साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुन बाँकी के रह्यो ?

राजनैतिक रिस्तामा प्रधानमन्त्री किस्तामा संसारकै उत्कृष्ट प्रतिपादन गऱ्यौ सिस्टम यो यो मन्त्री भनेर अग्रिम राख्यौ लिष्टमा ।

Nepal Telecom ad

भैया बुढाथोकी :

सय दिन त खेर गयो पैँतिस वर्ष के भयो ?
सिङ्गापुर त छँदै थ्यो अरू हुन बाँकी के रह्यो ?

धेरैजसो आयोगले रित मात्रै जनाए
टालाटुली बटुली कठपुतली आफ्नै बनाए
ढाँटको निम्तो दिएर वर्ष गाँठ मनाए
शुद्ध थिए बागमती विष्णुमती पछि गन्हाए।
सय दिन त खेर गयो पैंतीस बर्ष के भयो ?
सिङ्गापुर त छँदै थ्यो अरू हुन बाँकी के रह्यो ?

काँचो पाको खाकै हो सुनको थैलो आकै हो
नक्कलीलाई सक्कली भिजिट भिसा झ्याप्प लाकै हो
सज्जन गुरुवरको आशीर्वचन पाकै हो
अलिअलि प्रसादी होलीवाइन खोली खाकै हो।
सय दिन त खेर गयो पैंतीस वर्ष के भयो ?
सिङ्गापुर त छँदै थ्यो अरु हुन बाँकी के रह्यो ?

कैले कालो उठेको कैले रातो उठेको
पालैपालो तर मारे कुन थियो र ढाडे छुटेको ?
कुटुकुटु खाइरहने मुटुहरू जुटेको
सङ्गै स्वर्ग जानेले सहयात्री झण्डै कुटेको।
सय दिन त खेर गयो पैंतीस बर्ष के भयो ?
सिङ्गापुर त छँदै थ्यो अरु हुन बाँकी के रह्यो ?

राजनैतिक रिस्तामा प्रधानमन्त्री किस्तामा
संसारकै उत्कृष्ट प्रतिपादन गऱ्यौ सिस्टम
यो यो मन्त्री भनेर अग्रिम राख्यौ लिष्टमा
कोइली बाठो हुनाले अल्गोरिदम गयो फिस्टामा।
सय दिन त खेर गयो पैंतीस वर्ष के भयो ?
सिङ्गापुर त छँदै थ्यो अरु हुन बाँकी के रह्यो ?

०००
बूढानीलकण्ठ नगरपालिका- ८
हात्तीगौँडा काठमाण्डौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x