साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रायश्चित

शासकप्रति अझैँ विश्वासको वातावरण पनि रहेनछ । शासकिय चित्र मात्र बदलिएको रहेछ, चरित्र बदलिएको रहेनछ । धिक्कार होस् ! खाली शासकका वैभव मात्र बदलिएछन्, राष्ट्रको सार समुन्नतिमा बदलाव आएको रहेनछ ।

Nepal Telecom ad

कुमार खड्का :

“विश्वासमा घात भएपछि मनमा चिन्ता हुँदै हुन्छ
इच्छा, भाव, मनोकाङ्क्षा छाती भित्र चुहिँदै जान्छ
मन बुझाउने एउटा टेको खोजिरहन्छ मनले सधैँ
विवेकले ठाउँ छोड्दा सद्धे बिउ कुहिँदै जान्छ !”

वि. सं. २०३६ को जनमत सङ्ग्रहमा बहुदलको पक्षमा भन्दा ४ लाख बढी भोट लेराएर, अर्थात् २० लाख करिब भोटको विरुद्ध २४ लाख भोट ल्याएर सुधारिएको पञ्चायती पक्षले निरन्तरता पाएको ताजा अवस्थाले शासकहरू उन्मत्त हुन्छन् । जनमतको नतिजा कृत्रिम र देखावटी थियो भन्ने कुरा उनैका खुद मतियारहरूले गाइँगुइँ गरेका कुरा मेरा आफ्नै दुइटै कानले पनि सुनेकै हुन् । त्यस बेलाका आम बुद्धिजीवी, पत्रकार, वकिल, डाक्टर, इन्जिनियर लगायत देशभक्त नागरिकहरू पञ्चातको अन्त्य र प्रजातन्त्रको स्थापनाको लागि खुला या भूमिगत दुवै रुपमा लागिसकेका हुन्छन् । म पनि पञ्चायत विरोधी धारको राजनीतिमा प्रवेश गरिसकेको हुन्छु । विचार सिक्ने, बुझ्ने, पढ्ने क्रममा देश, विदेशका दर्शन, भुगोल, इतिहास, साहित्यहरू पढ्न शुरु गरिन्छ । त्यसै क्रममा मन परेको एउटा चिनियाँ कथाको भाव व्यक्त गर्ने प्रयास गरेको छु । प्रतीकात्मक तवरले बुझ्नु हुनेछ भन्ने अपेक्षा राख्छु ।

ई.सं. १९४९ मा चीन च्याङ्काइसेक शासनकालबाट मुक्त भएपछिको कथा हो । क्रान्तिकै समय या क्रान्ति लगत्तै क्रान्तिलाई असहयोग गर्ने, क्रान्तिविरुद्ध लागेका या क्रान्ति स्विकार गर भन्दा स्विकार्न नसकेका हज्जारौँ प्रतिक्रान्तिकारी, वर्ग दुस्मनहरू (कम्युनिस्टको भाषामा) राजा, महाराजा, जमिन्दार, युद्ध सरदार, सामन्तहरूलाई समात्ने, मार्ने या जेलको सजाय दिइएको हुन्छ । अपराधअनुसारको सजाय भुक्तानको अवधि पूरा गरी मति सुधार गरेर जेलबाट रिहा हुने क्रममा एकजना भूतपूर्व प्रान्तीय राजा पनि हुन्छन् । उसबेलामा अरु भन्दा पढेलेखेका, अलि मानवीय, अलि दयालु, दानी र ज्ञानी स्वभावका राजा हुनाले उनीप्रति त्यहाँका प्रजाहरूको अगाध माया, श्रद्धा पनि रहेछ । रिहाईको दिन स्वागतको लागि जेलमा जनताको भिड लाग्दछ । राजा मुसुमुसु हाँस्दै जेलको मुख्य गेटबाट निस्कँदा आफूलाई स्वागत गर्ने भिड देखेर अचम्ममा पर्छन् । उनको जय जयकारको गुञ्जन हुन्छ, महाराजको जय होस्… !! महाराजको जय होस्… !!! उनी छक्क पर्छन् ।

कोही अभिवादन गर्ने, कोही नमस्कार गर्दै शिर झुकाउने, कोही रुने, हात ढोग्ने, खुट्टै ढोग्न खोज्ने । राजा छक्क पर्छन् र खुशी हुँदै आफ्ना सहयोगीलाई भन्छन्… ‘हेर त ! १० वर्ष जेल बसेर मैले समाज, जनता, व्यवस्था बारे अध्ययन गर्दा धेरै वस्तुस्थिति बुझिसकेँ, आफ्नो विगत, वर्तमान र भविष्य समेत । ममा समेत क्रान्तिकारी परिवर्तन आइसकेको छ । खुला समाजमा स्वतन्त्र नागरिक भएर ज्युने इच्छा जागेको छ । धेरै कुराहरू गुमाउनु परे पनि देश, राष्ट्रको अघि सहज रुममा लिएको छु, त्यती बेखुशी छैन । तर नागरिकहरूको प्रवृत्ति अझै प्रजाबाट जनता हुनसम्म सकेको रहेनछ, अझै रैती नै बन्ने सोचमा रहेछन्, दुःख लाग्यो । राजाले गहभरी आँसु पार्छन् । सहयोगीले राजाको कुराको जवाफ दिँदै भन्छन्, हजुर…

“विश्वासमा घात भएपछि मनमा चिन्ता हुँदै हुन्छ
इच्छा, भाव, मनोकाङ्क्षा छातीभित्र चुहिँदै जान्छ
मन बुझाउने एउटा टेको खोजिरहन्छ मनले सधैँ
विवेकले ठाउँ छोड्दा सद्धे बिउनै कुहिँदै जान्छ !”

मैले बुझेको यहीँ हो, धेरै के भनौँ… !
उनको कुरा सुनेपछि राजा टाउको हल्लाउदै भन्छन्,- ए ए बुझेँ । यिनमा सन्तोष पनि रहेनछ । शासकप्रति अझैँ विश्वासको वातावरण पनि रहेनछ । शासकीय चित्र मात्र बदलिएको रहेछ, चरित्र बदलिएको रहेनछ । धिक्कार होस् ! खाली शासकका वैभव मात्र बदलिएछन्, राष्ट्रको सार समुन्नतिमा बदलाव आएको रहेनछ । राजाको पनि गहभरिएर आउँछ, आश्रुको वर्षा हुन्छ आँखाबाट..!

सहयोगी जिल्ल पर्छन्, जनताहरू सहयोगी मार्फत जिज्ञासा राख्छन्, महाराज, महाराजनै हुन्, किन आँसु खसालेका होलान् है ? सहयोगी पनि संवेदनशील हुँदै जनता माझ जवाफ दिन्छन्…

“राजा बरू सुध्रिसके जनता रैती बन्न खोज्छन्
नबुझेर पछि लाग्छन् अबुझ भै झन् बाटो सोध्छन्
विकल्पको गलत चुनाई बुद्धि विनाश भएपछि
दिनदहाडै अन्धकार छ, औँशीको रात किन रोज्छन् ?”

सहयोगीको कुरा सुनेपछि सबैजना आँसु पुछ्दै गम्भीर भाव देखाउँछन्, सरम र हीनताबोधले टाउको निहुराउँदै टोलाउँछन् ।
अस्तु… !!!

०००
आलापोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
तीन ठोक्तक

तीन ठोक्तक

कुमार खड्का
निर्वाचन

निर्वाचन

कुमार खड्का
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x