साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीनपुस्ते ठगी !

म त "धरा", जति शोषण गरे पनि धानिने नि, अनि नि, तीनपुस्ते कथा उही हुनु पनि अचम्म होइन र ? यो दुनियाँमा जे पनि हुन्छ। चिन्ता छैन चेला !

Nepal Telecom ad

धनराज गिरी :

“सर, हजुरको कुरा सुन्दा अचम्म लाग्यो। यत्रो यत्रो ठगी प्रकरणमा पर्नुभयो, तर पनि मुस्कुराउनु भएको छ, र गीत पनि गाउनुभएको छ!” चेलो पदम आचार्य, आफ्नो गुरु प्रोफेसर अब्बलनारायण गिरोपाध्याय आलोकसित।

आलोकले आफू मात्र होइन अरू धेरै आफन्तहरू भित्र भित्र चरम आर्थिक शोषणमा परेको गोप्य कथाहरू थाहा पायो। मान्छेहरू यस्ता कथाहरू हत्तपत्त सार्वजनिक नगर्ने, किन कि आफू उल्लू बनेको अर्थ लगाइने। तर आलोकको नीति अलग।

“पदम, हामी त तीन पुस्ता नै” ठगलालहरूको “फेला परियो।पिताजी नराम्रोसित ठगिइएको कुरा उहिले सुनाउनुभयो। त्यो त उहिलेको कुरा खुइले। तर २०५० साल मार्ग बीस यता हामी बाउछोरा, दुई पुस्ता, पनि मज्जाले वन्चकहरूको फेला परियो।मैले हिसाब गरेको जम्मा रु पच्चीस लाख खाए चोरहरूले । सोझो र इमानदार हुनुको मूल्य चुकाइयो। तीनपुस्ते कथा हो चेला ! यो कुरा ग्लोबलाइज्ड भएको छ।”

“आम्मामा, तर पनि हजुर त केही नभएजस्तो गर्नुहुन्छ त बाबा !कसरी सहन सकियो ? “धनशोक” पनि असह्य हुन्छ अरे।”

“एउटा तत्वबोध भयो पदम । हेर, आफूलाई चाहिनेभन्दा बढी भौतिकता सङ्ग्रह गर्नु नै मूर्खता हो। बुझियो। जब पच्चीस लाख रुपैयाँ हामीबाट दूर हुँदा पनि हाम्रो जीवनगाडी चलेकै छ भने, त्यो पैसा बढी भएको रहेछ । अरूको कल्याणमा गयो।

खाना,नाना,छाना न हो अपरिहार्य, पुगेकै छ। जोगीको अनुदानले अर्को सालदेखि सवालाख रुपियाँको अनुदान सहयोग जानेछ, शब्दनगरमा, रुद्रपुरको खबर ! कल्याण भयो।म विचलित छैन। मेरी पत्नीलाई पीर परेको हो । सोझी ! केही छैन। जिन्दगी अझै बाँकी छ। कथा लेखेर चित्त बुझाउने छु।तर,जसले ठग्यो, ऊ कहिल्यै पनि मेरो सामुन्नेमा शिर ठाडो गर्न सक्ने छैन। अरू धाक, सबै खाक !! अरे चेला, मैले दुःख पाए तिमीहरू छैनौं ? मर्दले कमाएको नामर्दले खायो। सत्य के हो ? ईश्वरलाई थाहा छ। मेरी सोझी पत्नीको आँसुले नसरापे हुन्थ्यो। यत्ति कामना छ। म त “धरा”, जति शोषण गरे पनि धानिने नि, अनि नि, तीनपुस्ते कथा उही हुनु पनि अचम्म होइन र ? यो दुनियाँमा जे पनि हुन्छ। चिन्ता छैन चेला !”

“हजुर त हजुर नै हो गुरुदेव। ठगहरू चिन्न पाएहुन्थ्यो।”
“मार्ग चारपछि, चुनावलाई असर पर्नसक्छ।”

“हस् गुरुदेव, म पनि लाग्छु, बैनी पुर्याउन जानु छ !” गयो पदम, चाल्यो आलोकले नयाँ कदम।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x