सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देखाउने दाँत

कुराले मात्रै चामल नभिज्ने भएपछि त जीवनमा दुःख, सुख, रोग व्याध, ऋण धनका अनेकौं व्यवहारले बुर्कुसी मार्न थालेपछि पो त जीवन त अमिला चामल चपाउनु जस्तै हुने रहेछ ।

Nepal Telecom ad

विजय खरेल :

हाओ – सर हाओ, एकदिन त नि मैले राम्ररी घोत्लिएर सोचें, अझ राति पनि धेरै बेर सोचें, अनि पो एउटा टुङ्गोमा पुगे । त्यो के भने नि जीवन त सिद्धान्तका जडतामा होइन, बरु सिद्धान्तलाई पो जीवनका व्यवहार र अनुभूतिसित चलाउनु पर्ने रहेछ |

यी हुन् हाम्रा ठाउँका ठूला दार्शनिक जो आफूलाई एउटा घनघोर क्रान्तिकारी भएको धाक पिट्ने गर्छन् । कट्टर भौतिकवादी, मार्क्सवादी, लेनिनवादी र माओवादका गफ झिक्न थालेपछि उनका मुखबाट सिद्धान्तका झिल्का छुटेझैँ लाग्छ ।

मार्क्सवादी पण्डित बा वाम पण्डित भन्थे कतिले उनलाई । मान्छेका सामाजिक र साँस्कृतिक व्यवहार र परम्परावादी कुरा र कार्य अनि विचारमा उनी अरूलाई घोर प्रतिक्रियावादी वा जडसूत्रवादी चरित्रले पलायनवादी भएको दोष निकालिदिन्थे । यसै पनि जडसूत्रवादी चरित्रको व्याख्या उनी राम्ररी नै गर्न सक्थे ।

उनका चै कान नपर्ने गरी मान्छेहरू भन्थे। यी भर्खरै पञ्चायतबाट यता छिरेका हुन् नि त – । त्यही भएर त इनी नयाँ जोगीको बाक्लो खरानी’ झैँ भएका । यद्यपि यो कुरो उनलाई राम्ररी नबुझ्नेहरूले भनेको पनि हुनसक्छ । ज-जसले उनका कान पछाडि भनेको भए पनि उनी आफ्नो सिद्धान्तको कट्टरपन बचाइराख्न र अरूमा धाक जमाइराख्नलाई ताक परे भात खाँदा समेत यसो अप्सानी हाल्दा पनि मार्क्सवाद, लेनिनवाद र माओवाद वा सर्वहारावादको मन्त्र जपेर थाल वरिपरि पानीको घेरा हालेकै गर्थे ।

जे होस्, हाम्रो जिल्लामै उनी एक जना नमूनाका भौतिकवादी र क्रान्तिकारी विचारका मान्छेमै दर्ता थिए । यस कुरामा धेरैलाई पूर्ण विश्वास नै थियो । अझ मान्छेहरू त के सम्म पनि भन्थे भने यी र यी जस्तै दुई चार सिद्धान्तवादीहरू हाम्रो मुलुकमा भैदिए छिट्टै नै साम्यवाद पनि आउँथ्यो होला । त्यसै भइरहेको पनि थियो – धेरै दिनसम्म ।

एकदिन विहानै काम विशेषले म उनका घरको बाटो हुँदै कतै गइरहेको थिएँ । उनी त नुहाइ धुवाइ गरी अर्ध नाङ्गै जस्तो सेतो कछाडमा, जनै र टुप्पीबाट पानीका थोपा झार्दै बाटो छेउका फूलहरू पो टिप्तै रहेछन् । अब छक्क पर्ने पालो मेरो थियो । छक्कै पर्नु मात्र कहाँ हो र, दङ्ग नै परें गिदी सक्सकायो, मुख फोरिहालें- के हो हजुर – – । यी फूलको नास किन पार्न लाग्या होला – ? कि कतै कसैको स्वागत अभिनन्दनको कार्यक्रम छ ? टिपेपछि त यी – फूलहरू ओइलाइहाल्छन् ।

मेरो कुरा सुनेपछि त उनले मुख नै अमिलो पारेझैं देखिए । उनले मुन्टो निहुराएरै भने – के को स्वागत अभिनन्दन हुनु नि – याँ पुरेत बा’ले पन्ध्र दिनसम्म एउटा ग्रहको पूजा र जप गर्नु भन्या भ’र । के गर्ने र – ! सिद्धान्तकै फाँको मारेर मात्रै व्यवहार नचल्ने भएपछि –, अलिक व्यवहारसित पनि सम्झौता गर्नुपर्ने रहेछ । उता उनी एकछिन अल्मलिए । केही बेरपछि फेरि भने- आखिर व्यवहार पनि त एउटा चिज रहेछ, सिद्धान्तकै कुराले मात्रै चामल नभिज्ने भएपछि त जीवनमा दुःख, सुख, रोग व्याध, ऋण धनका अनेकौं व्यवहारले बुर्कुसी मार्न थालेपछि पो त जीवन त अमिला चामल चपाउनु जस्तै हुने रहेछ । यसरी गन्गनाउँदै थाल भरी फूल लिएर उनी भित्र पसे । अब पो घोत्लिने पालो मेरो थियो ।

कवि लेखनाथ पौड्यालको एउटा कविताको उक्तिलाई गुन्गुनाउनलाई मनमा फुरी हाल्यो – जो हो नबर्सिने मेघ उसकै हुन्छ – घर्घर ।

०००
‘झिल्काहरू’ (कुथुङ्ग्रीहरूकाे बटुलाे) २०७९

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे