साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

त्यागेर स्वार्थ सुख-शैल सजाउने ती आफ्नो भलो भुवनमा पर सार्न जाती I यी पूज्य हुन् हृदयका महनीय नाम यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम।I

Nepal Telecom ad

सरला पोख्रेल सरु :

मातापिता गुरु सबै अति पूजनीय
सर्वत्र हुन् भुवनका अति वर्णनीय।
शिक्षा दिएर नव-मार्ग बनेर घाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम II१

भोगेर दुःख-सुख यो वय पार गर्दै
हाम्रै निमित्त सुखका सब बीज छर्दै।
लाग्छन् सदैव घरका अति तीर्थ धाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम।I२

हाम्रो कला र इतिहास बचाउने ती
संस्कारका अमृत-विन्दु सिकाउने ती।
छाया दिने तरुसरी अति दिव्य नाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम II३

सद्भाव, ज्ञान र विवेक प्रवाह गर्ने
हाम्रो उजाड दिलमा रस-रङ्ग भर्ने।
खुल्छन् रमेर हँसिला दृग छन् समान
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।।४

त्यागेर स्वार्थ सुख-शैल सजाउने ती
आफ्नो भलो भुवनमा पर सार्न जाती I
यी पूज्य हुन् हृदयका महनीय नाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम।I५

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x