सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बन्यौँ भ्रष्ट आफैँ पर्‍यौँ तालिकामा

थिए ब्याङ्क खाता भरी नोट टन्न । सबै राज्यले नै लियो के छ भन्न ।। गर्‍यौँ जे सहेनन् पर्‍यौँ जालिकामा । बन्यौँ भ्रष्ट आफैँ पर्‍यौँ तालिकामा ।।

Nepal Telecom ad

कविराज घिमिरे :

गलामा छ सिक्री शिरै चन्द्रमाको ।
घडी लाख पर्ने छ राम्रो मजाको ।।
बिटो आउँथ्यो भ्रष्टको सङ्गतीमा ।
बन्यौँ भ्रष्ट आफैँ पर्‍यौँ तालिकामा ।।१

छ साडी पुरानो न चोलो छ राम्रो ।
सधैँ एउटै लाउँदा सान हाम्रो ।।
गयो भन्दथिन् श्रीमतीले सुदामा
बन्यौँ भ्रष्ट आफैँ पर्‍यौँ तालिकामा ।।२

बसेकोछ छोरो नयाँ कार भन्दै ।
यही हो बुढ्यौली सहारा विचार्दै ।।
कमायौँ लुट्यौँ राज्य जेठो हुँदामा ।
बन्यौँ भ्रष्ट आफैँ पर्‍यौँ तालिकामा ।।३

लुट्यौँ स्वर्ण भन्सार आफ्नो गराई ।
निजा अङ्ग छन् राज्य छैनन् पराई ।।
सिधा जो छ हाल्यौँ अँध्यारो कुनामा ।
बन्यौँ भ्रष्ट आफैँ पर्‍यौँ तालिकामा ।।४

छ आवास त्यस्तै उता छन् घडेरी ।
सधैँ अर्थवर्षा नलाग्ने खडेरी ।।
कमायौँ सकेसम्म हाले थुनामा ।
बन्यौँ भ्रष्ट आफैँ पर्‍यौँ तालिकामा ।।५

थिए ब्याङ्क खाता भरी नोट टन्न ।
सबै राज्यले नै लियो के छ भन्न ।।
गर्‍यौँ जे सहेनन् पर्‍यौँ जालिकामा ।
बन्यौँ भ्रष्ट आफैँ पर्‍यौँ तालिकामा ।।६

०००
भक्तपुर !

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वृद्ध

वृद्ध

कविराज घिमिरे
वृद्ध

वृद्ध

कविराज घिमिरे
सुकन्या (बुढ्याैली)

सुकन्या (बुढ्याैली)

कविराज घिमिरे
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल