साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धर्म

त्यो दृश्यले मनमा प्रश्न उठायो- के बाँच्नु नै सबैभन्दा ठूलो धर्म हो ? ममतामाथि नै शङ्का जाग्यो । मानिस मात्र होइन, पशु पनि स्वार्थी हुँदै गएका हुन् कि भन्ने लाग्यो ।

Nepal Telecom ad

मनोहर पोखरेल :

“के अचम्म देखेँ !”
भाग खोसेर खाँदै गरेकी आमालाई देखेर म छक्क परेँ । मनमा असहजता र असन्तोषका तरङ्ग उठे ।
म खानेकुरा छाउराछाउरीलाई दिन्थेँ, तर भुस्याहा कुकुर्नी आएर खोसेर खाइदिन्थी ।

“आमा त हृदयी हुनुपर्ने, कस्ती निर्दयी रहिछे ! आआफ्नो भाग गुतार्नु नि !” मैले झर्किएँ, तर उसले टेरपुच्छर लगाइन ।
छेउकै मन्दिरतिर जाँदै गरेका पुजारीले सुनेछन्-

“धर्म नासिँदैछ, कलियुग व्याप्त भयो, मोहन बाबु ! आमा-छोरा, बुबा-छोरी सबैले आफ्नो धर्म बिर्सँदैछन् । बिस्तारै संसार सकिने संकेत हो यो ।”
मैले पनि थपेँ-

“बुढापाकाले भनेझैँ समय उल्टिँदैछ जस्तो छ, पुजारी बा ! हावापानी, मौसम, पशु, मान्छे कुनबेला परिवर्तन हुन्छ थाहा हुनै छाड्यो ।”

त्यो दृश्यले मनमा प्रश्न उठायो- के बाँच्नु नै सबैभन्दा ठूलो धर्म हो ? ममतामाथि नै शङ्का जाग्यो । मानिस मात्र होइन, पशु पनि स्वार्थी हुँदै गएका हुन् कि भन्ने लाग्यो ।

केहीबेरपछि छतमा पुग्दा, उही कुकुर्नी मन्दिरको ओसारामा बसेकी थिई । मलाई पुलुक्क हेरी । उसका आँखामा आत्मसन्तुष्टि, ममता र भावनात्मक सुखानुभूति झल्किँदै थियो ।

त्यतिबेला बुझेँ-
उसको धर्म खोस्नु होइन, बचाउनु रहेछ ।
छाउराछाउरीहरू निर्धक्कताका साथ उसको काखमा सन्तुलित र सुपाच्य अमृतपान गरिरहेका थिए ।

०००
विराटनगर
२०८२ चैत 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धर्म

धर्म

मनाेहर पाेखरेल
सिरान

सिरान

मनाेहर पाेखरेल
विभेदको फल

विभेदको फल

मनाेहर पाेखरेल
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

प्रविण टण्डन ’वसन्तप्रवीण’
0
Would love your thoughts, please comment.x
()
x