साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रश्न ?

गर्व गर्न लाएक पुर्खाका सन्तति हौ तिमी, म, सबै हामी अनि त्यही पुर्खाको रगत बेचेर कहाँ जाँदैछौ तिमी ?? कत्रो नै छ र यो सानो घर हाम्रो भत्काएर खरानी बनाएर कहाँ बेच्न जाँदैछौ तिमी ??

Nepal Telecom ad

प्रदीप पौडेल :

यो अखण्डता, यो स्वाभिमान
इतिहास भुलेर कता जाँदैछौ तिमी ??
यो सङ्कट, अनि लोकको आर्तनाद देखेनौ है
अपमान अनि बेईमान भिरेर कता जाँदैछौ तिमी ??

तिमी त सजिलै पचाइदिने रहेछौ यो तिरस्कार जनको
देश जनता अनि आम परिवार भुलेर कता जाँदैछौ तिमी ??
आवश्यकता तत्कालको के हो तिमीले कहिल्यै देखेनौ
अनि यो कुसंस्कार र निराधार नेतृत्व भिरेर कता जाँदै छौ तिमी ??

गर्व गर्न लाएक पुर्खाका सन्तति हौ तिमी, म, सबै हामी
अनि त्यही पुर्खाको रगत बेचेर कहाँ जाँदैछौ तिमी ??
कत्रो नै छ र यो सानो घर हाम्रो
भत्काएर खरानी बनाएर कहाँ बेच्न जाँदैछौ तिमी ??

तिमी निष्ठावान हुँदो हौ त, यो कविता लेख्ने आँट गर्ने थिएन म !!
यो प्रश्नको उत्तर नदिई कुरा टारेर कहाँ जान खोज्दैछौ तिमी ??
हँ ??
कहाँ जान खोज्दै छौ तिमी ??

०००
गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
हुन बाँकी के रह्यो ?

हुन बाँकी के रह्यो...

फित्काैली डटकम
आधुनिकता

आधुनिकता

हेमराज पन्त
भन रामलखन !

भन रामलखन !

निमेश निखिल
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x