साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वेदना पढ्न

इमानको खडेरी देखेर बेइमानको आँधी बेरी देखेर यो ’तारा’लाई झण्डा, झोला र नाराभन्दा पर बस्न मन लागेको छ, सेटिङ, बिचौलिया र दलालको दलबाट छुट्टिएर जे भेटे नि हसुर्ने ’सर्वहारा’भन्दा पर ... थोपाथोपा बनेर खस्न मन लागेको छ ।

Nepal Telecom ad

ताराबहादुर बुढाथोकी :

हुन त
कुर्सीको खेल,
गाउँ शहरमा खेलिन्छ,
परिवर्तनको
वाध्यता र रहरमा खेलिन्छ ।
भत्केको बाटो,
बाँझिएको माटो,
टुकी निभेको अँधेरो र
पानी सुकेको
पँधेरोमा खेलिन्छ ।
कैले भूमिगत त
कहिले
शहीदहरूको लहरमा खेलिन्छ ।
जित पछि
जम्मै उस्तै हुन्छन्
अर्को पल्ट
सपनाको भग्नावशेष र
जवानीको
खण्डहरमा खेलिन्छ ।

जितेकाहरू
सरकारमा खेल्छन्,
सेटिङ अनि
भ्रष्टाचारमा खेल्छन् ।
पहिलेका भेडा पनि
आत्मामा
ब्वाँसो हुलेर
भुत्लामा रङ दलेर
सिंहदरबारमा खेल्छन् ।
बस्तीका सपनाहरू
ठूलो जहाज चढेर
हुइँकिन्छन्,
ठिक यतिबेला
कुर्सीहरू चुइँकिन्छन्

चाउरिएका
अनुहारमा खेल्छन्
रूग्ण उद्योग र
केबुलकार बेचेर
सस्तो प्रचारमा खेल्छन् ।

इमानको
खडेरी देखेर
बेइमानको आँधी बेरी देखेर
यो ’तारा’लाई
झण्डा, झोला र
नाराभन्दा
पर बस्न मन लागेको छ,
सेटिङ, बिचौलिया र
दलालको दलबाट
छुट्टिएर
जे भेटे नि हसुर्ने
’सर्वहारा’भन्दा
पर …
थोपाथोपा बनेर
खस्न मन लागेको छ ।
वेदका सुक्तिले
मुक्ति नदिएपछि
काफलको पातमा
चरीले लेखेको
वेदना पढ्न
देउराली माथि
बादल लगेको गाउँमा
पस्न मन लागेको छ ।

०००
खाँदबारी, संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दलाई सलाम ठोक्न

शब्दलाई सलाम ठोक्न

ताराबहादुर बुढाथोकी
आऊ, मानवताको देउराली रोपौँ !

आऊ, मानवताको देउराली रोपौँ...

ताराबहादुर बुढाथोकी
म यस्तो जमिनमा उभिएको छु !

म यस्तो जमिनमा उभिएको...

ताराबहादुर बुढाथोकी
भत्काऊ !

भत्काऊ !

ताराबहादुर बुढाथोकी
अहँ, म प्रश्न सोध्दिन

अहँ, म प्रश्न सोध्दिन

ताराबहादुर बुढाथोकी
आमा बाबुको मन- सन्दर्भः पत्रु खाना

आमा बाबुको मन- सन्दर्भः...

ताराबहादुर बुढाथोकी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x