साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुपचाप सिद्धान्त जिन्दावाद !

मेरो ईशारामा किनकि हार्नु हुन्न मेरो सिद्धान्त पछार्न खोजे म सहँदै सहन्न मेरो अहङ्कार अमर रहोस् मेरो सिद्धान्त जिन्दावाद ! चुपचाप सिद्धान्त जिन्दावाद !

Nepal Telecom ad

तेजविलास अधिकारी :

मेरो चुपचाप सिद्धान्तमा
कोही नबोल्नु
विपक्षीमा नउभिनु
म
गाली गरिरहन्छु
तिमी सुनिरहनु
म ओढेर
राष्ट्रिय झण्डा
जलाइरहन्छु देश
तिमी चुपचापै बस्नु
मैले जेजे भन्छु नि !
सुन्नु
गरुड पुराण सुनेजस्तै
मैले जेजे गर्छु नि !
हेर्नु टुलुटुलु
टोल बारे
गोल बारे
देश बारे
मधेश बारे
वा
प्रदेश बारे
नबोल्नु
चुपचाप बस्नु
बसेजस्तै
प्राचीन समयका दासहरू
इरान बारे नबोल्नु
भियतनाम बारे पनि
नबोल्नु
प्यालेस्टाइन बारे
सहानुभूतिमा कसैको
विरोधमा कसैको
केही नबोल्नु
सबै
सबै विषय
बोल्नका लागि
होइनन् विवेकका विषय
मेरो चुपचाप सिद्धान्तमा
हेरिरहनु
मान्छे कल्लेआम भएको
सुन्नु जेसुकै बोलेको
सहनु मैले जे गरे पनि
किनकि
यहाँ बोल्ने
जथाभावी गर्ने
सबै त गर्ने मैले हो
चलाउनु छ मैले
मेरो सिद्धान्तअनुसार
ल्याउनु छ यसै अन्तर्गत
तिमीले त
चल्ने हो
मेरो ईशारामा
किनकि
हार्नु हुन्न मेरो सिद्धान्त
पछार्न खोजे म
सहँदै सहन्न
मेरो अहङ्कार अमर रहोस्
मेरो सिद्धान्त जिन्दावाद !
चुपचाप सिद्धान्त जिन्दावाद !

००० 
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x