साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरुभक्त र अनुराधालाई पुरस्कृत गर्दै मनाइयाे मुक्तक दिवस

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि बैरागी काँइलाले 'भीमदर्शन मुक्तक पुरस्कार', 'कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार' प्रदान गर्नु भएको हो ।

Nepal Telecom ad

काठमाडौँ, २०८० माघ १८ । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँले मुक्तक दिवसको अवसर पारेर प्रसिद्ध साहित्यकार सरुभक्त (कास्की) लाई रु. ५१ हजार रुपैयाँको ‘भीमदर्शन मुक्तक पुरस्कार’ प्रदान गर्‍यो ।

यसैगरी २०७९ सालभरिमा प्रकाशित नेपाली मुक्तककृतिमध्ये उत्कृष्ट ठहरिएको अनुराधा ढकालको ‘आरब्ध’लाई रु. ३१ हजार रुपैयाँसहित ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ प्रदान गरियो ।

दुबै पुरस्कारहरु कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि बैरागी काँइलाले प्रदान गर्नु भएको हो ।

यी दुवै पुरस्कारहरू नेपाली आधुनिक मुक्तक साहित्यका प्रवर्तक भीमदर्शन रोका र कालजयी सष्टाहरू कृष्णप्रसाद पराजुली, रत्नशम्सेर थापा र चेतन कार्कीको सम्मानमा स्थापित पुरस्कारहरू हुन् ।

सोही अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली साहित्यका विशिष्ट स्रष्टा रत्नशम्सेर थापाको पहिलो मुक्तककृति ‘शीतको रुनझुन’को समेत लोकार्पण गरियो ।

प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि काईंला, अध्यक्ष कोने, समालोचक श्रीओम श्रेष्ठ रोदन, विमल भौकाजी, ज्ञानु पाण्डे, पुरस्कृत स्रष्टा अनुराधा ढकाल, रमेन्द्र शमशेर थापा, वियोगी बुढाथोकी, दिव्य गिरी लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा मुक्तककारहरु दिनेश शर्मा (हेटौंडा), सुनिल अधिकारी, राजेन्द्र घिमिरे सागर, मदन नेपाल, निर्मलरमण पराजुली लगायतले आआफ्नो शुभकामना मन्तव्य तथा मुक्तक वाचनु गर्नु भएको थियो ।

कार्यक्रमको संचालन प्रतिष्ठानका महासचिव यादव भट्टराईले गर्नु भएको थियो ।

कार्यक्रममा अमेरिकाबाट आउनु भएका स्रष्टाहरु शेखर ढुङ्गेल, सुन्दर जोशी, नेत्र बन्धु पोख्रेल, किस्मत भण्डारीसमेतको उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x