साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोर्डिङ मास्टर -२

सकिनु पर्छ भनेर मैन बत्ती बल्न छाडे, रात पर्छ भनेर पृथ्वी घुम्न छाडे, प्रसव पीडा सम्झेर महिलाले गर्भ अस्विकार गरे के होला डा. साब ?

Nepal Telecom ad

एसके निधन :

विद्यार्थी : सर कता हुनुहुन्छ ?
शिक्षक : नौ बज्यो जागीर खल्तीमा हाल्दै छु ।
विद्यार्थी : म डा. कृष्ण देव हजुरको पूर्व विद्यार्थी, आज गुरुपूर्णिमा यसैले सरलाई सम्झेको ।
शिक्षक : धन्यवाद ! खुशी लाग्यो ।
विद्यार्थी : अनि सर जागीर खल्तीमा भन्नाले ?
शिक्षक : डा. साब हामी बोर्डिङ मास्टरहरु प्रत्येक बिहान जागीर खल्तीमा हालेर स्कुल जान्छौँ । हरेक दिन त्रासमा बिताउँछौँ कतै खल्तीको जागिर खसिहाल्ने हो कि, घर फर्किँदा जागीर यतै छुट्ने हो कि भनेर । जब बेलुकी जागीर सहित फर्किन्छौ, अचाक्ली खुशी हुन्छौ अर्को दिन बिहानसम्म ।
विद्यार्थी : ओहो ! सर त्यस्तो तनावग्रस्त भएर कसरी काम गर्नु ! जाबो बोर्डिङ छोडेर कुनै व्यवसाय गरे हुन्न र ?
शिक्षक : सकिनु पर्छ भनेर मैन बत्ती बल्न छाडे, रात पर्छ भनेर पृथ्वी घुम्न छाडे, प्रसव पीडा सम्झेर महिलाले गर्भ अस्विकार गरे के होला डा. साब ?
विद्यार्थी : कुरो बुझिनँ सर ।
शिक्षक : स्पष्ट भनौ है त, हामीले हजुरले भन्या जस्तै गरेर शिक्षण पेशा छोडी व्यापार व्यवसाय गर्न थाल्यौँ भने तपाईं हजुर एक्लैको स्वास्थ सेवाले यो देशलाई पुग्ला र ?
विद्यार्थी : क्षमा प्राथी छु सर ! हजुरलाई सधैँ शिक्षण पेशामा देख्न पाउँ ! ह्यप्पी गुरुपूर्णिमा ।
शिक्षक : लभ यु माई डियर ।

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x