साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिरान

सरल र नरम, रुवादार र भुवादार छ ऊ छ र निन्द्रा गहिरो र मीठो छ मेरो सिर उसैले अग्लो पारेको छ सिह्रानी, जसलाई कसैले तकिया पनि भन्छ ।

Nepal Telecom ad

मनोहर पोखरेल :

नबिराईकन नित्य म सुत्छु
अटुट रूपमा ऊसँगै हुन्छ
विहान मेरो ब्युँझाइसँगै
आँखा माड्दै ऊ पनि बिउँतन्छ ।

कचमचिएको लुगा मिलाउँछ
तानतुन पार्छ र चिटिक्क पर्छ
दिनभरी अलग्गै बसे पनि
रात परेपछि नित्य क्रम चल्छ ।

ऊ दायाँ कोल्टिए
म दाइनु फर्किन्छु
ऊ बायाँ कोल्टिए
म पनि बायाँ फर्किन्छु ।

कहिले खुट्टा चढाउँछु
कहिले अंगालोमै कस्छु
मन लागे लुटपुटिन्छु
लहसिन्छु, बोक्छु, ढुनुमुनु खेल्छु ।

हाँस्दा ऊ बुर्लुक्क उफ्रन्छ
रुदाँ आँसु पुछि दिन्छ
ऊमेरो आड हो, अडिने आधार हो
भरपर्दो सहारा र मदतगार हो ।

सुत्दा होस् वा ढल्किदा
सधै सकार्छ, समर्थन गर्छ
मेरो आकारलाई विचार गर्छ
आरामलाई ख्याल गर्छ ।

सरल र नरम, रुवादार र भुवादार छ
ऊछ र निन्द्रा गहिरो र मीठो छ
मेरो सिर उसैले अग्लो पारेको छ
सिह्रानी, जसलाई कसैले तकिया पनि भन्छ ।

०००
राजविराज-६, सप्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धर्म

धर्म

मनाेहर पाेखरेल
धर्म

धर्म

मनाेहर पाेखरेल
विभेदको फल

विभेदको फल

मनाेहर पाेखरेल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x