साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेषजराज साहित्य प्रतिष्ठानको ९९ औँ शृङ्खला सम्पन्न

कार्यक्रमका प्रमुख अतिथि ८६ वर्षीय पूर्व जनप्रतिनिधि एवम् कवि निलकण्ठ लम्सालले प्रतिष्ठानको नियमित रचनावाचन कार्यक्रमले मलाई कविता सिर्जना गर्न प्रेरित गरिरहेको छ भन्नुभयाे ।

Nepal Telecom ad

स्याङ्जा । भेषजराज साहित्य प्रतिष्ठानले  एक कार्यक्रमको आयोजना गरी मासिक नियमित रचनावाचनको ९९ औँ शृङ्खला वालिङ नगरपालिला वडा नं. ८ मा रहेको उपकार बचत तथा ऋण सहकारीको सभाहलमा सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि ८६ वर्षीय पूर्व जनप्रतिनिधि एवम् कवि निलकण्ठ लम्सालले प्रतिष्ठानको नियमित रचनावाचन कार्यक्रमले मलाई कविता सिर्जना गर्न प्रेरित गरिरहेको छ भन्दै कार्यक्रमको निरन्तरताका लागि शुभकामना व्यक्त गर्नुभयो अनि कविता बूढो भयो र देशको असन्तुलित अवस्था शीर्षकका कविता पनि वाचन गर्नुभयो ।

कार्यक्रममा कवि जयलाल सुवेदीले  परिचय बल्ल भयो, इन्द्र पाठकले गुरुलाई सम्झना, भविश्वर पंगेनीले समसामयिक विषय, लेखनाथ काफ्लेफे रेसुङ्गाको टावर यात्रा संस्मरण गर्दै गजल प्रस्तुत गर्नुभयो भने कविता पनि उमेरैमा लेख्नु पर्दो रहेछ भन्ने कुराको जानकारी गराउनुभयो ।।

विष्णु पंगेनी पाण्डेले चारवटा मुक्तक सुनाइन् भने दिलीप थापा मगरले गजल, ढालबहादुर केसीले समसामयिक विषय सँगै टोखा ग्रान्डी अस्पतालको बरन्डामा रचना गरेको प्रार्थना शीर्षकको कविता, बोधराज न्यौपानेले, भानुभक्त,
श्यामप्रसाद ढुङ्गानाले आँधीखोलाको अनन्तता, गोपाल जिटीले गीत सुनाउनु भयो भने बाल प्रतिभा आयाम पाण्डेले पनि कविता वाचन गरे।

प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानकी सदस्य सावित्री अर्याल रेग्मीले उपस्थित सम्पूर्णलाई स्वागत गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण सचिव श्यामप्रसाद ढुङ्गानाले गरेका थिए ।

०००
श्यामप्रसाद ढुङ्गानाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x