साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शब्दलाई सलाम ठोक्न

सलाम‌ नभए नि के र सामन्तीको कलेजोमा शब्दको सिस्नुले पोलेर झमझम भए त भैगो नि गणतन्त्रको बेहुलो अन्माएर डोलीमा यसैको लास बोक्ने हरुले सलाम ठोक्ने आँट गर्दैनन्।

Nepal Telecom ad

ताराबहादुर बुढाथाेकी :

जिउँदा शब्दहरुलाई
सलाम ठोक्न
देशको भन्दा
दलको
माया गर्नेले सक्दैनन्
कर्मको भन्दा
फलको
माया गर्नेले सक्दैनन्।
नलको भन्दा
चामलको
माया गर्नेले सक्दैनन्
वतासे बाउका छोरा र
असती मोराले सक्दैनन्।
उजेलीका
उजेलोमा जलेकाहरु र
जस्केलोमा ढलेकाहरु सक्दैनन्
खन्युका फेदमा फलेका र
पहिलो पाइलामै
गलेकाहरु सक्दैनन्।

जिउँदा शब्दहरुलाई
हाम्रो भन्न
एम्सीसीका
मतियारहरुले सक्दैनन्
एनसेल खानेका
दारा, बङ्गारा र
हतियारहरुले सक्दैनन्।
दलालका सँधियार र
कमिसनका ठेकादार हरुले सक्दैनन्
कट्टु नलाउने
साँडेका पछि पछि
झर्ला र खाउँला भन्दै दगुर्ने
स्याल र हुँडारहरुले सक्दैनन्।
जुठो टपरी चाटेर
चामलमा पिठो साटेर
जीउन रमाएकाहरुले सक्दैनन्
रिषीमुनिका
गेरु भिरेर सिसिमुनि
पिउन रमाएकाहरुले सक्दैनन्

हो
जिउँदा
जनबोलीलाई लाइक ठोक्न
अलिकति
साहस चाहिन्छ
अलिकति इमान चाहिन्छ।
आजस्म घुस खाको छुइन भन्ने
आत्ममा कमसेकम
स्वाभिमान चाहिन्छ।
जीउँदो जनबोलीलाई सलाम ठोक्न
सच्चा देशभक्त
अग्लो गोर्खाली पहिचान चाहिन्छ।
कम भएर के भो
हरेक शब्दमा दम भए त भैगो
सलाम‌ नभए नि के र
सामन्तीको कलेजोमा
शब्दको सिस्नुले पोलेर
झमझम भए त भैगो नि
गणतन्त्रको
बेहुलो अन्माएर
डोलीमा यसैको लास बोक्ने हरुले
सलाम ठोक्ने आँट गर्दैनन्।

०००
खाँदबारी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ, मानवताको देउराली रोपौँ !

आऊ, मानवताको देउराली रोपौँ...

ताराबहादुर बुढाथोकी
म यस्तो जमिनमा उभिएको छु !

म यस्तो जमिनमा उभिएको...

ताराबहादुर बुढाथोकी
वेदना पढ्न

वेदना पढ्न

ताराबहादुर बुढाथोकी
भत्काऊ !

भत्काऊ !

ताराबहादुर बुढाथोकी
अहँ, म प्रश्न सोध्दिन

अहँ, म प्रश्न सोध्दिन

ताराबहादुर बुढाथोकी
आमा बाबुको मन- सन्दर्भः पत्रु खाना

आमा बाबुको मन- सन्दर्भः...

ताराबहादुर बुढाथोकी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x