साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखनाथ पुस्तकालयमा हास्यव्यङ्ग्यकार लुइँटेललाई स्वागत

पुस्तकालयका सभापति हरिप्रसाद नेउपानेको अध्यक्षता, नरनाथ लुइँटेलकाे प्रमुख आतिथ्य, झर्रोवादी आन्दोलनका अभियन्ता एवम् वरिष्ठ साहित्यकार चूडामणि रेग्मी र भद्रपुर साहित्य संगीत प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालको विशिष्ट आतिथ्यमा सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

चन्द्रगढी, २०८० कार्तिक ३० । प्रसिद्ध हास्यव्यङ्ग्यकार तथा हास्यव्यङ्ग्य पत्रिका ” फित्कौली”का सम्पादक तथा प्रकाशक नरनाथ लुईंटेललाई लेखनाथ पुस्तकालय भद्रपुर- १०, चन्द्रगढीले स्वागत तथा सम्मान गरेको छ।

उहाँलाई रुद्राक्षको माला र पुष्प गुच्छाद्वारा स्वागत तथा सम्मान गरिएको थियो। पुस्तकालयका सभापति हरिप्रसाद नेउपानेको अध्यक्षता, नरनाथ लुइँटलको प्रमुख आतिथ्य, झर्रोवादी आन्दोलनका अभियन्ता एवम् वरिष्ठ साहित्यकार चूडामणि रेग्मी र भद्रपुर साहित्य संगीत प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालको विशिष्ट आतिथ्यमा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा लुइँटेलले आफूले हास्यव्यङ्ग्य कलम चलाउनुको कारण र आफ्नो हास्य व्यङ्ग्य लेखनको इतिहासका वारेमा चर्चा गर्नु भएको थियो। हास्यव्यङ्ग्यलाई सुविचारित र व्यवस्थित ढङ्गले अघि बढाउन आफूले ” फित्कौली” नामक हास्यव्यङ्ग्य पत्रिका सञ्चालन गरेको बताउदै आफूले नेपाली हास्यव्यङ्ग्यमा अध्ययन,अनुसन्धान, समीक्षा र समालोचना समेत गर्दै आएको जानकारी गराउनु भयो। उहाँले यो असीको दशकलाई नेपाली हास्यव्यङ्ग्यको पुनरजागरण दशकको रुपमा स्थापित गराउन झापाली हास्यव्यङ्ग्यकारहरुलाई आह्वान समेत गर्नु भएको थियो।

पुस्तकालयको सभाहलमा भएको कार्यक्रममा उपस्थित साहित्यकारहरुले आ- आफ्नो परिचय दिनु भएको थियो। लुइँटेलको संक्षिप्त परिचय सहप्राध्यापक होम सुवेदीले गराउनु भएको थियो।

साहित्यकारहरु चूडामणि रेग्मी, प्रा. डा. गंगाप्रसाद अधिकारी, होम सुवेदी र चूडामणि वाशिष्टले आ- आफ्ना कृतिहरु लुइँटेललाई हस्तान्तरण गर्नु भएको थियो।

कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव हरिकिशोर आचार्यले गर्नु भएको थियो। धन्यवाद सहित अध्यक्ष हरि प्रसाद नेउपानेले कार्यक्रमको समापन गर्नु भएको थियो।

कार्यक्रममा चूडामणि रेग्मी, चिन्तामणि दाहाल, प्रा.डा. गंगाप्रसाद अधिकारी, चूडामणि वाशिष्ठ, विरही अधिकारी, पुस्तकालयका पूर्व सभापतिहरु घनेन्द्र शर्मा, नवराज घिमिरे, देवीचरण भणडारी “सरोज”, कृष्ण सुवेदी “निराकार”, खगेश्वर कोईराला, टोपलाल ज्ञवाली लगायतका साहित्यिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

०००
– देवीचरण भणडारी “सरोज”द्वारा संप्रेषित

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x