साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संस्मरणकार अप्सरा पुडासैनीलाई ‘शिवसावित्री सम्मान’

शिवसावित्री प्रतिष्ठान नेपाल तथा बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको संयुक्त आयोजनामा सम्पन्न स्रष्टा सम्मान, रचना वाचन एवम् विद्यालयस्तरीय कविता प्रतियोगितामा पुडासैनीलाई नगद ११ हजार १११ रुपैयासहित सम्मानपत्रका साथ सम्मानित गरिएको हो ।

Nepal Telecom ad

रौतहट, ०८० कार्तिक २७ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जयन्तीको अवसरमा रौतहटको चन्द्रनिगाहपुरमा बाराकी साहित्यकार अप्सरा पुडासैनीलाई ‘शिवसावित्री अधिकारी स्मृति सम्मान २०८०’ प्रदान गरिएको छ ।

शिवसावित्री प्रतिष्ठान नेपाल तथा बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको संयुक्त आयोजनामा सम्पन्न स्रष्टा सम्मान, रचना वाचन एवम् विद्यालयस्तरीय कविता प्रतियोगितामा पुडासैनीलाई नगद ११ हजार १११ रुपैयासहित सम्मानपत्रका साथ सम्मानित गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार पार्थमणि भट्टराईले महाकवि देवकोटाको राजनैतिक जीवनबारे प्रकाश पारेका थिए । बहुमुखी प्रतिभाका धनी देवकोटाका राजनैतिक विचारहरुको संग्रह ‘नागरिकशास्त्र’ आफूले सम्पादन गरेको जानकारी गराएका थिए ।

सर्लाही, महोत्तरी, बारा, रौतहट र मकवानपुर जिल्लाका साहित्यकारहरुको सहभागिता रहेको कार्यक्रममा ‘हजुर बुबा’ शीर्षकमा विद्यालयस्तरीय बालकविता प्रतियोगिता गराइएको थियो जसमा अजय माझी, प्रशान्त रिमाल र श्रद्धा कोइरालालाई उत्कृष्ट रचनाकारको रुपमा पुरस्कृत गरिएको थियो । कार्यक्रममा जीवन आचार्य शिवचन्द्र साह, रामचन्द्र महतो कुशवाहा, रामचन्द्र पौडेल, सञ्जय साह मित्र, लालबाबु शर्मा, जनार्दन खनाल, रामाचार्य, लीलाराज दाहाल, केदार सिग्देल, रामप्रसाद अधिकारी, अंशु अधिकारी, नारदप्रसाद काफ्ले, नानीराम दाहाल, लक्ष्मण आचार्य, लक्ष्मण खनाल, लक्ष्मण पौडेल, धनश्याम पन्त, कुमार दाहाल कुसुम, श्याम थापा, धनदेव जोशी, तेजविक्रम कार्की, जीवन आचार्य निश्चल लगायतका साहित्यकारहरुले देवकोटाको व्यक्तित्व तथा कृतित्वका साथै विभिन्न विधाका स्वरचना वाचन गरेका थिए ।

समाजका अध्यक्ष लम्बोदर काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा रमेशमोहन अधिकारीले सम्मानित प्रतिभा पुडासैनीको व्यक्तित्व र कृतित्वको बारेमा प्रकाश पारेका थिए ।

०००
– सञ्जय मित्रद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x