साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संगम पुस्तकालयले पुस्तकालय दिवस मनायो

वि.सं १८६९ साल भदौ १५ गते तत्कालिन राजा गीर्वाणयुद्ध शाहले पुस्तकालय संचालन गर्ने कानुनमा लालामोहर लगाएर स्वीकृति दिएका थिए भने सोही सम्झना स्वरुप नेपाल सरकारले २०६५ साल भदौ १५ गतेदेखि पुस्तकालय दिवस मनाउँदै आएको हो ।

Nepal Telecom ad

उदयपुर, २०८०, भदौ १५ । उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा नगरपालिका ११ मा रहेको कोशी प्रदेसकै नमुना पुस्तकालयका रुपमा रहेको संगम सामुदायिक नमुना पुस्तकालयले शुक्रबार १६ औँ राष्ट्रिय पुस्तकालय दिवस एक अन्तर संवाद कार्यक्रमको आयोजना गरी मनाएको छ ।

वि.सं १८६९ साल भदौ १५ गते तत्कालिन राजा गीर्वाणयुद्ध शाहले पुस्तकालय संचालन गर्ने कानुनमा लालामोहर लगाएर स्वीकृति दिएका थिए भने सोही सम्झना स्वरुप नेपाल सरकारले २०६५ साल भदौ १५ गतेदेखि पुस्तकालय दिवस मनाउँदै आएको हो ।

विगतका वर्षहरूमा कोशी प्रदेस सरकारले पुस्तकालय दिवस मनाएको थियो भने यो वर्ष कोशी प्रदेस सरकार बजेट होलडेमा परेकोले कार्यक्रम गर्न सकेन । तर उदयपुरको स्थानीय तहमा भने यो कार्यक्रम नै पुस्तकालय दिवस मनाएको पहिलो कार्यक्रम भएको छ । देश भरिमा जम्मा ९ सय २८ वटा पुस्तकालय रहेकोमा करिब १ सय ५० वटा पुस्तकालय संचालन भएको र कोशी प्रदेशमा २२ वटा पुस्तकालय सक्रिय रहेको जानकारी उक्त कार्यक्रममा दिइएको थियो ।

पुस्तौं पुस्ताका लागि पुस्तकालय भन्ने मूल नाराका साथ मनाइएको सो कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेतले कार्यक्रमको अध्यक्षता गर्दै नगरपालिकाले पुस्तकालय स्थापनाका लागि सहयोग गर्दै आएको र विद्यालय तथा नगरपालिकाका १६ वटै वडामा पुस्तकालय स्थापनाका लागि सहयोग गर्ने बताए । कार्यक्रमको अध्यक्षता गरेका बस्नेतले अहिले पठन संस्कृति समाजमा हराउँदै गएको र इन्टरनेट, मोबाइलले पठन संस्कृतिलाई बिगार्दै लगेकोमा चिन्ता व्यक्त गर्दै अभिभावक सचेत भएर आफ्ना सन्तानलाई विद्युतीय विकृतिबाट टाढा राख्नु पर्ने बताए ।

अध्यक्षलाई मात्र आसन ग्रहण गराएर प्रारम्भ भएको सो कार्यक्रममा त्रियुगा वैदिक गुरुकुलम शान्तिधाम गाईघाटका बटुकहरूद्वारा स्वस्ती वाचनबाट शुरु भएको सो कार्यक्रममा पुस्तकालयका व्यवस्थापन समितिका सदस्य टंकप्रसाद गुरागाईले स्वागत मन्तव्य दिँदै संगम पुस्तकालय जिल्ला भरिको पुस्तकालय भएकोले जिल्लाका ८ वटै पालिकासँग सहयोग मागेको र प्रत्येक पालिकामा पुस्तकालय स्थापनाकालागि आवश्यक सल्लाह तथा छलफल गरिएको बताए ।

यसैगरी साहित्यकार पुण्य कार्कीले स्थानीय तहले स्थानीय लेद्वारा लेखिएका पुस्तकहरू खरिद गरेर प्रोत्साहन गर्नु पर्ने बताउँदै पुस्तकालय हामी सबैको साझा सम्पति भएकोले यसको संरक्षण संवद्र्धन तथा विकासमा सबै मिलेर सहयोग गर्नु पर्ने बताए । अर्का वक्ता माधव पोखरेल गोज्याङ्ग्रेले पुस्तकालयमा पुस्तक जम्मा गर्न स्थानीय लेखक साहित्यकार उत्पादन गर्न स्थानीय तहले कविता, कथा, निबन्ध, लगायतका लेखन प्रशिक्षण दिनु पर्ने बताए ।

यस्तै गरी बालक्लवका जिल्ला अध्यक्ष रुपेस कार्कीले आ युवाहरू लगु औषधको कुलतमा फसेर बिग्रिएकोमा चिन्ता व्यक्त गर्दै उनीहरूलाई पठन संस्कृृतिमा बानी बाने उपाय खोज्नु पर्ने बताए । अर्का वक्ता महेन्द्र राईले समाज परिवर्तनका लागि पठन संस्कृतिको विकास आवश्यक भएकोले फुर्सदका समयमा पुस्तकालयमा गएर अध्ययन गर्दा अरूले पनि त्यसको सिको सिकेर पढन थाल्ने बताए ।

पुस्तकालयका अध्यक्ष भरत खड्काले सञ्चालन गरेको सो कार्यक्रममा राम बस्नेत, नवीन राई, प्रकाश खड्का लगायतका वक्ताहरूले आआफ्नो धारणा राखेका थिए ।

०००
– माधव पोखरेल गोज्याङ्ग्रे, उदयपुर गाईघाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x