साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाइजात्रे संवाद

- कस्तो वाईयात प्रश्न । - भन्नुस न त, तपाईं को हो ? -स्वाभिमानी नेपाली । - नेपाली ? के छ प्रमाण ? - नेपाली नागरिकताको प्रमाणपत्र ।

Nepal Telecom ad

एसके निधन :

-नेपालको क्षेत्रफल कति छ ?

-खै ! थोरै नै होला ।

-नेपालको जनसङ्ख्या कति छ ?

– हेक्का भएन ।

– नेपालको आर्थिक विकासको मूल आधार के हो ?

– के थाहा ? आफू व्यापारी परिएन ।

– नेपालको राष्ट्रिय गाना कुन हो ?

– गीत सङ्गीतमा मेरो खासै रुचि छैन ।

– नेपालको सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक पक्षमा कत्तिको जानकार हुनुहुन्छ ?

– लोकसेवा आयोगको तयारी गर्‍या भए पो ।

– जीवनमा सबैभन्दा बढी खुशी भएको दिन ?

– अमेरिकी सेनाले सबदान हुसेनलाई मारेको क्षण ।

– सबैभन्दा दुःखी कहिले हुनु भयो ?

– टाइटनिक फिल्मको हिरो कठ्याङ्ग्री मर्दा ।

– तपाईलाई मन पर्ने देश कुन हो ?

– स्विजरल्यान्ड ।

– मन पर्ने गीत ?

– जनगनमन भारत माता ।

– मन पर्ने उत्सव ?

– भ्यालेन्टाइन डे एन्ड क्रिसमस ।

– तपाईं को हो ? चिन्नु हुन्छ ?

– कस्तो वाईयात प्रश्न ।

– भन्नुस न त, तपाईं को हो ?

-स्वाभिमानी नेपाली ।

– नेपाली ? के छ प्रमाण ?

– नेपाली नागरिकताको प्रमाणपत्र ।
???????

०००
हेटौंडा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x