सुलसुलेभवानी खतिवडालाई ‘कवि शिरोमणि लेखनाथ पुरस्कार’
मिश्र वैजयन्तीलाई ‘श्रीप्रसाद ओली स्मृति साहित्य सम्मान तथा पुरस्कार’, प्रतिभा पौडेललाई ‘श्यामकृष्ण कामक्ष श्रेष्ठ स्मृति साहित्य सम्मान तथा पुरस्कार’, डि.वी. इलामेलाई ‘भक्तकिरण स्मृति साहित्य सम्मान तथा पुरस्कार’, राजेश ढुङ्गानालाई ‘चूडामणि रेग्मी झर्रो शैली पुरस्कार’, राजेन्द्र काश्यप अधिकारीलाई छन्दोबद्ध कवि सम्मान’

काठमाडौँ, २०८० मङ्सिर १८ । कवि तथा नियात्राकार भवानी खतिवडालाई ‘कवि शिरोमणि लेखनाथ पुरस्कार’ अर्पण गरिने भएको छ । लेखनाथ पुस्तकालय चन्द्रगढीको मिति २०८० मङ्सिर १८ गते बसेको बैठकले सो निर्णय गरेको हो ।
सो पुरस्कार खतिवडालाई ‘चारखोलाको आँगनीमा’ नामक पद्यनियात्रा कृतिका लागि दिइन लागेको हो । पुरस्कार आगामी पौष २६ गते मनाइने वार्षिकोत्सव कार्यक्रममा अर्पण गरिने संस्थाले जनाएको छ ।
खतिवडाको दोस्रो प्रकाशित पद्यनियात्रा कृति ‘चारखोलाको आँगनीमा’ (२०७९) लाई लेखनाथ पुस्तकालयले नगद राशिसहित सम्मानित गर्न लागेको हो । उनको पहिलो प्रकाशित गद्यनियात्रा कृति ‘घामभन्दा पहिले’ (२०७८) ले रु. ५०,००० राशिको ‘अन्तर्राष्ट्रिय पोस्ट उत्तम कृति पुरस्कार’ पाएको थियो ।
यसैगरी पुस्तकालयले मिश्र वैजयन्तीलाई ‘श्रीप्रसाद ओली स्मृति साहित्य सम्मान तथा पुरस्कार’, प्रतिभा पौडेललाई ‘श्यामकृष्ण कामक्ष श्रेष्ठ स्मृति साहित्य सम्मान तथा पुरस्कार’, डि.वी. इलामेलाई ‘भक्तकिरण स्मृति साहित्य सम्मान तथा पुरस्कार’, राजेश ढुङ्गानालाई ‘चूडामणि रेग्मी झर्रो शैली पुरस्कार’, राजेन्द्र काश्यप अधिकारीलाई छन्दोबद्ध कवि सम्मान’ अर्पण गरिने पनि जनाएको छ ।
०००
Subscribe
Login
0 Comments
Oldest











































