साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वास्तविक डाँकाहरू को हुन् ?

बैंक मेनेजर एकदम खुशी थियो किनभने उसले शेयरमार्केटमा लगानी गरेर डुबाएको पैसा त्यो डकैतीबाट पूर्ति गर्‍यो । यसलाई “मौकामा चौका दाउ हान्नु” भनिन्छ । जोखिम मोल्न सक्ने !

Nepal Telecom ad

“अमेरिकाको एउटा बैंक लुट्ने क्रममा लुटेराले कराउँदै भन्योः “कोही हलचल नगर्नू । यो पैसा राज्यको हो । तर ज्यान तपाईंहरूको हो । राज्यले राज्यको धन जोगाओस् । तपाईंहरूले आफ्नो ज्यान जोगाउनुस् ।”
बैंकमा भएका सबैजना भुइँमा सुते । यसलाई “सोच परिवर्तनको अवधारणा” भनिन्छ जसले परम्परागत सोच्ने तरिकालाई परिवर्तन गर्दछ ।

एउटी महिला अटेर गरेर एउटा टेबलमाथि बसेको देखेर एउटा डाँंकु चिच्यायोः “कृपया सभ्य बन्नुहोस् ! यो डकैती हो र बलात्कार होइन !”
यसलाई “व्यावसायिक हुनु” भनिन्छ जसले तपाईंले जे गर्न तालीम पाउनुभएको छ त्यसमा मात्र लक्षित गराउछ !

बैंक लुटेराहरू आफ्नो अड्डामा फर्केपछि एउटा एमबिए पास गरेको डाँकाले ६ कक्षा मात्र पढेको बोसलाई भन्योः “बोस, हामीले कति पैसा लुट्न सफल भएछौं गनेर हेरौं ।”

उसको बोसले हकार्दै भन्योः “कस्तो मूर्ख कुरा गरेको ? यहाँ एकदम धेरै पैसा छ जसलाई गन्न धेरै समय लाग्छ । आज हामीले कति लुट्यौं भनेर भरे टिभीमा समाचारले भनिहाल्छ नि !”
यसलाई “अनुभव” भनिन्छ । हिजोआज किताबी ज्ञानभन्दा अनुभवको महत्त्व हुन्छ ।

डाँकाहरू निस्केपछि बैंकको मेनेजरले सुपरभाइजरलाई पुलिसलाई बोलाउन आदेश दियो । तर सुपरभाइजरले उसलाई जवाफ दियोः “पर्खनुस् ! पहिला हामी आफ्नो लागि १० मिलियन डलर निकालौं र हामीले पहिला हिनामिना गरेको ७० मिलियन डलरको पनि हिसाब यसैमा मिलाऔं ।
यसलाई “छालसँगै पौडनु” भनिन्छ । परिस्थितिलाई आफ्नो अनुकुल ढाल्नु !

सुपरभाइजरले भन्योः “यसरी हरेक महिना डाँकाहरू आउनु नि !”
यसलाई “दिक्दारी हटाउनु“ भनिन्छ । तपाईंको काम भन्दा ब्यक्तिगत खुशी बढी महत्वपूणर् हुन्छ ।

भोलिपल्ट, टिभीमा समाचार आयो कि बैंकबाट १०० मिलियन डलर लुटियो । यो खवर सुनेर डाँकाहरूले आफूले लुटेको पैसा गन्न थाले । तर जति गने पनि जम्मा २० मिलियन डलर मात्र भेटियो । डाँकाहरू रीसले चुर भएर गनगनाउन थालेः “साला, हामीले ज्यान जोखिममा हालेर जम्मा २० मिलियन डलर मात्र लुट्यौं । तर बैंक मेनेजरले चुट्कीको भरमा ८० मिलियन डलर लुट्यो । चोर हुनुभन्दा त शिक्षित हुनु नै राम्रो !”
यसलाई “ज्ञान सुन जत्तिक्कै बहुमुल्य हुन्छ” भनिन्छ !

बैंक मेनेजर एकदम खुशी थियो किनभने उसले शेयरमार्केटमा लगानी गरेर डुबाएको पैसा त्यो डकैतीबाट पूर्ति गर्‍यो ।
यसलाई “मौकामा चौका दाउ हान्नु” भनिन्छ । जोखिम मोल्न सक्ने !

अब लौ तपाइँ भन्नु होस् त यहाँ को चाहिँ वास्तविक डाँकाहरू हुन् ?

०००
श्रोत : सामाजिक सञ्जाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
मेहन्दी

मेहन्दी

ईश्वर पाेखरेल
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x