साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टालाटुली बटुली

गोरु राँगा ब्याउलान् कि । मदिराले माती लपक्कै, स्वस्तिक मतदान थपक्कै । टालाटुली बटुली, बुख्याँचा हो कि पुतली ।? बाहिर देख्दा मुसली, भित्रभित्रै सुतली ।

Nepal Telecom ad

मकैबारीका बुख्याँचाहरू,
मकै रुङ्ने जुलुङ्गाहरू ।
न मकै रुङ्न सक्छन्,
न स्यालको गन्ध नै सुङ्न सक्छन् ।
टालाटुली बटुली
झुम्राका पुतली !
औंला नचाउँदा आवाज निकाल्छन् ।
आंैला चलाउन छाडेपछि
भुसुभुसु खोकिलामा उङ्न सक्छन् ।

कठैबरा!कुखुरी काँहरू !
सही गरेर बासीभात खाँहरू!
एकपटक पखेटा फटफटाएर बास्छन्,
अर्कोपटक छटपटाएर हाँस्छन्,
तेस्रोपटक उही कालो कात्ती दौरामा कटकटाएर,
तमसुकमा निधार लगेर टाँस्छन् ।
प्रसाद, कमल, ध्वज, बहादुर, लालहरू
कुमारी, माया, देवी, मतिजस्ता सतिसालहरू ।
जनताले देख्नेगरी राष्ट्रवादी बन्छन्
कुनामा पसेपछि बर्वादी र
कुहिएको गन्हाउने लादी बन्छन् ।
खोइ मेरो बासीभात ? भन्दा
बिरालोले खायो भन्दा पनि ताली नै बजाउँछन् ।

केही जुलुङ्गाहरूले,
आफ्नै पद खुस्काइदिँदा खुसी मनाए,
केही बुख्याँचाहरूले !
अदालतले पाटी फुटाउँदा दीपावली गरे ।
महाकाली सन्धि यिनैले गरे,
महाकालीको बिरोध यिनैले गरे ।
एमसीसीको बिरोधमा आगो बाले,
भित्र पसेपछि पक्षमा भोट हाले,
भ्रष्टाचारको बिरोधमा नारा लगाए,
ओम्नी र सिसी क्यामेरा मिलिजुली भगाए ।
नागरिकता विधेयकको खोइरो खने,
भित्र पसेर पक्षमा
दुइतिहाइको ओइरो बने ।
दुईतिहाइ पुग्यो कसरी ।?

बिरोध र दुईतिहाइ त्यही बुख्याँचा पसलमा
हामी सबैलाई मुर्गा बनाएर बेचिरहेछन् ।
बोकाको टाउको देखाएर
भुत्लैसँगको टोक्रोप्पाको मासु ।
फेरि आउँदैछन् गाउँमा
टालाटुली बटुली, कति राम्री पुतली ?
हामी मख्ख पर्नेछौँ ।
पत्याएन भने कुसुलेहरू औंला नचाउनेछन् ।
गाइनेहरू सारङ्गी बजाउनेछन् ।
सानी पनि छैन रे ठुली पनि छैन रे,
मन पनि पर्दैन, लछार्ने क्यै होइन रे ।
भुँडी भुट्ट फुलेकी, देश बेचेर मोटाकी ।
पहेली र पातली, फेरि राजा ल्याउलान् कि
गोरु राँगा ब्याउलान् कि ।
मदिराले माती लपक्कै,
स्वस्तिक मतदान थपक्कै ।
टालाटुली बटुली, बुख्याँचा हो कि पुतली ।?
बाहिर देख्दा मुसली, भित्रभित्रै सुतली ।

०००

संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दलाई सलाम ठोक्न

शब्दलाई सलाम ठोक्न

ताराबहादुर बुढाथोकी
आऊ, मानवताको देउराली रोपौँ !

आऊ, मानवताको देउराली रोपौँ...

ताराबहादुर बुढाथोकी
म यस्तो जमिनमा उभिएको छु !

म यस्तो जमिनमा उभिएको...

ताराबहादुर बुढाथोकी
वेदना पढ्न

वेदना पढ्न

ताराबहादुर बुढाथोकी
भत्काऊ !

भत्काऊ !

ताराबहादुर बुढाथोकी
अहँ, म प्रश्न सोध्दिन

अहँ, म प्रश्न सोध्दिन

ताराबहादुर बुढाथोकी
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x