साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तर्सिङहोम (३)

फाइभरको लट्ठीले कस्तो दुःख्छ पो ता। फल्स भोट हाल्नु गएको थियो होला ! होमबहादुर बुथमा एकजना फल्स भोट हाल्नु पसेछ...त्यतिबेला सीआरपीएफले लट्ठी चार्ज गऱ्यो। ग्रहशनि भाग्नुपर्ने थियो नि ।

Nepal Telecom ad

कृष्ण प्रधान :

नाट्य निर्देशक : राकेश बराइली

क्रमागत- ३

राजु– अफर ता खतरा रहेछ..
चिन्तादेवी – साँच्चै भन्नु उसो होइन कि हामी गोर्खे केटीहरूलाई यस्तै इजी ठान्छन्। तर हेर राजु भाइ म चाहिँ अरु औरत जस्तो होइन क्या। खाँटी गोर्खा सुपुत्री हुँ। जहिले पनि मेरा अभिभावक. मेरा जाति समाजको शीर ठाड़ो पारेर हिँड़्ने विशुद्ध गार्खा नारी हुँ।
राजु – त्यस्तो पनि भन्छन हई मोराहरूले? जानु नि अन्त सूर्यसन पार्कमा डेटिङको लागि।
चिन्तादेवी – जान्थेँ होला…त्यो नसप्रेको बनतरुलसित। त्यसले हामी गोर्खा नारीलाई के सम्झेको छ हौ। यो कौड़हरूको निम्ति हामी कति इजी भइदियौँ हई।
डोल्मा – हामी गोर्खे चेलीहरूलाई के ठानेको हई यो पड़्केहरूले ?
चिन्तादेवी – हामी त्यति इजी, गयल गुज्रेका छौं र ?
राजु – तर…दिदी हो…भन्नु उसो होइन कि हाम्रा कतिपय गोर्खे चेलीहरू पनि साह्रै सस्ता छन् है। उनीहरूलाई मात्र दोष्याएर हुन्न। त्यसैले उनीहरूले तपाईहरूलाई त्यस्तै खालके ठानेका हुन्। एक बिराउने शाखा पिराउने।
ग्रहशनि – राजु…भाइ पाँचवटै औली एउटै हुँदैनन् नि। तर म ता भन्छु हाम्राहरूले जहीँ पनि जतै पनि काम गरोस् साह्रै सस्तो हुनु चाहिँ हुँदैन।
राजु – हाम्राहरू ता महङ्गो बाइक, महङ्गो गाड़ीमा चढ़िदिन कम्ति रुचाउँदैनन्। अन्त एडभाण्टेज लिँदैन र! म आउँदैछु है (राजु प्रस्थान)।
ग्रहशनि – ….हामीलाई ता टोटो नै काफी छ। (रत्ना सिष्टर सिष्टरको सँगै प्रवेश)
बेला सिष्टर – रत्ना सिष्टर लु म प्यासेण्टबारे ब्रिफिङ गरिहाल्छु ल। बेड नम्बर वानको ड्रेसिङ भयो…फाइभ टु टेन नोर्मल-डाक्टरले यिनीहरूको मेडिसिन चेञ्ज गरिदिएका छन्। क्याबिनका सबै ओके। मेडिसिन सेम…नो चेञ्ज। (चिन्तादेवीलाई) चिन्तादेवी यो पेपर माथि लेबर रुममा लगिदेऊ ता (रजिष्टर लिएर चिन्तादेवीको प्रस्थान)
रत्ना सिष्टर – यहाँका नर्सिङहोमहरू चाहिँ हाम्रै मान्छेहरूको निम्ति बनेको जस्तो लाग्छ। हार्ट एटेक हुने पनि हाम्रै, ब्रेन स्ट्रोक हुने पनि हाम्रै, किडनी, लिभर ट्रान्सप्लाण्ट केस पनि हाम्रैको, सुगर डाइबिटिस पनि हाम्रैहरूको, हात-खुट्टा भाँच्ने, गाड़ी एक्सिडेण्टमा पर्ने, छुरी हानाहान गर्ने पनि किन हाम्रैहरू मात्र भएका होलान् हई।
बेला सिष्टर – खै हाम्रा पूञ्जीपति, व्यापारीहरूले यहाँ एउटा गतिलो नर्सिङ होम खोल्न सकेनन्। गर्ने चाहिँ के! दुःख लाग्छ नि सोँचेर ल्याउँदा साँच्चै। बेला सिष्टर तपाई जाँदा हुन्छ! (बेला सिष्टर प्रस्थान। यसैबिच डाइरेक्टरको प्रवेश। डाइरेक्टरलाई शीर निहुराएर अभिवादन गर्छन्। )
डाइरेक्टर – एउटा ब्याड न्यूज छ।
रत्ना सिष्टर – ल्या…कस्तो ब्याड न्यूज डाइरेक्टर साहेब!
डाइरेक्टर – गत केही दिनदेखि डा. बेनर्जी अस्वस्थ छन्।
ग्रहशनि – (अचम्भित भएर) ल्या के भयो सरलाई?
डाइरेक्टर – आई थिङ्क हिज कण्डिसन इज नट गुड।
ग्रहशनि – र ता अचेल सरलाई देख्दिनँ ता। ल्या…अन्त अब प्यासेण्टलाई कसले हेर्छन्?
डाइरेक्टर – राजा मरे पनि देश खाली हुन्छ र सिष्टर! डण्ट वरी सिष्टर। आई विल म्यानेज। म यो म्यासेज दिनु मात्रै आएको। म निस्किहाल्छु। (भीमबहादुर सलाइन वाटरको बोतल भिरेर प्रस्थान)
रत्ना सिष्टर – (छक्कै परेर) अरे के गर्नु भएको यस्तो तपाईले? सलाइन वाटर बोकेर कहाँ जानुभएको..अचम्म। जानुहोस् भित्र…। गइहाल्नोस्। (बेला सिष्टर प्रस्थान)
भीमबहादुर – यहाँ लगाइने सलाइन वाटरको स्ट्याण्ड नै छैन। त्यै लिनु गएको।
रत्ना सिष्टर – तपाईको एडमिसन भयो होइन?
भीमबहादुर – एडमिसन भयो र ता (सलाइन वाटर बोटल देखाउँदै) यो लाइसेन्स पाएको।
शनिग्रह – यो सलाइन वाटरको बोतल के हो थाहा छ तपाईलाई?
भीमबहादुर – किन छैन ? सब थाहा छ। यो सलाइन वाटरबाट तपतप चुहेको नून पानीको घोल चाहिँ मेरा परिवारले बुझाएको एडभान्स्ड लाख-लाख रुपियाँको झोल तप्…तप् चुहेको जस्तो लागिरहेको छ मलाई।
रत्ना सिष्टर – तपाईलाई दस बोतल ब्लड चाहिन्छ। अब त्यो पनि तप् तपी नै चुहुन्छ। तपाईको ब्ल्ड ग्रुप बीएम ग्रुप रहेछ। (डोल्माको प्रवेश)
चिन्तादेवी – (छक्क परेर) बीएम ग्रुप अरे। हे भगवान् अहिलेसम्म ता एबी, बी, ओ र एबी पोजिटिभ ब्लड ग्रुपको नाम सुनेको तर यो बीएम ब्लड ग्रुप चैँ कुन ब्लड ग्रुप हो हौ सिष्टर ?
भीमबहादुर – (हतार-हतार) बीएम ब्लड ग्रुप भनेको चाहिं भालेमुङ्ग्रे ब्लड ग्रुप।
डोल्मा – (टाउको कन्याउँदै) यो भालेमुङ्ग्रे ब्लड चाहि कस्तो खाले हुन्छ हौ !
रत्ना सिष्टर – जसले दस पल्ट झण्डी साटेर घरि त्यो पार्टी, घरि कुन पार्टी अर्थात् पार्टी चाहारिबस्छु नो त्यस्तोको ब्लड ग्रुपलाई बीएम ब्लड ग्रुप वा भालेमुङ्ग्रे ब्लड ग्रुप भनिन्छ। त्यस्तै होइन र हजूर ?
भीमबहादुर – हण्ड्रेड पर्सेण्ट करेक्ट। होलाकि भनेर पार्टी साटियो…भरै होलाकि भनेर बुलाकी लायो, बुलाकी लाएको भोलिपल्ट नाकै खायो भनेजस्तो जिन्दगी….।
रत्ना सिष्टर – लु भयो…भयो। तपाई वार्डमा जानोस्। प्लिज। सलाइन वाटर सकिनै लागेछ। अहिले डाक्टर आएस साफी झाँप्छ। जाऊ त डोल्मा (भीमबहादुरलाई देखाउँदै) यिनलाई वार्डमा सिएर जाऊ ता। अन्त भित्र को छ..सलाइन वाटरको बोतल चेञ्ज गरिदिनू भन्नू। म एकक्षणमा आउँदैछु। (दुवै प्रस्थान)। (ग्रहशनिको प्रवेश। एकक्षणपछि मञ्चै थर्काउने गरी छातीभरि बल्डै व्लडको पाकिट लिएर सेविकाको प्रवेश)
सेविका – ब्लड चाहियो। फ्रेस ब्लड। विशुद्ध ब्लड। अर्ग्यानिक ब्लड। (चारैतिर चक्क्र लाउंदै) बल्ड चाहियो…ब्लड चाहियो। ब्लड लिनुहोस्….ब्लड। ताजा ताजा ब्लड। भर्खरै निकालेको ब्लड। अस्पताल र नर्सिङ होम बाहिर दलालबाट ब्लड नलिएर र व्लड ब्याङ्क क्याम्प गरेर ब्लड साट्नेबाट होइन ब्लड चाहिनेहरूको निम्ति यो सेविका हाजिर छे । यहाँबाट लिनोस्।
ग्रहशनि – (ब्लडका पाकिटहरू हेर्न खोज्दै) खै…कस्तो कस्तो प्रकारको ब्लड छ तिमीसित?
सेविका – कस्तो प्रकारको ब्लड चाहिन्छ त्यो पहिला भनन। (एक एकवटा पाकिट देखाउँदै( यो के एम ब्लड यानिकी खुसामदी ब्लड, यो बीएम ब्लड! अर्थात् भालेमुङ्ग्रे ब्लड, यो सीएम ब्लड वा चम्चे ब्लड, यो के के ब्लड वा खोइरो खन्ने ब्लड ।
ग्रहशनि – केआरटी ब्लड चाहिँ छैन?
सेविका – किन छैन…यो सेवकसित भेराइटिज ब्लड छ। केआरटी ब्लडको डिमाण्ड भयङ्कर छ।
रत्ना सिष्टर – कुन ब्लड ग्रुप हो यो कोआरटी ब्लड चाहिँ?
सेविका – (प्लाष्टिकको ब्याग देखाउँदै) केआरटी ब्लड ग्रुप भनेको चाहिँ कुरौटे ब्लड ग्रुप हो। यो ब्लड जसले यूज गर्छ नि त्यो मान्छे भयङ्कर कुरौटे हुन्छ। अर्काको कुरा गरेर भाँड़भैलो मच्चाउनुमा उस्ताद।
ग्रहशनि – (ब्लडको पाकिट हेर्दै) अचेल त ब्लड यसरी पनि बिक्री गर्दारहेछ हई।
सेविका – बाहिर ड्रग्स खाने दलालहरूले खुल्लम खुल्ला ब्लड बिक्री गर्छन्। ब्लड कस्सम। अचेल सरकारी अस्पताल, मेडिकल कलेजका बाहिरतिर ड्रग्स खानेहरूको ब्लड कलेक्सन गरी दोबर-तेबर दाममा बेचिने ब्लड छैन मसित। ब्लड डोनेशनको नाममा ब्लड कलेक्सन गरी त्यहाँबाट कमिशन लिएर ब्लड बेच्ने पनि होइन म। म प्यूर गोर्खा हुँ र मसित भएका जम्मै ग्रुपका ब्लड सबै गोर्खा ब्लड हो।
ग्रहशनि – आह्रिस नगर्ने, पोल नलाउऩे, झण्डी नसाट्ने, चम्काउनु बन्द गराउने, एकजुट गराउने, नटुट्ने, न फुटाउने, आगोमा घिउ नहाल्ने खालको ब्लड ग्रुप पनि पाउँछ?
सेविका – त्यस्तो ब्लड ता मसित छैन नि। सरी। मसित ता कुरा बिगार्ने, खुसामदी गर्ने, घर भत्काउने, फुट ल्याउने, भाँड़भैलो लाउने, आगोमा घिउ हाल्ने, चम्काउने, हेप्ने, समाज-जाति बिगार्ने खालको ब्लड मात्रै पाइन्छ।
रत्ना सिष्टर – अन्त प्यूर गोर्खा ब्लड मात्रै तिमीसित छ भनेको होइन अघि।
सेविका – ओ..हो सिष्टर…हजूरले कस्तो बुझ्नु नभएको? त्यै ता भनेकी। मसित भएका ब्लडहरू हामी गोर्खा जाति बाहेक अरु कुनै जातिमा पाइँदैन सिष्टरज्यू पाइँदैन।
ग्रहशनि – तपाईको ब्लड ग्रुप चाहिँ कुन होला सेविका दि?
सेविका – (हाँस्दै) मेरो? खै मेरो ब्लड ग्रुप के भन्नु हौ। समय स्थिति र परिस्थि अनुसार मेरो ब्लड ग्रुप चेञ्ज भई बस्छ। तरै पनि सेभेण्टी फाइभ पर्सेण्ट ब्लड चाहिँ सीपीएलसी ब्लड ग्रुप नै हो।
रत्ना सिष्टर – के अरे…के अरे….सीपीएलसी ब्लड ग्रुप अरे। के हो यो सीपएलसी ब्लड ग्रुप भनेको?
सेविका – चाप्लुसे ब्ल्ड नि। त्यै सीपीएलसी ब्लड मेरो नशा नशामा छ्वाल्ल छ्वाल्ल सञ्चालन भएकोले अहिलेसम्म चाप्लुसी गरेरै जीवन धानिरहेको छु। तपाईहरूलाई थाहा छैन र सिष्टर!
ग्रहशनि – अन्त यो सीपीएलसी अर्थात् चाप्लुसे ब्ल्ड हामीले बोडीमा हाल्दा पनि हुन्छ सेवक दाइ?
सेविका – किन हुँदैन ? हण्ड्रेड पर्सेण्ट हुन्छ। म ता भन्छु यहाँको प्रत्येक गोर्खाले यो सीपीएलसी ब्लड आई मिन चाप्लुसे ब्लड बोडीमा हाल्नुपर्छ। किनभने गोर्खाहरू चाप्लुसी गरेरै खतम भएका हुन् भन्ने मेरो दाबी छ।
रत्ना सिष्टर – त्यो सीपीएलसी ब्लड छ तिमीसित?
सेविका – सरी सिष्टर…सीपीएलसी र बीएम ब्लड चाहिँ अहिले आउट अफ स्टक छ।
ग्रहशनि – किन…आउट अफ स्टक?
सेविका – देख्नुभएन…यसपाली भोटको बेला जनता अनि नेताहरूले पाकिटको पाकिट बीएम ब्लड र सीपीएलसी ब्लड लगेर गए। यसपाली ग्यास सिलिण्डरको अभाव भए जस्तै यो भोटको बेलामा यी दुइ ब्लडहरूको साह्रै क्राइशिश हुन्छ। सर मसित छैन।
नेपथ्यबाट ओ….सेवक भाइ…ओ ब्लडवाल भाइ…मलाई ब्लड चाहियो। (नेपथ्यतिर हेर्दै प्रस्थान)
(ढाकीमा किडनी, लिभर, र मेडकिलका सरजाम लिएर लुङ्गीमा होमबहादुरको खोल्च्याङ खोल्च्याङ गर्दै प्रबेश। होमबहादुर राम्ररी हिँड़न सक्दैन। चाकमा पिलो निस्केको जस्तो अरररर…..खोल्च्याङ् खोल्च्याङ् हुँदै परी मञ्चमा प्रवेश)
होमबहादुर – ताजा…फ्रेस किडनी…लिभर एभेलेबल हियर….
ग्रहशनि – (होमबहादुरको पहिरन देखेर छक्क पर्दै) ओ माई गड ! होमबहादुर दाजु तपाई लुङ्गीमा ? हजूरलाई पनि एसआईआरले भेट्यो कि क्या हो ? भन्नुहोस् न किन तपाई लुङ्गीमा…तपाईलाई पनि एसआईआरले भेट्यो जस्तो लाग्दैछ है।
होमबहादुर – (सामान्य झोँक्किएर…अररर पर्दै) के को एसआईआर हौ के को एसआईआर ! अस्ति भोटमा सीआरपीएफको पोलिकार्बोनेट लट्ठीले बाङ्गो हुञ्जेल भेटेर।
रत्न सिष्टर – (हाँस्दै) फाइभरको लट्ठीले कस्तो दुःख्छ पो ता। फल्स भोट हाल्नु गएको थियो होला !
होमबहादुर बुथमा एकजना फल्स भोट हाल्नु पसेछ…त्यतिबेला सीआरपीएफले लट्ठी चार्ज गऱ्यो।
ग्रहशनि भाग्नुपर्ने थियो नि ।
होमबहादुर – कहाँ भाग्ने चान्स पाउनु र? कसैले झ्याँपटै झ्याँपट अनि कसैले भने पोलिकार्बोनेट लट्ठीले पछिल्तिर स्वाँठ कि स्वाँठ । हेर न देब्रे मुख सुन्निएर अनि पछाड़ि रात्तै बनाइदिएको छ।
ग्रहशनि–  विचारा…ढेँढ़ूको जस्तो रात्तै भाको होला हई।
रत्ना सिष्टर – अनिकालमा बीउ जोगाउनु, हुलमूलमा जीउ जोगाउनू भन्ने आहान थाहै छ होला….। (रत्ना सिष्टरको प्रस्थान। डोल्माको प्रवेश)
होमबहादुर – …ठैट सीआरपीफले आँखा नहेरी टार्गेट तानपुरा(चाक ईङ्गित गर्दै) मै हुँदोरहेछ नि।
ग्रहशनि – (हुरुक्कै भएर हाँस्दै) होमबहादुर दाजु…दुःख्दैछ अहिले पनि ? (रजिष्टर प्रवेश)
होमबहादुर – (व्यङ्ग्य गर्दै) दुःखेको छैन…न्याम्…न्याम्…गर्दैछ।

क्रमश :
०००
सिलिगुडी, भारत 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
झण्डी

झण्डी

कृष्ण प्रधान
पाकेटमार

पाकेटमार

कृष्ण प्रधान
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
शिलाको चिठी पूर्वपतिलाई

शिलाको चिठी पूर्वपतिलाई

ठाकुरप्रसाद अधिकारी
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
सरकारको सय दिन : आरोपको अचार, सुशासनको हुङ्कार !

सरकारको सय दिन :...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x