साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

टेको सम्झे भर हुन्छ, प्रेम हुँदा आस हुन्छ मनमा विचलन भए आफैँसँग त्रास हुन्छ धेरै साबितीमा लाग्ने माखेजालमा परेजस्तै, उम्रँदै तीन पातको पाइलैमुनि भास हुन्छ ।

Nepal Telecom ad

कुमार खड्का :

देखेर हुँदैन भित्रै महसुस गर्न सक्नुपर्छ
रेलिएर हुन्न आइपर्दा भेल तर्न सक्नुपर्छ
हारजितकै कुरा हुन्छ स्वार्थको दुनियाँमा,
चढ्नेबढ्ने मात्र हैन तल झर्न सक्नुपर्छ ।

स्वाभिमानी मान्छे प्रकृतिमा निर्भर हुन्छ
समयचक्र पूरा गर्न उपयोगमा प्रखर हुन्छ
आपसी सम्बन्धको नापोलाई बुझ्दाबुझ्दै,
अस्तित्वको लडाइँ बुझ पचाउँदै कहर हुन्छ ।

समय सन्दर्भको कुरा बुझ्ने पनि क्रम हुन्छ
बढी जान्ने, बाठो हुँदा सद्दे किर्ते भ्रम हुन्छ
नचाहिँदो चासो लिए अर्थ हुँदैन रँगेटिनुको,
जे जे भने पनि आखिर मिठो परिश्रम हुन्छ ।

टेको सम्झे भर हुन्छ, प्रेम हुँदा आस हुन्छ
मनमा विचलन भए आफैँसँग त्रास हुन्छ
धेरै साबितीमा लाग्ने माखेजालमा परेजस्तै,
उम्रँदै तीन पातको पाइलैमुनि भास हुन्छ ।

०००
आलापोट, काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
kumar khadka
kumar khadka
2 months ago

धन्यवाद गुरु ! धन्यवाद फित्कौली परिवार 🙏

Nepal Telecom ad
चार ठोकान

चार ठोकान

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
1
0
Would love your thoughts, please comment.x
()
x