मनाेहर पाेखरेलसिरान
सरल र नरम, रुवादार र भुवादार छ ऊ छ र निन्द्रा गहिरो र मीठो छ मेरो सिर उसैले अग्लो पारेको छ सिह्रानी, जसलाई कसैले तकिया पनि भन्छ ।

मनोहर पोखरेल :
नबिराईकन नित्य म सुत्छु
अटुट रूपमा ऊसँगै हुन्छ
विहान मेरो ब्युँझाइसँगै
आँखा माड्दै ऊ पनि बिउँतन्छ ।
कचमचिएको लुगा मिलाउँछ
तानतुन पार्छ र चिटिक्क पर्छ
दिनभरी अलग्गै बसे पनि
रात परेपछि नित्य क्रम चल्छ ।
ऊ दायाँ कोल्टिए
म दाइनु फर्किन्छु
ऊ बायाँ कोल्टिए
म पनि बायाँ फर्किन्छु ।
कहिले खुट्टा चढाउँछु
कहिले अंगालोमै कस्छु
मन लागे लुटपुटिन्छु
लहसिन्छु, बोक्छु, ढुनुमुनु खेल्छु ।
हाँस्दा ऊ बुर्लुक्क उफ्रन्छ
रुदाँ आँसु पुछि दिन्छ
ऊमेरो आड हो, अडिने आधार हो
भरपर्दो सहारा र मदतगार हो ।
सुत्दा होस् वा ढल्किदा
सधै सकार्छ, समर्थन गर्छ
मेरो आकारलाई विचार गर्छ
आरामलाई ख्याल गर्छ ।
सरल र नरम, रुवादार र भुवादार छ
ऊछ र निन्द्रा गहिरो र मीठो छ
मेरो सिर उसैले अग्लो पारेको छ
सिह्रानी, जसलाई कसैले तकिया पनि भन्छ ।
०००
राजविराज-६, सप्तरी
Subscribe
Login
0 Comments
Oldest







































