साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भीमकुमारी स्मृति बुढ्यौली साहित्य पुरस्कारद्वारा हास्यव्यङ्ग्यकार लुइँटेल पुरस्कृत

फित्काैलीकाे माध्यमद्वारा बुढ्याैली साहित्यकाे अभिवृद्धि र जेष्ठ नागिरकपरक सिर्जना निरन्तर प्रकाशित गरी सचेतना  प्रवाहमा विशिष्ट याेगदान पुर्याएकाेमा लुइँटेललाई नगद रू. २५ हजारसहित याे पुरस्कार समर्पण गरिएकाे हाे ।

Nepal Telecom ad

बधाई छ भन्दै गरे कामना ती
खुसी छन् सबैका मनोभावना यी
यही प्रेरणाले टिकेको छ गाथा
छ साहित्य संस्था सबैनिम्ति छाता ।।

भक्तपुर । भक्तपुर बुढ्यौली साहित्य समाजले वरिष्ठ साहित्यकार चट्याङ मास्टरद्वारा आमाको नाममा स्थापित “भीमकुमारी स्मृति बुढ्यौली साहित्य सम्मान” २०८२ वरिष्ठ साहित्यकार नरनाथ लुइँटेललाई प्रदान गऱ्यो ।

फित्काैली डटकमकाे माध्यमद्वारा बुढ्याैली साहित्यकाे अभिवृद्धि र जेष्ठ नागिरकपरक सिर्जना निरन्तर प्रकाशित गरी सचेतना  प्रवाहमा उल्लेखनीय र विशिष्ट याेगदान पुर्याएकाेमा लुइँटेललाई नगद रू. २५ हजारसहित याे पुरस्कार समर्पण गरिएकाे हाे ।

समाजका उपाध्यक्ष दीनानाथ पोख्रेलको सभापतित्व, प्रा.डा. मुकेशकुमार चालिसेको प्रमुख आतिथ्य साथै चट्याङ मास्टर तथा आर. सी रिजाल विशिष्ट अतिथि रहनुभएको कार्यक्रमको सञ्चालन समाजकी कोषाध्यक्ष वसन्ती भुजेलले गर्नुभएको थियो ।

समाजका सदस्य रामशरण न्यौपानेद्वारा कविताबाटै स्वागत गरिएको थियो भने सदस्य जुनू घिमिरेले खादाद्वारा अतिथिहरूलाई स्वागत गर्नुभयो । समाजका अध्यक्ष कविराज घिमिरेबाट स्रष्टा चिनारी र सम्मानपत्र पढेर सुनाइयो । त्यसपछि प्रमुख अतिथिबाट दोसल्ला ओढाएर सम्मानपत्र साथै चट्याङ मास्टरबाट नगद रु २५,००० ।- अर्पण गरिएकाे थियो ।

लगत्तै सम्मानित व्यक्तित्वबाट आफूले अपेक्षा नराखेको विषयमा यसरी सम्मानित र पुरस्कृत हुन पाउँदा हर्ष लागेको बताउँदै संस्था र दातालाई धन्यवाद व्यक्त गर्नुभयो ।

चट्याङ मास्टरद्वारा संस्थाले सही व्यक्तित्वको पहिचान गरी पुरस्कार अर्पण गरेकोमा खुसी व्यक्त गर्नुभयो । आर.सी. रिजालले पुरस्कृत व्यक्तित्वको बारेमा परिचर्चा गर्नुभयो ।

त्यसपछि भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपालको ३१ औँ संयुक्त रचनावाचन कार्यक्रम प्रारम्भ भएकाे थियाे ।

कार्यक्रममा केशवराज खनाल, राजेन्द्रकुमार बज्राचार्य, चेवन बस्नेत, कृष्णप्रसाद पौडेल, शिखनाथ ढकाल शिखरनाथ बेलकोटे कवि, श्याम माकजू, पदम दाहाल, विद्या अनामिका तिवारी, मुकुन्दप्रसाव ढकाल, जुनू घिमिरे, धरणी धनञ्जय, उमा दाहाल, श्रीबहादुर के.सी, प्रमुना पौडेल, दुर्गा घिमिरे, एम.पी. पाण्डे र कविराज घिमिरेले रचना वाचन गर्नु भयाे ।

कविता, गजल, मुक्तक, देउडा लगायतका झङ्कारले कार्यक्रम स्थल अक्सफोर्ड प्राक्टिकल स्कुल सल्लाघारी भक्तपुर हल नै गुन्जायमान बनेको थियो ।

सम्मानित तथा पुरस्कृत व्यक्तित्वलाई सबैबाट बधाई दिइएको थियो । अन्त्यमा सभाध्यक्षले संक्षिप्त मन्तव्य दिँदै कार्यक्रम समापन गर्नु भयो ।

०००
कविराज घिमिरेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x