साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिदा र हल्लाको देश !

मनि -मसल नाताले, खातामा नाम चढ्दछ । हल्लाकै बलमा उक्ले सत्ताशिखरमा जब ।। क्यासीनो रेष्टुरा डुल्दै बिदाको घोषणा गर । बिदा - हल्ला दुबैबाट बेमानी जतिकाे जय ।।

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

बिदाको देश हो हाम्रो, सिधा त्यस्सै बजाउँने ।
हल्लाको देश हो राम्रो, जिब्रो सक्दो नचाउँने ।।
अनुवाद गर्याैँ नेता, राजाकै कोटिमा जब ।
सुविधा र बिदा मिल्दा, प्रजाझैँ बन्दछाैँ शव ।।

परिवर्तन आएन, गुलामी यी दिमागमा ।
हल्लाकै बलमा चल्ला, छाडा बन्छन् त गाउँमा ।।
हल्लामै छ खुसी नेताे कर्महारा बिदाप्रिय ।
पछुवा तिनका उस्तै, खुराफाती र अप्रिय ।।

मनि -मसल नाताले, खातामा नाम चढ्दछ ।
हल्लाकै बलमा उक्ले सत्ताशिखरमा जब ।।
क्यासीनो रेष्टुरा डुल्दै बिदाको घोषणा गर ।
बिदा – हल्ला दुबैबाट बेमानी जतिकाे जय ।।

पर्व गर्व तथा गर्भ, बिदा भ्रमण – छन् कति ।
असङ्ख्य दिवसै छुट्टी, गन्नै मुस्किल भो अति ।।
हल्ला निन्दा र गाली ओै बिदाकाे उर्वरा जिमी ।
बाँझा खेत र बारीमा भुत्रा धान मकै सिमी ?

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x