ बाट साहित्यकार इन्दिरा दीक्षित र सुलेख आख्यान प्रतिभा पुरस्कार २०८३ बाट साहित्यकार तथा अनुसन्धाता सुनिता भट्टराईलाई सम्मान अर्पण गरियो।

पुरस्कृत व्यक्तित्वको परिचय संस्थाका संरक्षक वरिष्ठ समालोचक युवराज मैनालीले दिनुभएको थियो। यसरी नै कथाकार महेन्द्र चालिसे, अमर शाह र गायत्री चापागाईंबाट कथावाचन गरियो ।

०००
अच्युत घिमिरेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x