सुलसुलेकृति सार्वजनिक गर्दै जन्मदिन मनाइयाे
अमेरिकाको बसाइबाटै उनले पछिल्लो कृति ‘यो कसको हात हो’ को दोस्रो संस्करण सार्वजनिक गरेर जन्मदिन मनाएका हुन् । जुन कृतिको पहिलो संस्करण १० वर्ष अघि प्रकाशित थियो ।

पोखरा, ०८०, कार्तिक ३० । मुक्तकमणि तीर्थराज अधिकारीले आफ्नो पछिल्लो कृति सार्वजनिक गरेर जन्मदिन मनाएका छन् ।
लमजुङको देउता पानीमा जन्मेर पोखरालाई कर्मथलो बनाउँदै आएका अधिकारी केही समयका लागि हाल अमेरिका बसाइमा छन् ।
अमेरिकाको बसाइबाटै उनले पछिल्लो कृति ‘यो कसको हात हो’ को दोस्रो संस्करण सार्वजनिक गरेर जन्मदिन मनाएका हुन् । जुन कृतिको पहिलो संस्करण १० वर्ष अघि प्रकाशित थियो ।
२०३२ सालदेखि नेपाल सरकारको अधिकृत स्तरमा कार्यरत रही २०६१ सालबाट सेवा निवृत्त अधिकारीका जूनकीरी (२०५३), ऐना (२०५७), तीन लय तेह्र गीत (२०६०), झटारो (२०७०), यो कसको हात हो (२०७०), बिरिमफुल (२०७३), जूनका टुक्राहरु (२०७७), दोभान (२०७८), लमजुङको सम्झना (२०७१), माया (२०७४), पहिलो चोटी (२०७९), सुसेली (२०८०) लगायतका कविता, मुक्तक, गीत, गजलका कृति प्रकाशित छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय समितिका बोर्ड अफ ट्रष्टी सल्लाहकार समेत रहेका अधिकारी प्रवल गोरखा दक्षिणबाहु, राष्ट्रपतिद्वारा कदर, मुक्तकणि सम्मान, वेष्ट लिरिक्स म्यूजिक अवार्ड लगायतका विभिन्न सम्मान, पुरस्कार र विभूषणबाट विभूषित छन् ।
उनले नेपाली वाङ्मयको श्रीवृद्धिमा पुर्याएको ५० वर्षको योगदानको कदर गर्दै अनेसास केन्द्रीय समितिद्वारा ‘साधनाको स्वर्ण वर्ष मुक्तकमणि तीर्थराज अधिकारी’ कृति समेत प्रकाशित छ ।
०००
Subscribe
Login
0 Comments
Oldest












































