साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विभेदको फल

विष्णुकान्तको विलापको सीमा थिएन । दलितको पसल भनेर थाहा पाएपछि नास्ता थुकेर हिँडेको सम्झना आयो । ऊ त्यही मान्की हो भनेर पनि बुझिहाले । उनी पछुताए ।

Nepal Telecom ad

‘ए तपाई पो, सरी म केही गर्न सक्दिनँ ।’ विष्णुकान्तलाई देख्नासाथ मान्कीले फरक व्यवहार देखाई ।

विष्णुकान्तले भने- ‘मागे जति पैसा दिन तयार छु ।’ उनकी श्रीमतीको जीवन धरापमा थियो । डाक्टरले तत्काल रगतको व्यवस्था नभए जोगाउन नसकिने भनेको थियो । दुर्लभ रगत समूह ‘ए बी नेगेटिभ’को चरम अभाव थियो । रक्तसञ्चार केन्द्रका नवीनले अन्तिम उपायस्वरूप मान्कीलाई फोन गरिदिएका थिए ।

बिष्णुकान्तका सामु मान्कीलाई मनाउनुको विकल्प थिएन । मान्की भने विष्णुकान्तको समस्यालाई कौडीको मोल पनि दिइरहेकी थिइन । उसको हृदयमा मानवता नै नरहेको भान देखाइरहेकी थिई । उसलाई चिन्ने र विष्णुकान्तकी श्रीमतीको नाजुक हालत जान्नेहरू समेत लागेर मान्कीको कठोर हृदय पगाल्ने कोसिस गरे । तैपनि ऊ टसको मस भइन ।

मान्कीलाई चिन्ने एउटा पसलेले त प्याच्च भनिहाल्यो; ‘खुन बेचेर नुन किन्ने मान्छेले किन भाउ खोज्छेस् ? ए मान्की, तेरो दिमाख खुस्क्यो कि क्या हो ?’

‘म इमानको सास फेर्छुु । पाँच रुपियाँको सामान पाँच सयमा बेचेर ग्राहकलाई थाङ्नाका सुताउने मेरो बानी छैन ।’ पसलेलाई भारी पुग्ने भनेर मान्कीले विष्णुकान्ततिर हेरेर थपी; ‘पैसाका लागि इमान गुन्द्रुकको मोलमा बेच्ने र जातभातको कुरा उठाएर अर्काको अन्तस्करणमा लात हान्नेहरूले सबक सिक्नैपर्छ ।’ यसो भन्दै मान्की सरासर हिँडिन् ।

विष्णुकान्तको विलापको सीमा थिएन । दलितको पसल भनेर थाहा पाएपछि नास्ता थुकेर हिँडेको सम्झना आयो । ऊ त्यही मान्की हो भनेर पनि बुझिहाले । उनी पछुताए । आधा घण्टापछि नवीनको फोन आयो- ‘रगत लिन आउनुस् ।’

हडबडाउँदै विष्णुकान्त पुगे । मान्की रक्तदान गरिसकेर सुस्ताउँदै थिई । खुशीका आँसु बररर झार्दै मान्की सामु विष्णुकान्तले हात जोडिरहे । ‘मेरो रगत चढेपछि पत्नीको शरीर पनि बिटुुलो हुन्छ ! त्यो पनि हर्दम याद राख्नुहोला ।’ यत्ति भन्दै मान्की अज्ञातस्थलतिर लागी ।

०००

राजविराज ६,
२०७९ भदौ ५ गते

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धर्म

धर्म

मनाेहर पाेखरेल
धर्म

धर्म

मनाेहर पाेखरेल
सिरान

सिरान

मनाेहर पाेखरेल
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x